आइएमई इन्स्योरेन्सको साधारणसभा सम्पन्न

आइएमई जनरल इन्स्योेरेन्सको विषेश साधारणसभा सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

आइएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा

आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ।

प्रुडेन्सियल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनीको विशेष साधारणसभा बुधवार बाराको सिमरामा सम्पन्न भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम विशेष साधारणसभा बोलाइएको बताइएको छ । मर्जमा शेयर अनुपात १:१ कायम गरिने बताइएको छ । दुवै कम्पनी गाभिएपश्चात् बन्ने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र चुक्तापूँजी ३ अर्ब २ करोड रुपैयाँ हुने जानकारी दिइएको छ । मर्जरपछि शाखा सञ्जाल ८४, कर्मचारी संख्या ५१७ हुने र व्यवसाय करीब ४ अर्ब रुपैयाँको रहनेछ ।

आइएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गर्ने, […]

आइएमई जनरल इन्स्योरेन्सको २५औँ वार्षिक साधारणसभा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा भएको उक्त साधारणसभामा सम्पूर्ण शेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिबारे बैठकलाई जानकारी गराए । सभालाई अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको […]

आइएमई जनरल इन्स्योरेन्स साधारणसभा सम्पन्न

आइएमई जनरल इन्स्योरेन्सको २४औँ वार्षिक साधारण शुक्रबार सम्पन्न भएको छ । लैनचौर बैङ्क्वेट्समा सम्पन्न साधारण सभामा अध्यक्ष  हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ  सेवाहरु सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए । ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको बताए । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना

आइएमई जनरल इन्स्योेरेन्सको साधारणसभा

काठमाडौं (अस) । आइएमई जनरल इन्स्योरेन्सको २३ औं वार्षिक साधारणसभा आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । साधारणसभा उद्घाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले भर्चुअल माध्यमबाट गरेका थिए । कार्यक्रममा अध्यक्ष ढकालले हाल कुल बीमाको पहुँच २६ प्रतिशत र समग्र बीमा क्षेत्रको कुल गार्हस्थ उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको जानकारी दिए । पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिस्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, पहुँच विस्तार आदिले बीमा व्यवसाय र नाफामा वृद्धि भएकाले पुँजी बजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको उनले बताए । बीमाको नयाँ क्षेत्र पहिल्याएर नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले आगामी वर्ष थप नवीनतम सेवासहित ग्राहकमुखी योजना ल्याइने उनको भनाइ छ । कम्पनीले हालको चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने र बीमा समितिबाट स्वीकृत हुनासाथ ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव पारित गर्ने निर्णय साधारणसभाबाट पारित भएको छ । बोनस तथा हकप्रद शेयर जारी भएपछि  कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने ढकालले जानकारी दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले ग्राहकमैत्री योजना अगाडि सारेकाले संस्थालाई बीमा बजारमा अग्रणी कम्पनीको रूपमा स्थापित हुन सफल भएको बताए । कम्पनीले आव ०७५/७६ मा १ अर्ब २६ करोड ७० लाख बीमा शुल्क आर्जन गरेकामा समीक्षा वर्षमा १ अर्ब ३९ करोड ९४ लाख यस्तो शुल्क आर्जन गरेको उनले जानकारी दिए ।