बुधवारदेखि माैसम बदली भएर पानी पर्ने सम्भावना

काठमाण्डाै – आउँदाे बुधवारदेखि देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी वायु सक्रिय हुने भएकाले पर्सि २१ गते बुधवार बेलुकादेखि शुक्रवारसम्म देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । पश्चिमी वायुको असर शुक्रवारपछि पनि रहन्छ वा रहँदैन भन्ने कुरा भने कत्तिको सक्रिय हुन्छ भन्नेमा भर पर्ने उहाँले बताउनुभयो ।शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा आउने बुधवार अलि धेरै पानी पर्ने स...

सम्बन्धित सामग्री

खडेरी र गर्मीले प्रभावित पश्चिम तराईमा पनि मौसम बदली, पानी पर्ने सम्भावना

काठमाण्डाै – आज (साेमवार) देखि पश्चिम तराईमा पनि माैसम बदली सुरु भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका अरू क्षेत्रमा पानी पर्दा मध्य र पश्चिम तराईमा लामो समयदेखि खडेरी र तातो हावा (लू) चलिरहेको छ । तर आज बेलुकादेखि भने पश्चिम तराईमा पनि बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् डा. विनोद पोखरेलले बताउनुभयो । दिउँसो दाङ, बाँके र बर्दियाका केही ठाउँमा पानी परेको छ । बेलुका रुपन्देही, कपिलवस्...

माैसमविद् भन्छन्–बिहान वर्षाकाे सम्भावना छैन, १ बजेपछि क्षणिक हुन सक्छ

उनले भने, 'बिहान माैसम बदली चाहिँ हुन्छ तर पानी पर्ने सम्भावना देखिएकाे छैन । १२/१ बजेपछि क्षणिक वर्षा हुन्छ कि ?'

देशका धेरै ठाउँकाे माैसम बदली : केही ठाउँमा हावाहुरी, मेघगर्जनसहित पानी

काठमाण्डाै – अहिले देशका धेरै ठाउँको मौसम बदली भएर केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । स्थानीय वायुको प्रभावका कारण वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा हावाहुरीसहित पानी परिरहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार एक, दुई घण्टापछि मौसम फेरि सफा हुनेछ । प्रि–मनसुनको समयमा दिनभर घाम लागे पनि बेलुकातिर हावाहुरीसहित पानी पर्ने गर्छ । भोलि शुक्रवार पनि बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । अहिले आएको हावाहुरी र वर्षा...