सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा आजदेखि शुरु भएको छ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा गर्नुभयो । अपराह्न ४ बजे तोकिएको बैठक ४ः१५ बजे प्रारम्भ भएको थियो ।