असोज १७, काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि सोमवार अर्थात् असोज १८ गते बुक क्लोज गर्ने भएसँगै आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश पारितका लागि कम्पनीले कात्तिक ११ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान ११ बजे सेलिब्रेसन हाईट सुकेधारा चोक काठमाडौंमा जुम माध्यमबाट हुने कम्पनीले जानकारी गराएको छ ।