पुस ११, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले १४ औं वार्षिक साधारण सभा पुस ३० गते बोलाएको छ ।
कम्पनीले सभा होटेल भिश्वा वीरगञ्ज, पर्सामा बेलुका ५ : ४५ बजेबाट शुरु हुने जानकारी दिएको छ ।सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।