चाडबाडसँगै इलाका प्रशासन कार्यालय रामपुरमा नागरिकता बनाउनेहरूको सङ्ख्या बढेको छ । नागरिकता प्रमाणपत्र, प्रमाणित र द्रुत गतिको पासपोर्ट सिफारिस सेवा दिँदै आएको कार्यालयमा चाडबाडका समय विदेश र उच्च शिक्षा रोजगारको लागि शहरमा बस्नेहरू गाउँ आएको समय सेवा लिनेको चाप बढेको हो ।