दिनभर आज: बजेटभन्दा अघिल्लो दिनको सीसीटीभी फुटेज मेटियो, आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ– आज दिनभर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मेटिएको विषय, आईजीपी नियुक्तिविरुद्ध मुद्दा आज पनि हेर्दाहेर्दैमा, कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक लगायतका समाचार चर्चामा रहे । यी हुन् आज दिनभरका शीर्ष समाचारहरूः बजेटभन्दा अघिल्लो दिनको सीसीटीभी फुटेज मेटियोः अर्थ मन्त्रालय अर्थ मन्त्रालयले बजेटभन्दा अघिल्लो दिन (जेठ १४) गते रातिको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । […]

सम्बन्धित सामग्री

सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको छ । गृहसचि वस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन दिएको हो । मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ […]

सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयले दियो निर्देशन

काठमाडौं : गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र सबै निकायहरुलाई निर्देशन दिएको छ। गृहसचिव स्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलवार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो। मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सुरक्षित रहने…

संसदीय विशेष समितिले मगायो सिंहदरबार छिर्ने ‘गेट’को सीसीटीभी फुटेज

अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले सिंहदरबार गेटको सीसीटीभी फुटेज मगाएको छ । आज बसेको समितिको बैठकले सिंहदरबार छिर्ने दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाएको हो ।समितिका सचिव सुरेन्द्र अर्यालले आज बसेको बैठकले सिंहदरबार छिर्ने दुई वटा गेटको सीसीटीभी फुटेज उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको हो । समितिले बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते रातीदेखि १५ गते बिहानसम्मको फुटेज माग गरेको उनको भनाइ छ ।अर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा जे

सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याबमा पठाउने समितिको निर्णय

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ। मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सीसीटीभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल…

‘न सीसीटीभी फुटेज भेटियो, न कसैले मुख खोले’

१ साउन, काठमाडौं । करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मगायो । बजेट निर्माणमा संलग्न अधिकारीहरुलाई बोलाएर बयान पनि लियो । तर अहिलेसम्म न खोजेको सीसीटीभी फुटेज भेटेको छ, न बयान दिनेहरुले अनधिकृत व्यक्तिको संलग्नता स्वीकार गरेका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटका क्रममा […]

सीसीटीभी फुटेज 'डिलिट' प्रकरण : ‘बदमासी लुकाउन अर्काे बदमासी’– प्रदीप ज्ञवाली

काठमाण्डाै – बजेट बनाउने बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थ मन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाउनुभएको छ । उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटीभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दाबी छ ।  आज सोमवार संसद् भवन परिसरमा पत्रकारहरूमाझ उहाँले याे घटनाको सीसीटीभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैँले पुष्टि गरेको जिकिरसमेत गर्नुभ...

अर्थ मन्त्रालयमा राति छिरेका विचौलिया लुकाउन सीसीटीभी फुटेज गायब

काठमाडौं, १९ असार । सरकारले काठमाडौं उपत्यकाका चोकहरुमा सीसीटीभी जडान गरेको छ । मुख्य चोकहरुमा जडान गरेको सीसीटीभी फुटेज सडक दुर्घटना वा अन्य गम्भीर प्रकृतिको घटनाको अनुसन्धानमा प्रयोग हुन्छ । तर, पहुँचवालाको हितमा मात्र त्यस्ता सीसीटीभी फुटेज प्रयोग हुन्छन् । कोटेश्वर, बानेश्वर, थापाथलीलगायतका क्षेत्रमा सडक दुर्घटना भइहालेमा ट्राफिक प्रहरीले पहुँचवालाका लागि कहिलेकाही सीसीटीभी फुटेज नै […]

सीसीटीभी फुटेज खै ? मेटियो !

१९ असार, काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज सुरक्षित नरहेको बताएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै आएको थियो । अर्थमन्त्री शर्माले एमालेको आरोपको खण्डन गरे पनि सीसीटीभी फुटेजबारे भने मन्त्रालय बोलेको थिएन । […]

१४ गते रातिको सीसीटीभी फुटेज झिकाउन एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‍मा १४ गते रातिको सीसीटीभी फुटेज झिकाउन सभामुखलाई आग्रह गरेको छ। करका दर परिवर्तन गर्ने जस्तो महत्त्वपूर्ण निर्णयमा अर्थमन्त्रीले गैर–व्यक्तिलाई लगाएर राष्ट्रमाथि नै गद्दारी गरेको भन्दै सो रातको वास्तविकता दिने सीसीटीभी फुटेज झिकाउन प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसँग आग्रह गरेका हुन् ।यसअघि, अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि लागेको आरोप प्रतिनिधिसभामा रोष्टमबाट पुनः खण्डन गरेका थिए । बजेट तयारीको सन्दर्भ