कात्तिक १, काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको नगद लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ । सभा र नगद लाभांश प्रयोजनार्थ कम्पनीले मंगलवार (एक दिन) बुक क्लोज गर्ने भएकाले सोमवारसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १२ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले आफ्नै केन्द्रीय कार्यालय, थापाथली, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो ।
सभाको प्रस्तावमा यस कम्पनीले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्ने बारे छलफल गर्ने, कम्पनीको उद्देश्य थप गर्ने गरी प्रवन्धपत्रको उद्देश्यसँग सम्बन्धित दफा संशोधन/थप गर्ने पनि रहेको छ ।