काठमाडौं : ललितपुरको धोबीघाटस्थित एक कबाडी ग्यारेजमा आगलागी हुँदा ३ जना घाइते भएका छन्।धोबीघाट रिङरोडबाहिर रहेको बच्चा साहको कबाडी कारखानामा आज दिउँसो एक्कासी आगलागी हुँदा ३ जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।घाइतेको अनुहार जलेको छ। घाइतेको उद्धार गरी उपचारको लागि स्टार अस्पतालमा लगिएको छ।ललितपुरका २ वटा दमकलले आगो निभाउन नसकेपछि काठमाडौं र भक्तपुरबाट पनि दमकल मगाइएको ललितपुर प्रहरीले जनाएको छ।