माेरङ- प्रदेश १ को सरकारले प्रदेशसभाको प्रथम बैठक पुष १७ गतेका लागि आह्वान गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको प्रथम बैठकको मिति तय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता तथा यातयात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले पुष १७ गते आइतबार दिउँसो १ बजेका लागि प्रदेशसभाको पहिलो बैठक तय गरिएको जानकारी […]