ललितपुरको धोविघाटमा आगलागी

काठमाडौं । ललितपुरको धोविघाटमा आगलागी भएकाे छ । धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी गोदममा बुधबार दिउँसो १ बजे आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ । प्रहरीका अनुसार आगलागीमा परी ३ जना घाइते भएका छन्। गणेश नेपाल, अजय र लक्ष्मी घाइते भएका छन्। उनीहरूको अनुहार जलेको छ। उनीहरुकाे कृतिपुर अस्पतालमा उपचार भइरहेकाे छ […]

सम्बन्धित सामग्री

कपनको राम मन्दिर नजिकै आगलागी

काठमाडौं कपनको राम मन्दिर नजिकै आगलागी भएको छ। केही समय अघिबाट सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुरका दलमक परिचालन गरिएको छ। बुधबार दिउँसो ललितपुरको धोबीघाटमा रहेको कागज गोदाममा पनि आगलागी भएको थियो। आगलातीमा तीन जना घाइते भएका थिए।

ललितपुरको कबाडी ग्यारेजमा आगलागी‚ ३ जना घाइते

काठमाडौं : ललितपुरको धोबीघाटस्थित एक कबाडी ग्यारेजमा आगलागी हुँदा ३ जना घाइते भएका छन्।धोबीघाट रिङरोडबाहिर रहेको बच्चा साहको कबाडी कारखानामा आज दिउँसो एक्कासी आगलागी हुँदा ३ जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।घाइतेको अनुहार जलेको छ। घाइतेको उद्धार गरी उपचारको लागि स्टार अस्पतालमा लगिएको छ।ललितपुरका २ वटा दमकलले आगो निभाउन नसकेपछि काठमाडौं र भक्तपुरबाट पनि दमकल मगाइएको ललितपुर प्रहरीले जनाएको छ।

ललितपुरको धोवीघाटमा आगलागी, ३ जना घाइते

ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । रिङरोड बाहिर रहेको कवाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते भएका छन् ।  ६५ वर्षीय शिव पोदार र राम आशिष शाहसहित ३ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले रातोपाटीलाई बताए ।आगो नियन्त्रणका लागि दमकलसहित अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ । घाइते कवाडी गोदामका कामदार भएको एसपी शाहीले जानकारी दिए ।

ललितपुरको धोबीघाटमा आगलागी

५ असोज, काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. ३ मा रहेको धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ । दमकल, प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगो लाग्नुको कारण र क्षतिको विवरण आइसकेको छैन । तस्वीरहरु: विकास श्रेष्ठ/अनलाइनखबर

काठमाण्डौको भृकुटीमण्डपमा आगलागी

काठमाण्डाै - काठमाण्डौको भृकुटीमण्डपमा आगलागी भएको छ । भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगलागी भएको हो । आगो निभाउन काठमाण्डौ महानगरपालिकाको दमकल पुगेको छ । प्रहरी र ललितपुरको दमकल पनि पनि परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

ललितपुरको साझा पेट्रोल पम्पभित्र आगलागी, ‘ठूलो क्षति हुनबाट जोगियो’

ललितपुर – ललितपुरको पुल्चोकमा रहेको साझा पेट्रोल पम्पभित्र ट्याङ्करमा आगलागी भएको छ । आगो लाग्नेबित्तिकै ललितपुरको दमकल पुगेर आगो निभाएको छ ।  इन्धन अनलोड गर्ने क्रममा ट्याङ्करमा आगो लागेको थियो । आगो तत्कालै निभाइएकाले ठूलो क्षति हुनबाट जोगिएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।  आगलागीका कारण पम्पमा तेल हाल्न पुगेका एक जना ग्राहक सामान्य घाइते भएका प्रहरीले जनाएको छ । तस्बिर : विक्रम महर्जनकाे फेसबुकबाट

ललितपुरको बज्रबाराही जंगलमा आगलागी

ललितपुरको बज्रबाराही जंगलमा आगो लागेको छ । चापागाउँस्थित बज्रबाराही मन्दिरको माथिल्लो क्षेत्रमा आगो फैलिएपछि सो क्षेत्रमा दमकल पठाइएको छ । आगो मन्दिरतर्फ फैलिनसक्ने  हुनाले सो क्षेत्रमा दमकल सहित सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए ।

ललितपुरको जंगलमा भीषण आगलागी

काठमाडौं, ३ वैशाख । ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । माझखण्डबाट सल्केको आगो सल्किदै जाँदा लुकुनी, प्युटार र आश्राङ गाँउ जोखिममा परेको स्थानीय प्रहरीले बताएको छ । शुक्रबारदेखि नै स्थानीय, प्रहरी र वनका कर्मचारीहरुले आगो नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेका छैनन् । आगो लागेको ठाउँमा ढुंगाहरू समेत झरिरहेको प्रहरीले बताएको छ […]

ललितपुरको प्युटार जंगलमा भीषण आगलागी

दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार  वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेका छन् । शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन । प्रहरी सहायक हवल्दार वेदनाथका अनुसार निरन्तर ढुंगाहरु झरिरहेकाले आगो निभाउन जानसमेत समस्या छ । उनले भने, ‘रुखका स्याउलाले आगो निभाइरहेका छौँ । चारैतिर आगो र धुव

मध्यराति सातदोबाटोबाट कोटेश्वर जाँदै गरेको टिपरमा आगलागी

ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै एक टिपरमा आगलागी भएको छ।