शनिबारको केन्द्रीय कमिटी बैठकमा नजाने माधव नेपाल पक्षको निर्णय

काठमाडाैं : भोलि (शनिबार) हुने नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव नेपाल समूहले निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते केन्द्रीय समिति बैठक बोलाएका थिए। आज बानेश्वरमा बसेको माधव पक्षीय स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो। प्राप्त जानकारी अनुसार आज  बानेश्वरमा बसेको बैठकले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको ठहर गर्दै त्यसमा सह

सम्बन्धित सामग्री

केन्द्रीय कमिटी बैठक स्थगित गरेर एमाले नेताहरू अनौपचारिक छलफलमा जुट्दै

पार्टी एकताको प्रयास स्वरूप नेकपा एमालेको दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् । आइतवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेर विघटित कार्यदलका सदस्यहरूले आज सहमतिको प्रयास गर्ने भएका हुन् ।  माधव नेपाल पक्षका उपाध्यक्ष भीम रावलले शनिवार अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि आजको केन्द्रीय कमिटी बैठक स्थगित भएको थियो । १० बुँदे सहमति गरेको विघटित कार्यदलका सदस्यहरूबीच आइतवार पनि छलफल हुन लागेको हो ।  बिहीवार र शुक्रवार बसेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले १० बुँदे...

एमाले केन्द्रीय कमिटी बैठक एक दिन सर्यो

काठमाडौं : आजका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। पार्टी एकताका लागि छलफल भइरहेका बेला एकपक्षीय रुपमा बैठक बोलाइएको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएपछि बैठक भोलि बस्ने गरी स्थगित भएको हो। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले एकतालाई ध्यानमा राखेर बैठक सारिएको बताए। माधव नेपाल पक्षले पार्टी एकताका लागि विभिन्न तहमा छलफल भइरहेका बेला केन्द्रीय कमिटी बैठक बसेर एक पक्षीय ढंगले कुनै पनि निर्णय गर्न नहुने भन्दै बैठक सार्न दबाब दिएको थियो।

ओलीले स्थगित गरे केन्द्रीय कमिटी बैठक

काठमाडौंः एमाले केन्द्रीय कमिटी बैठक सारिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा बैठक एक सोमबारसम्म स्थगित भएको हो। आइतबारका लागि बैठक बोलाइएको थियो।  सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो।  एमाले विवाद चर्किएका बेला बैठक एक दिन स्थगन गरिएको हो। तर, वरिष्ठ नेता माधव नेपाल पक्षले भने बैठक स्थगितसँगै…

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, २१ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको थियो । नयाँ बानेश्वर बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको बैठकमा पार्टी एकतामा कसरी जान सकिन्छ ? भन्ने विषयमा छलफल हुने नेताहरुले जनाएका छन् । स्थायी कमिटी बैठकले […]

माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो ।बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् ।  केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो ।स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको बताइएको छ ।आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, ओलीको भने आपत्ति

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सघाउँदै आएको एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बस्न लागेको हो। हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो। नेपाल समूहले सरकारमा जाने कि नजाने भन्ने स्पष्ट रोडम्याप नदिँदा…

एमाले केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाल पक्ष गएन

काठमाडौं, ४ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । उक्त बैठकमा माधव नेपाल पक्ष भने गएको छैन् । आजको केन्द्रीय कमिटी बैठक एमालेको १०औं बैठक हो । आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्नेबारे छलफल हुने बताईएको छ । यसअघि नै एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत […]

एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं, १९ असार । सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गरेका छन् । हिजो बसेको बैठकले माधव नेपाल पक्षधर २३ जना सांसदलाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ताको लागि सोमबारसम्मको लागि समय दिईएको छ। तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने बताईसकेको […]