सीसीटीभी फुटेज खै ? मेटियो !

१९ असार, काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज सुरक्षित नरहेको बताएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै आएको थियो । अर्थमन्त्री शर्माले एमालेको आरोपको खण्डन गरे पनि सीसीटीभी फुटेजबारे भने मन्त्रालय बोलेको थिएन । […]

सम्बन्धित सामग्री

सीसीटीभी फुटेज मेटियो भन्ने अनुमानसमेत गर्न सकिन्न : सर्वोच्च

काठमाडौँ- सर्वोच्च अदालतले अर्थ मन्त्रालयको सिसिटिभी क्यामेराले कैद गरेका डाटाहरू सुरक्षित राखिएको छैन भन्ने अनुमानसमेत गर्न नसकिने भन्दै सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ । आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सिंहदरबार देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसरभित्रको सुरक्षासमेतलाई दृष्टिगत गर्दा सम्बन्धित निकायहरूले सिंहदरबारभित्र पर्ने अर्थ मन्त्रालयलगायत अन्य मन्त्रालयहरूको सीसीटीभी सुरक्षित नै […]

सर्वोच्चले भन्यो, ‘अर्थको सीसीटीभी फुटेज मेटियो भनेर अनुमान पनि गर्न सकिँदैन’

सर्वोच्च अदालतले अर्थ मन्त्रालयका दुबै सचिवहरुलाई जिम्मेवारमुक्त गराउने आदेश दिन अस्वीकार गरेको छ । तर, सर्वोच्चले सीसीटीभी फुजेट डिलेट भयो भनेर कल्पना गर्न नसकिने बताएको छ ।मुलुककै केन्द्रीय प्रशासकीय परिसर भित्रका सीसीटीभी दृश्यहरु सुरक्षित छैनन् भनेर अनुमानसमेत गर्न नसकिने सर्वोच्चको जिकिर छ । सुरक्षा मामिलालाई हेरेर त्यस्ता फाइलहरु सुरक्षित नै हुने भएकाले डिलिट भयो भनेर अनुमान नै गर्न नसकिने सर्वोच्चको टिप्पणी छ । ‘सिंहदरबार देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसर भित्रको सुरक्षा समेतलाई दृष्टिगत गर्दा सम्बन्धित निकायहरुले सिंहदरबार भित्रको अर्थ मन्त्रालय लगायत अन्य मन्त्रालयहरुको सीसीटीभी क्यामेराले कैद गरेका डाटाहरु सुरक्षित राखेका छैनन् भन्ने अनुमानसमेत गर्न नसकिने हुँदा सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गरिरहन परेन’ सर्वोच्चको आदेशमा भनिएको छ । सरोजकृष्ण घिमिरे र बाबुराम अर्याल सहितले अर्थ मन्त्रालय र अन्य मन्त्रालयको समेत सीसीटीभी फुटेज सुरक्षित राख्न र अर्थ सचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट मुक्त गर्न माग गर्दै रिट निवेदन दिएका थिए । सर्वोच्चले बजेट निर्माणको गोपनियता र संवेदनशिलता जोडिएको विषय भएकाले यो मुद्दालाई जतिसक्दो चाँडो किनारा लगाउन अग्राधिकारको आदेश पनि दिएको छ ।बजेट निर्माणका क्रममा जनार्दन शर्माले अनधिकृत मान्छेलाई प्रवेश गराएर करका दरहरु हेरफेर गराएको आरोप लागेपछि उपभोक्ता हित संरक्षण मञ्चले अर्थ मन्त्रालयसँग सूचनाको हक प्रयोग गरेर सीसीटीभी फुटेज माग गरेको थियो । तर, अर्थले फुटेज मेटिएको उत्तर दिएको थियो ।

सर्वोच्च अदालतले भन्यो : सीसीटीभी फुटेज मेटियो भन्ने अनुमानसमेत गर्न सकिन्न

३१ असार, काठमाडौं । सर्वोच्च अदालतले देशको केन्द्रीय प्रशासकीय परिसर भित्रका सीसीटीभी दृश्यहरु सुरक्षित छैनन भनी अनुमान समेत गर्न नसकिने टिप्पणी गरेको छ । अर्थमन्त्रालयको बहुचर्चित सीसीटीभी फुटेज प्रकरणसम्बन्धी एक रिट निवेदनको प्रारम्भिक सुनुवाइका क्रममा सर्वोच्च अदालतले सुरक्षा मामिलालाई दृष्टिगत गर्दा समेत त्यस्ता फाइल सुरक्षित नै हुने भनी अनुमान गरेको हो । सर्वोच्च अदालतको आदेशमा […]

अर्थमन्त्रीको बदनाम छविका सारथी मधु र कृष्णहरि, जनार्दन जत्तिकै दोषका भागीदार

रोप कपोलकल्पित भएको विज्ञप्ति निकाल्ने देखि सीसीटीभी फुटेज मेट्ने कुरा र मेटियो भन्ने विज्ञप्ति निकाल्ने विषयमा पनि सचिवहरूको प्रत्यक्ष संलग्ता भेट्न सकिन्छ ।

जनार्दनले फुटेज नदेखाएपछि देउवाले भने ‘कुरो बुझिहालियो, अब छोड्दिम् यार’

बजेट भाषणको अघिल्लो दिन मध्येराती अनाधिकृत व्यक्तिलाई अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा प्रवेश गराएर करका दरहरु हेरफेर गराएको समाचार आएपछि माओवादी अध्यक्ष प्रचण्डले शर्मासँग सोधपुछ गरे । जेठ ३० गते साँझ नै ३१ गते समाचार आउँदैछ भन्ने पूर्व सूचना मिडिया हाउसले आधिकारिक पेजमार्फत जानकारी गराएपछि अताल्लिएका प्रचण्डले हत्तपत्त जनार्दन शर्मालाई बोलाए ।शर्मालाई बोलाएर प्रचण्डले ‘के गर्नुभयो तपाईले यस्तो ?’ भनेर सोधे । माओवादी सम्बद्ध स्रोतका अनुसार जवाफमा जनार्दन शर्माले आफूले पूर्व नायब सुब्बा रघुनाथ घिमिरेलाई बोलाएर सहयोग लिएको स्वीकार गरेका थिए ।‘मलाई मन्त्रालयमा कर्मचारीबाट सहयोग भएन, म अर्थको बारेमा जानकार मान्छे होइन, आफूसँग पर्याप्त जानकारी पनि नभएको र कर्मचारीले पनि आवश्यक सहयोग नगरेपछि मैले विज्ञका रुपमा उहाँलाई प्रयोग गरेको हुँ’ जनार्दन शर्माले प्रचण्डसामू भनेका थिए ।जवाफ सुनेपछि प्रचण्डले कड्किएर पुनः प्रश्न गरे, ‘पूर्व नायब सुब्बा पनि कहीँ विज्ञ हुन्छ ? मलाई किन्न भन्नु भएन ?’त्यसपछि अर्थमन्त्री जनार्दन शर्मा केही बोलेनन् ।देउवाले भने, ‘भो भो छोड्दिम् यार’ सत्तारूढ दलभित्र समाचारमा आएको विषय सत्य हो की होइन भन्ने विषयमा के गरी पत्ता लगाउने भन्ने छलफल भयो । यसका लागि सीसीटीभी फुटेज नै हेर्ने कुरा भयो ।सभामुख, प्रधानमन्त्री र विपक्षी दलको प्रतिनिधि बसेर फुटेज हेर्ने तय भयो । तर, अर्थमन्त्री शर्माले फुटेज देखाउन मानेनन् । सभामुख, प्रधानमन्त्री र विपक्षी दलको प्रतिनिधिलाई अर्थमन्त्रीले संयुक्त रुपमा फुटेज देखाउन नचाहेको होला भनेर गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाले मात्रै हेर्ने सहमति गर्यो ।प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री शर्मासँग ‘फुटेज हेर्नुपर्यो लौ त !’ भने । देउवालाई पनि अर्थमन्त्री शर्माले फुटेज दिन मानेनन् । त्यसपछि देउवाले गठबन्धनका नेताहरुलाई भने, ‘उहाँले दिन मान्नु भएन, नमानेपछि कुरो बुझिहालियो नि यार । अब यसमा धेरै कुरा नगरौँ, छोड्दिम् ।’यसपछि गठबन्धन फुटेज नहेर्नेमा पुग्यो । प्रधानमन्त्री देउवाले नै ‘छोड्दिम्’ भनेपछि प्रचण्डलाई पनि सजिलो भयो ।असार १८ गते साँझ अर्थ मन्त्रालयले सीसीटीभी फुटेज नै मेटियो भन्ने जवाफ फर्कायो ।

अर्थ मन्त्रालयले भन्यो- ‘जेठ १४ गतेको सीसीटीभी फुटेज मेटियो’ (पत्रसहित)

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पौडेलले जेठ १४ गते रातिको सीसीटीभी फुटेज उपलब्ध गराई सूचनाको हक प्रदान गर्न दिएको निवेदनको जवाफमा मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको जनाएको हो ।

अर्थ मन्त्रालयले भन्यो– बजेट निर्माणबेलाको सीसीटीभी फुटेज मेटियो (पत्रसहित)

काठमाडौं । अर्थ मन्त्रालयले जेठ १४ गतेको सीसीटीभी फुटेज सुरक्षित नरहेको जनाएको छ । जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा बोलाएर अर्थमन्त्री जनार्दन शर्माले करको दरमा हेरेफेर गरेको आरोप लागेको थियो । सो विषयलाई लिएर अर्थमन्त्री शर्माको राजीनामासमेत माग हुँदै आएको छ । अर्थमन्त्री शर्माले भने आरोपको खण्डन गर्दै आएका छन् ।  सूचनाको हकको...

अर्थ मन्त्रालयले भन्यो- बजेटका बेलाको सीसीटीभी फुटेज मेटियो (पत्रसहित)

अर्थ मन्त्रालयले बजेटभन्दा अघिल्लो दिन (जेठ १४) गते रातिको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले बाहिरिया व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई ती व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको आरोप लागेका बेला मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको भन्दै पन्छिएको छ ।