युनाइटेड नकआउट चरणमा प्रवेश

काठमाडौं, मङ्सिर ८ । इङ्लिस प्रिमियर लिग अन्र्तगत गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई २–० गोलले हरायो । युनाइटेडलाई अन्तिम १६ पुर्याउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक एक गोल गरेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बरबरीमा […]

सम्बन्धित सामग्री

कतार विश्वकप: समुह ए र बि बाट नकआउट चरण पुग्ने ४ टोलीको टुंगो लाग्यो

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरे । आयोजक कतार र इक्वेडर प्रतियोगिताबाट बाहिरिएका छन् । कतारको अलबायत रङ्गशालामा घरेलु टोली कतारलाई २–० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स विजयी बन्यो । खेलको २६औँ मिनेटमा नेदरल्यान्ड्सका कोडी गाप्कोले गोल गर्दै सुरुआती अग्रता लिए । खेलको पहिलो हाफसम्म एक शून्य गोलले अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ४८औँ मिनेटमा नेदरल्यान्ड्सका फ्रेन्की डे जोङले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित दिलाए । यससँगै नेदरल्यान्ड्सले तीन खेलमा सात अङ्क जोड्यो । यसैगरी कतारको खलिफा रङ्शालामा गए राति नै भएको अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलअन्तरले पराजित ग¥यो । सेनेगल जारी विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ ।  खेलको पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमार्फत अग्रता लियो ।  इस्माएला सारले खेलको ४४औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई १–० को अवस्थामा पु¥याए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी दिएको थियो । त्यस्तै खेलको दोस्रो हाफको ६८औँ मिनेटमा इक्वेडरका मोइसेस काइसेडोले गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा पु¥याए ।  तर खेलको ७०औँ मिनेटमा सेनेगलका कालिडु कौलीबालीले गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । सेनेगलले तीन खेलमा दुई जितसहित छ अङ्क जोड्यो । यता इक्वेडर चार अङ्कसहित तेस्रो तथा कतार अङ्कबिहिन बन्दै चौथो स्थानमा रह्यो ।त्यस्तै समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलअन्तरले हरायो । इङ्ग्ल्यान्डका लागि मार्कुस राषफोर्डले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे । खेलको ५०औँ मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ५२औँ मिनेटमा फोडेनले गोल गर्दै इङ्ग्ल्याण्डलाई २–० को अवस्थामा पु¥याए । खेलको ६८औँ मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्याण्डलाई ३–० को सहज जित दिलाए । जितसँगै इङ्ग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्ड तीन खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा छ । वेल्स भने एक अङ्क जोडेर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।त्यसैगरी कतारको अलथुमामा रङ्गशालामा सम्पन्न अर्को खेलमा इरानलाई १–० गोलअन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८औँ मिनेटमा गोल गरेका थिए । जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले तीन खेलबाट पाँच अङ्क जोडेको छ । इरान तीन अङ्क जोडेर तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

इक्वेडरलाई हराउँदै सेनेगल नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम तथा निर्णायक खेलमा इक्वेडरलाई २-१ ले पराजित गर्दै सेनेगल अन्तिम १६ मा स्थान बनाउन सफल भयो । सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । पहिलो हाफको अन्त्यतिर […]

ब्राजिलको लक्ष्य नकआउट चरण

ब्राजिल कतार विश्वकप २०२२ मा उत्कृष्ट लयमा देखिएको छ । स्टेडियम ९७४ मैदानमा टिटेको प्रशिक्षणमा रहेको ब्राजिल लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह...

च्याम्पियन्स लिग : युभेन्ट्सलाई ४-० ले हराउँदै चेल्सी नकआउट चरणमा

काठमाडौं । इंग्ल्स क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सलाई ४-० ले पराजित गर्दै चेल्सी समूह एचबाट नकआउट चरण पुग्ने दोस्रो टोली बन्यो । यसअघि नै युभेन्ट्सले नकआउट चरणमा स्थान बनाइसकेको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीलाई शानदार जित दिलाउन ट्रेभो चालाबाहले २६औं, रिस जेम्सले […]

मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरण शुक्रबारदेखि

काठमाडौँ – झापा भेट्रान फुटबल क्लब र एफई खुमलटार भेट्रान्स क्लब राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेसँगै समूह चरणका खेल सकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएका खेलमा झापाले काभे्र भेट्रान फुटबल क्लबलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्दा अर्को खेलमा खुमलटाले र साइनिङ सन फुटबल एकेडेमीलाई पनि […]

युरोकप : समूह चरण सकियो, शनिबारदेखि नकआउट चरण

विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ । यो चरणमा १६ टिमले खेल्नेछन् ।नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।कोको भिड

ब्राजिल समूह विजेता र स्वीजरल्यान्ड उपविजेता बन्दै नकआउट चरण प्रवेश

काठमाडौं : विश्वकप फुटबलमा ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ई को अन्तिम खेलमा ब्राजिलले सर्बिया र स्वीजरल्यान्डले कोस्टारिकालाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन्। ब्राजिल समूहमा एक खेल बराबरी र दुई खेलमा विजय हासिल गर्दै ७ अंक जोडेर समूह विजेता बन्यो भने स्वीजरल्यान्ड एक खेलमा विजय र दुई खेल...

अर्जेन्टिनाले पार लगाउला संकट ?

विश्वकप फुटबलमा आज राति सर्वाधिक धेरै दर्शकको प्रतीक्षामा रहेको खेल हुँदै छ। गत संस्करणको उपविजेता अर्जेन्टिना नकआउट चरण प्रव्रेशको निर्णायक खेलमा नाइजेरियाविरुद्ध प्रतिस्‍पर्धा गर्दै छ। प्रतियोगिामा समूह ‘डी’ बाट क्रोएसिया नकआउट चरणमा प्रवेश गर्दा अर्को सहभागीको टुंगो आज राति लाग्नेछ। जसका लागि नाइजेरिय...