काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा सोमवार हुँदै छ ।
सभा बैंकको प्रधान कार्यालय आदर्शनगर वीरगञ्ज पर्सामा बिहान ७ः१५ बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो । सभाले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्तावउपर छलफल हुनेछ ।
त्यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदनउपर छलफलका साथै चालू आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि पनि हुनेछ ।
त्यस्तै सभाले यो बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभिने वा एक्विजिशनसम्बन्धी उपयुक्त प्रस्ताव आएमा सोसम्बन्धी सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावबारे पनि छलफल हुनेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १० गते बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन ८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।