फ्रान्स विश्वकपको नकआउट चरणमा प्रवेश, अर्जेन्टिनाको सम्भावना जिवितै

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ । दोहास्थित रंगशाला ९७४ रंगशालामा भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित गरेको हो । डेनमार्कविरुद्धको जीतसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई गोल गरे । खेलको दोस्रो हाफको ६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुआती अग्रता दिलाए । त्यसको केहीबेरमा नै डेनमार्कले बराबरी गोल गर्न सफल भयो । खेलको ६८औ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत् गोल गर्दै खेललै १-१ गोलको बराबरीमा ल्याए । खेलको ८६औ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । फ्रान्सले २ खेलमा ६ अंक जोडेको छ । यसै समूहमा रहेका अष्ट्रेलियासँग तीन तथा डेनमार्क र ट्युनिसियाको समान १-१ अंक छ ।त्यस्तै समूह ‘सि’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो । जीतसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ । आजको खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो । खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे ।

सम्बन्धित सामग्री

अष्ट्रेलिया नकआउट चरणमा प्रवेश, ट्युनिसियासँग हारेपनि फ्रान्स नकआउट चरणमा

म्याथ्यु लेकीको उत्कृष्ट गोलको मद्दतमा अष्ट्रेलियाले डेनमार्कलाई १-० पराजित गर्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । तनावपूर्ण गोलरहित पहिलो हाफसम्म डेनमार्कले कब्जा जमाएको थियो । तर यस समूह डी खेलमा कुनै पनि अवसरलाई गोलमा रूपान्तरण गर्न असफल भएको थियो। समूह डीको अर्को खेलमा ट्युनिसियाले फ्रान्सविरुद्ध अग्रता लिएको खबरले दोस्रो हाफको सुरुमा प्रत्येक पास, गोलको […]

डेनमार्कलाई हराउँदै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ। बलियो प्रतिस्पर्धी डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया अघिल्लो चरणमा प्रवेश गरेको हो । अष्ट्रेलियाका लागि एक मात्रै निर्णायक गोल म्याथ्यु लेकीले गरे । खेलको ६० औं मिनेटमा लेकीले गोल गरेका थिए। यससँगै समूह डीमा अष्ट्रेलियाले समूह चरणका तीन खेलबाट ६ अंक […]

नेदरल्यान्ड्स र सेनेगल विश्वकपको नकआउट चरणमा प्रवेश

काठमाडाैँ –  नेदरल्यान्ड्स कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । योसँगै नेदरल्यान्ड्स समूह चरणमा अपराजित रहयो । नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । […]

सेनेगल र गिनी नकआउट चरणमा प्रवेश

काठमाडौं । सेनेगल, गिनी, मोरक्को र गाबोन अफ्रिका कप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको समुह ‘बि’ को खेलमा सेनेगल र मलावीले १–१ गालको बराबरी खेले । यही समुहको अर्को खेलमा जिम्बाबेले गिनीलाई २–१ ले हरायो । समुहमा तीन खेलबाट ५ अंक जोडेको सेनेगल तथा ४ अंक जोडेको गिनी नकआउट चरणमा पुगे […]

च्याम्पियन्स लिगः पीएसजीलाई हराउँदै सिटी नकआउट चरणमा प्रवेश

काठमाडौं, ९ मंसिर । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ गोल अन्तरले पराजित गर्दै सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा जित दिलाउन रहिम […]

युनाइटेड नकआउट चरणमा प्रवेश

काठमाडौं, मङ्सिर ८ । इङ्लिस प्रिमियर लिग अन्र्तगत गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई २–० गोलले हरायो । युनाइटेडलाई अन्तिम १६ पुर्याउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक एक गोल गरेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बरबरीमा […]

यी हुन युरो कपको नकआउट चरणमा प्रवेश गरेका १६ टोली

एजेन्सी, १० असार । युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने १६ राष्ट्रको टुंगो लागेको छ । गएराति ग्रुप एफको समूह चरणको अन्तिम खेलहरु समाप्त भएपछि छनोट भएका टोलीको टुंगो लागेको छ । यसपटक नकआउट चरणमा युरोपका फुटबल महाशक्तिहरु सबै अटाएका छन् । विश्वविजेता फ्रान्स र युरोपको विजेता पोर्चुगल दुवै नकआउट चरणमा प्रवेश गरेका छन् […]

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन

फ्रान्स, जर्मनी र पोर्चुगल युरो कपको नकआउट चरणमा प्रवेश

काठमाडौं : युरो कप फुटबलमा फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। समूह एफमा रहेका तिनै टोली अन्तिम १६ मा प्रवेश गरेका हुन्। समूह एफमा फ्रान्स समूह बिजेता, जर्मनी उप विजेता बन्दै  नकआउट चरणमा प्रवेश गरे। फ्रान्सले हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो।हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।&

युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलोपटक नकआउट चरणमा प्रवेश

काठमाडौं : अष्ट्रिया समूह उपविजेता बन्दै युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। नेसनल एरिनामा अष्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे।खेलको २१ औं मिनेटमा क्रिस्टोफले निर्णायक गोल गरेका हुन्। यस जितसँगै समूह 'सी' मा रहेका अष्ट्रियाले ३ खेलमा ६ अंक जोड्यो। र, समूहको उपविजेता बन्यो। अष्ट्रिया पहिलो पटक युरो कपको नकआउट चरणमा