डायस्पोरालाई नेपालसँग जोड्न अनलाइन मिडियाको भूमिका महत्त्वपूर्ण

बेलायतस्थित नेपाली समुदायको विशेष उपस्थितिमा लन्डनमा नेपालब्रिटेन डट कमले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सव मनाएको छ।

सम्बन्धित सामग्री

चीन र फ्रान्स आर्थिक सहयोग विस्तार गर्न प्रतिबद्ध

चिनिया उपप्रधानमन्त्री हे लिफेङले शुक्रबार फ्रान्सका अर्थमन्त्री ब्रुनो ले माइरेसँग अनलाइन वार्ता गरेका छन्। यस क्रममा  दुवै नेताले दुई देशका राष्ट्राध्यक्षले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न चीन फ्रान्ससँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राखे।चीन र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा चीनले आर्थिक र वित्तीय वार्ता सुदृढ गर्न, अटोमोटिभ, उड्डयन र दूरसञ्चार क्षेत्रमा सहयोग विस्तार गर्न तथा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई अघि बढाउन इ

अनलाइन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड

लन्डन – विदेशमा रहेका नेपाली समुदायको हित तथा ताजा सूचना, मनोरञ्जनात्मक र खेलकुदलगायत समाचार प्रवाहमा अनलाइन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण विश्वास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएका छन्। नेपाल ब्रिटेन डटकमको १६औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘हरेक विधामा निष्पक्ष रूपमा निर्धक्क भएर यथार्थ समाचार ल्याउन अनलाइन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने विश्वास लिएको […]

अनलाइन सुरक्षाको लागि किन महत्त्वपूर्ण छ टु फ्याक्टर अथेन्टिकेसन ?

हामीले दिनदिनै फेसबुक, युट्युब, ट्विटर, टिकटक जस्ता  विभिन्न सामाजिक सञ्जाल प्रयोग गरिरहेका हुन्छौं । यसका अलवा हामीले आवश्यकता अनुसार विभिन्न वेबसाइटहरूमा अकाउन्ट बनाइरहेका हुन्छौँ । त्यहाँ अकाउन्ट बनाउने क्रममा साइबर सुरक्षाका लागि पासवर्ड, सेक्युरिटी प्रश्न, फोन नम्बर भेरीफिकेशन जस्ता धेरै विकल्पहरू प्रस्तुत गरिएको हुन्छ । यी सबैलाई नै दुई कारक प्रमाणीकरण...

नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सम्पन्न

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घको संयुक्त आयोजनामा नेपाल–चीन अनलाइन साहित्य सम्मेलन मङ्गलबार सम्पन्न भएको छ। ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक उक्त सम्मेलनमा नेपाल र चीनका विद्वान् एवम् साहित्यकारहरू अनलाइनका माध्यमबाट सहभागी भए।सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले रेसम मार्गको अवधारणा साङ्केतिक भए पनि यसले आर्थिक, सामाजिक एवम् राजनीतिक जस्तै साहित्यिक र सांस्कृतिक विकासमा पनि महत्त्वपूर्

नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सम्पन्न

नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घको संयुक्त आयोजनामा नेपाल–चीन अनलाइन साहित्य सम्मेलन मङ्गलबार सम्पन्न भएको छ । ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक उक्त सम्मेलनमा नेपाल र चीनका विद्वान् एवम् साहित्यकारहरू अनलाइनका माध्यमबाट सहभागी भएका थिए ।कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रेसम मार्गको अवधारणा साङ्केतिक भए पनि यसले आर्थिक, सामाजिक एवम् राजनीतिक जस्तै साहित्यिक र सांस्कृतिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

डिजिटल कारोबार र अनलाइन बैंकिङ

डिजिटल प्रविधिमा नेपालले गति लिँदै छ । कार्तिक महिनाको तथ्यांकमात्र हेर्दा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या डेढ करोडमाथि पुगिसकेको देखिन्छ । एटीएम कार्डको प्रयोगकर्ता कुल ९३ लाख माथि देखिन्छ, र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १२ लाख माथि रहेको देख्न सकिन्छ । देशमा धेरै भूभामा क्यूआर कोड र पीओस मेशिन देखिन्छ । हिजो जस्तो आज नगद नै बोकेर हिँड्नुपर्ने बाध्यता छैन । पेट्रोल पम्पदेखि पसलसम्म नगद कारोबारको विकल्प आइसकेको देखिन्छ । बैंकहरूले अलग्गै विभाग बनाएर डिजिटल यात्रालाई जसरी प्रवद्र्धन गरे त्यसले अर्थतन्त्र विस्तारमा पनि सहयोग पुर्‍याएको छ । बैंकबाहेकका क्षेत्रहरूमा पनि डिजिटल प्रविधिको बिगबिगी छ । एउटा दुर्गम भेगमा बसेर प्राथमिक शेयरमा भागेदार हुन सकिन्छ, दोस्रो बजारमा लगानी गर्न सकिन्छ । बीमासम्बन्धी सम्पूर्ण जानकारी र हिसाब बीमाको मोबाइल एप्लिकेशनमार्फत गर्न सकिन्छ । नागरिक लगानीकोषमा जम्मा भएको आफ्नो भागको हिसाब अनलाइन हेर्न सकिन्छ । यस परिवर्तनको निमित्त समग्र बैंक तथा वित्तीय संस्था एवम नेपाल राष्ट्र बैंक र अन्य नियामक निकायको भूमिका सराहनीय छ । बैंकहरूले अलग्गै विभाग बनाएर डिजिटल यात्रालाई जसरी प्रवद्र्धन गरे त्यसले अर्थतन्त्र विस्तारमा पनि सहयोग पुर्‍याएको छ । दूर दराजको गाउँमा आज महँगो शुल्क तिरेर रिचार्ज कार्ड किन्नुभन्दा मोबाइल बैंकिङबाट टप अप गर्न थालिएको छ । आफ्नो खाताका बारे सामान्य जानकारी घरमै बसेर लिन सकिन्छ । प्लेनको टिकट किन्न कुनै बिचौलियाको प्रयोग गर्नु नपर्ने अवस्था आइसकेको छ । यी सबले गर्दा समग्र भुक्तानी प्रणाली आधुनिक बन्न थालेको छ । बेलायतमा २०२० मा ७६ प्रतिशतले अनलाइन बैंकिङ प्रयोग गरेको तथ्यांक देखिन्छ । स्ट्याटिस्टाको अध्ययनअनुसार सन् २०२४ सम्म एशियाली मुलुकहरूमा अनलाइन र मोबाइल बैंकिङको प्रयोग उच्च रहनेछ । सोही अध्ययनअनुसार हाल करीब विश्वको २ अर्ब जनसंख्याले अनलाइन बैंकिङ प्रयोग गरिरहेको छ । उक्त संख्या बढेर आगामी २०२४ सम्म साढे अर्ब पुग्नेछ । नेपालमा पनि यो गति उच्च छ । यसले नगदरहित कारोबारको सम्भावना बढेको छ । तर, बाहिर देखिएको तथ्यांकअनुरूप नेपाल यसका लागि अझै सक्षम भइसकेको छैन । बैंकिङ बानी परिवर्तन गर्नुपर्ने यस समयमा सानो समस्याले पनि आफ्नो नियमित बानी परिवर्तन गर्न आम सर्वसाधारणलाई हौसला चाहिन्छ । तर, प्राविधिक कठिनाइसँग जुध्न अझै नसकेको अवस्था छ । क्यूआरबाट भुक्तानी गर्दा पैसा काट्ने तर सम्बन्धितको खातामा नदेखिने समस्याले गर्दा डर त हुने नै भयो । त्यसै गरी सुरक्षा अर्को महत्त्वपूर्ण पक्ष हो । नेपालको अनलाइन बैंकिङ प्रणालीमा त्यस्तो घोटाला नभए तापनि सोझा सर्वसाधारण ठगिने काम भने भइरहेको छ । नातिले हजुरबुबाको मोबाइल बैंकिङ प्रयोग गरेर अनलाइन गेमको केही सुविधा खरीद गर्ने, गिरोहले खाताको रकम चोर्नेजस्ता सानातिना घटना भने भइरहेका छन् । प्राविधिक कठिनाइले गर्दा मर्कामा परेका ग्राहकहरू उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको देखिन्छ । एटीएमले खाताको रकम काट्ने तर भुक्तानी नदिने समस्याले धेरैलाई समस्यामा पारेको छ । अनलाइन रकमान्तर गर्ने क्रममा देखापर्ने प्राविधिक त्रुटिले गर्दा यसप्रति विश्वास घटेको पनि देखिन्छ । हामीले जतिसुकै डिजिटल प्रणालीको ब्याख्या गरे पनि आज पनि काठमाडौंमा खानेपानी महसुल भुक्तानी गर्न नगद लिएर काउन्टर नै पुग्नुपर्ने अवस्था छ । आज पनि विभिन्न जिल्लाबाट विद्युत् महसुल भुक्तानी गर्न घण्टांै हिँडेर सदरमुकाममा रहेको प्राधिकरणको कार्यालय नै पुग्नुपर्ने बाध्यता छ । अहिले पनि बसको टिकट काट्न अनलाइनभन्दा भौतिक माध्यम नै प्राथमिकतामा परेको देखिन्छ । यसले हाम्रो डिजिटल कारोबारको वास्तविकता झल्काउँछ । समयअनुरूप वित्तीयप्रणाली सुधार हुन आवश्यक छ । त्यसअनुरूपको आवश्यक परिवर्तन आत्मसात् गर्न पनि आवश्यक छ । शुरुआती क्रममा देखिएका त्रुटिहरूलाई क्रमिक रूपमा सुधार गरेर त्रुटिमुक्त सेवा प्रदान गर्दै जानु नै बिकास हो । ढड्डा प्रणालीबाट शुरू भएको बैंकिङ प्रणाली आज रोबोटयुक्त प्रणालीमा पुगिसकेको छ । विकास र परिवर्तन आवश्यक छ । तर, त्यसको निमित्त सबै पक्षको साथ आवश्यक पर्छ । वित्तीय समावेशिताको बहस अनलाइन बैंकिङमा पनि आउन आवश्यक छ । सवारीसाधनको बिल बुक अनलाइन भुक्तानीमार्फत नवीकरण गरिरहँदा किन उपत्यकाकै खानेपानी महसुल भुक्तानी गर्न भौतिक उपस्थिति चाहिने भन्नेबारे जवाफदेहिता बोक्न सक्ने क्षमता सम्बद्ध निकायको हुनुपर्छ । किन सुगम भेगकालाई विद्युत महसुल भुक्तानी गर्न अनलाइन माध्यम उपलब्ध छ र दुर्गम भेगलाई उक्त सुविधा छैन भन्ने जवाफ सम्बद्ध निकायसँग हुन आवश्यक छ । १० वर्ष अगाडि एटीममा रहेको समस्या अझै पनि छ । बैंक मात्र होइन, अझै पनि शेयरबजारमा हुने लीलामी प्रक्रिया अनलाइन मार्फत गर्न सकिँदैन, भौतिक उपस्थिति अनिवार्य रहिआएको छ । यदि हामी डिजिटल प्रणालीलाई स्वीकार गरी अगाडि बढ्ने हो भने हामीले गुनासोहरूलाई दृष्टिगत गरेर अगाडि बढ्न आवश्यक छ । सर्वप्रथम वित्तीय साक्षरता अभियानलाई प्रवद्र्धन गर्न आवश्यक छ, जसअन्तर्गत अनलाइन प्रविधिको प्रयोग बुझाउन महत्त्वपूर्ण हुन जान्छ । यससँग आबद्ध जोखिम र स्वाभाविक तरीकाले हुने समस्या र त्यसको निमित्त गर्न सकिने समाधानको बारेमा ज्ञान प्रवाह गर्न आवश्यक छ । जबसम्म सर्वसाधारणले उक्त विषयहरू स्पष्ट रूपमा बुझ्न सक्दैनन्, यसमा निहित जोखिम रही नै रहने हुन्छ । हो, हिजोभन्दा हामी अगाडि छौं तर हामीले लिनुपर्ने गति अझै पनि आत्मसात् गर्न सकेका छैनौं । समय अवश्य चाहिन्छ तर अन्य क्षेत्रमा भइसकेको सुधार, समग्र क्षेत्रमा भित्र्याउन समयभन्दा पनि बढी विचार चाहिन्छ, जसको निमित्त सबै पक्ष एकीकृत रूपमा प्रस्तुत हुन आवश्यक छ । त्यसपछि मात्र डिजिटल प्रणालीमा विश्वास जाग्नेछ, सहभागिता सुनिश्चित हुने छ र नगदरहित अर्थतन्त्रमा हामी फड्को मार्न सक्नेछौं । रेग्मी बैंकर हुन् ।

दैनिक राशिफल : आज कुन-कुन राशि भएकाहरुको चम्किँदैछ भाग्य ?

मेष रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । व्यवसाय- मार्केटिंग र तपाईंको सम्पर्कहरूलाई बढि ध्यान आवश्यक छ। तपाईं तिनीहरूबाट व्यवसाय लाभ लिन सक्नुहुन्छ ।अनलाइन गतिविधिहरूको बारेमा बढि जान्नु महत्त्वपूर्ण छ । उत्पादन र गुणस्तर सुधार गर्नुहोस् । वृष मनग्य धन आर्जन हुनेछ। परिवारजनबाट टाढिनुपर्ला । अरूले फसाउन सक्छन् ।आज केहि समयको लागि चलिरहेको स्वास्थ्य समस्याहरूमा केही सुधार हुनेछ र तपाईं आफ्नो कर्तव्य राम्ररी सम्पादन गर्नुहुनेछ । मिथुन शुभचिन्तकहरूको सुझाव मनन गर्दा फ...

दैनिक राशिफल : आज कुरा राशि भएकाहरुको भाग्य कस्तो ?

मेष रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । व्यवसाय- मार्केटिंग र तपाईंको सम्पर्कहरूलाई बढि ध्यान आवश्यक छ। तपाईं तिनीहरूबाट व्यवसाय लाभ लिन सक्नुहुन्छ ।अनलाइन गतिविधिहरूको बारेमा बढि जान्नु महत्त्वपूर्ण छ । उत्पादन र गुणस्तर सुधार गर्नुहोस् । वृष मनग्य धन आर्जन हुनेछ। परिवारजनबाट टाढिनुपर्ला । अरूले फसाउन सक्छन् ।आज केहि समयको लागि चलिरहेको स्वास्थ्य समस्याहरूमा केही सुधार हुनेछ र तपाईं आफ्नो कर्तव्य राम्ररी सम्पादन गर्नुहुनेछ । मिथुन शुभचिन्तकहरूको सुझाव मनन गर्दा फ...

नेपाल बीआरआईको महत्त्वपूर्ण साझेदार हो : चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को निर्माणमा नेपाल एउटा महत्त्वपूर्ण साझेदार रहेको बताएकी छिन् । सोमबार चिनियाँ दूतावासले आयोजना गरेको अनलाइन पत्रकार सम्मेलनमा राजदूत यान्छीले नेपालका महत्त्वपूर्ण विकास परियोजनाहरूमा चीनले सहायता गरिरहेको बताएकी हुन् ।विभिन्न क्षेत्रमा चीन–नेपाल द्विपक्षीय सहयोगले सकारात्मक प्रगति हासिल गरेको बताउँदै राजदूत यान्छीले चीनको सहायतामा काठमाडौँमा दरबार हाइस्कुल पुनर्निर्माण परियोजना सम्पन्न