असार ४, काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको १३ औं वार्षिक साधारण सभा असार २५ गते हुने भएको छ ।
कम्पनीले सभा बिहान ७ : ३५ बजे बैंकको प्रधान कार्यालय आदर्शनगर बीरगञ्जमा हुने जानकारी दिएको छ ।कम्पनीले कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
साथै आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले कर्पोरेट डेभलपमेण्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।