काठमाडौं–५ मा एमालेसहित विभिन्न दलका ५० भन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं- निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टी प्रवेशले तिव्रता पाएको छ । मंसिर ४ को निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं क्षेत्र नं ५ मा एमालेसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधवार टोखा नगरपालिकाका विभिन्न वडाबाट एमालेसहित अन्य राजनीतिक दलबाट ५० भन्दा बढी नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् । […]