कुमारी बैंकको साधारणसभा सम्पन्न

बैंकका सञ्चालक समिति अध्यक्ष अमीरप्रताप राणाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

सम्बन्धित सामग्री

कुमारी बैंकको साधारणसभा

कुमारी बैंकको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आब २०७९/८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव ...

फेजाको प्रथम वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा)को प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत असोज २९ गतेबाट औपचारिक रूपमा आएको फेजाले शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।  सभाले फेजाको तदर्थ समितिलाई नै आगामी कार्यकालका लागि कार्यसमितिको रूपमा निरन्तरता दिने निर्णय गरेको छ । समिति सदस्य गीता भुजेलले आफ्नो पदबाट राजीनामा दिएकाले बाँकी कार्यकालका लागि भुजेलको स्थानमा अम्बिका शर्मालाई नियुक्त गर्ने तदर्थ समितिको निर्णयलाई समेत सभाले अनुमोदन गरेको छ ।  नवनियुक्त सदस्य शर्मा १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छिन् । हाल उनी टक्सार म्यागेजिनमा कार्यरत छिन् । तदर्थ समिति नै आगामी कार्यकालका लागि नियमित हुने वैधानिकता अधिवक्ताद्वय भिमसेन रायमाझी र प्रकाश कोइराला सहभागी निर्वाचन कमिटीले प्रक्रिया पूरा गरेका छन् ।  आगामी कार्यकालका लागि निरन्तरता पाएको फेजाको कार्यसमिति ९ सदस्यीय छ । फेजाको अध्यक्षमा शर्मिला ठकुरी, उपाध्यक्षमा रूपा घिमिरे, महासचिवमा एलिजा उप्रेती, सचिवमा प्रजिता कुमारी बुढाथोकी र कोषाध्यक्षमा मुना कुँवर छन् । त्यसैगरी, सदस्यहरूमा रिना खत्री, भीमा पन्थी, अम्बिका शर्मा र सरस्वती अधिकारी छन् ।  आर्थिक पत्रकारितामा कलम चलाइरहेका महिला पत्रकारहरूको क्षमतासँगै नेतृत्व विकासका लागि आवश्यक काम गर्ने प्राथमिकताका लागि फेजा अघि बढेको छ । आगामी दिनमा विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा आफ्ना सदस्यहरूको क्षमताका विकासका लागि काम गर्ने योजना फेजाको छ ।

कुमारी बैंकको साधारणसभा : एनसीसीसँग गाभ्ने/गाभिने अन्तिम सम्झौता अनुमोदन

कुमारी बैंकलाई नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)सँग गाभ्ने÷गाभिने बाटो खुलेको छ । गत आइतबार सम्पन्न कुमारी बैंकको वार्षिक साधारणसभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

कुमारी बैंकको साधारणसभा

कुमारी बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ। सभा सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा सम्पन्न भएको हो।...

कुमारी बैंकले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर दिने

काठमाडौँ । कुमारी बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभा बैंकका अध्यक्ष अमीरप्रताप जबराणाको अध्यक्षतामा काठमाडौँमा सम्पन्न भएको छ। साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।

कुमारी बैंकको साधारणसभा सम्पन्न, सेयरधनीलाई ६% बोनस सेयरको प्रस्ताव पारित

काठमाडौं। कुमारी बैंकको २१औं वार्षिक साधारणसभा मंगलबार सम्‍पन्न भएको छ। साधारणसभाले सेयरधनीहरुलाई ६% बोनस शेयर तथा बोनस सेयरवापत लाग्ने कर प्रयोजनका

वाणिज्य बैंकहरूको लाभांश : यस वर्ष शेयरधनीले पाएनन् दशैं खर्च

पूँजीबजारका लगानीकर्ताले चालू आर्थिक वर्षको लागेसँगै आफ्नो लगानीको प्रतिफल गणना शुरू गर्छन् । सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष अन्त्यसम्मको मुनाफाका आधारमा लाभांश वितरण गर्ने हुँदा लगानीकर्ताले कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरणलाई नै आधार मानेर आफ्नो लगानीको प्रतिफल गणना गर्छन् । वर्षभरिको लगानी प्रतिफल भिœयाउने समय भएकाले पनि अन्य बेलाभन्दा यो बेला लगानीकर्ता अझ बढी संयमित भएर कारोबारमा सहभागी भएको पाइन्छ । यतिबेला कतिपय सूचीकृत कम्पनीहरूले गत वर्षको मुनाफाबाट धमाधन लाभांश प्रस्ताव गरिरहेका छन् भने कतिपयले प्रस्तावित लाभांश पारित गरिसकेको अवस्था छ । गत वर्षको मुनाफाबाट हालसम्म सिनर्जी पावर, अरुण काबेली पावर, रुरु जलविद्युत् परियोजना, अपि पावर, ङादी ग्रुप र नेपाल ल्युब आयल लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश प्रस्ताव पारित गरिसकेका छन् । यी कम्पनीसँगै धेरैजसो म्युचुअल फण्डहरूले लाभांश प्रस्ताव गरी बाँडफाँटसमेत गरिसकेका छन् । प्रविधिको विकाससँगै पछिल्ला केही वर्षदेखि वार्षिक साधारणसभा सम्पन्न भएको दिनदेखि नै कतिपय कम्पनीले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्ने गरेका छन् । शेयर बजारमै लगानी गरी यसैबाट प्राप्त हुने प्रतिफललाई आम्दानीको स्रोत बनाएका लगानीकर्ताले भने दशैंअघि नै साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरे आफूहरूलाई चाडपर्वमा सहज हुने जानकारी दिएका छन् । ३ दशकभन्दा बढी समय पूँजीबजारमै सक्रिय लगानीकर्ता डम्बरुबल्लब घिमिरेले यो वर्ष कुनै पनि वाणिज्य बैंकहरूले दशैंअघि वार्षिक साधारणसभा सम्पन्न नगर्दा खर्च जोहो हुन नसकेको गुनासो गरे । केही वर्षअघि कतिपय वाणिज्य बैंकहरूले दशैं, तिहारलाई लक्षित गरी लाभांश वितरण गरेको स्मरण गर्दै उनले यस वर्ष यो सम्भावना टरेको बताए । अर्का लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठ पनि दशैंअघि केही वाणिज्य बैंकहरूले लाभांश दिने आस रहे पनि त्यो निराशामा बदलिएको बताउँछन् । सूचीकृत कम्पनीहरूले चालू आर्थिक वर्षको ६ महीनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था भएपछि कतिपय बैंकहरूले शेयरधनीलाई चाडपर्व लक्षित गरी समयमै लाभांश दिने गरेको उनी सुनाउँछन् । सूचीकृत सबै कम्पनीमा लगानी रहेकाले कुनै न कुनैबाट दशैंअघि लाभांश पाए खर्च टर्ने उनले बताए । यो समाचार तयार गर्दासम्म सूचीकृत २६ मध्ये ७ वाणिज्य बैंहरूले लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल, माछापुच्छ«े बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले यस वर्ष दशैंअघि नै लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका छन् । यीमध्ये माछापुच्छे« बैंकले कात्तिक २६ गते वार्षिक साधारणसभाको मिति तय गरेको छ । माछापुच्छ्रे बैंकले उक्त सभा प्रयोजनका लागि कात्तिक ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक कलोजको आधारमा कात्तिक ४ गते बिहीवारसम्म कायम शेयरधनी मात्र बैंकको लाभांश प्राप्त गर्न योग्य हुनेछन् । त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले साधारणसभाको मिति हालसम्म तय नगरे पनि असोज २२ गते आगामी वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ । बुक क्लोजको आधामा असोज २० गतेसम्म कायम शेयरधनीले सिटिजन्स बैंकको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । हालसम्म लाभांश सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये हिमालयन बैंकले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । हिमालयन बैंकसँगै मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले पनि यो वर्ष कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ११ दशमलव २४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ दशमलव ७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस वर्ष सानिमा बैंकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांशसहित कुल १७ दशमलव ८९ प्रतिशत, सिटिजन्स बैंकले १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांशसहित कुल १६ प्रतिशत, माछापुच्छ«े बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांशसहित कुल १४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांशसहित कुल १३ दशमलव शून्य ६ प्रतिशत र कुमारी बैंकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत २ दशमलव ६७ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ६७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हालसम्म सार्वजनिक वाणिज्य बैंकहरूको लाभांशमध्ये कुमारी बैंकको लाभांश सबैभन्दा कम रहेको छ । यस वर्ष वाणिज्य बैंकहरूको लाभांश प्रस्ताव र साधारणसभाको मिति तयमा ढिलाइ हुनुको मुख्य कारण भदौ १५ गतेसम्मको नाफा गणना रहेको छ । यसअघि आर्थिक वर्ष सम्पन्न भएको मितिसम्म कायम मुनाफाबाट लाभांश वितरण गर्न सक्ने व्यवस्था रहेकामा यस वर्षदेखि भदौ १५ गतेसम्मको मुनाफालाई गणना गरेर लाभांश वितरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।