संसद् अधिवेशन अन्त्य गर्न सिफारिस !

काठमाण्डाै – सरकारले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रवार मध्यरातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।गएको भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको नवौँ अधिवेशनको १३ वटा बैठक नेकपा एमालेले अवरोध गरेको थियो । आज पनि एमालेको अवरोधकै बीच चलेको बैठकले केही प्रस्ताव पारित गर्दै अर्को बैठक कात्तिक २९ गतेका लागि बोलाएको थियो । 

सम्बन्धित सामग्री

संसद्‌ अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ । सरकारले मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको जानकारी दिए । उनले भने, ‘सबै दलहरू गाउँ केन्द्रित भएका छन् । सांसदहरू पनि चुनावी प्रचारमा खटिन्छन् । त्यसैले तत्काललाई […]

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले चालु संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो। भदौ २३...

संसद् अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं : सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यको सिफारिस गरेको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छलफल अघि नबढ्दै अधिवेशन अन्त्य गरिएको हो। संसद् अधिवेशन अन्त्य भएसँगै थुप्रै विधेयक अलपत्र परेका छन्। संसद्को यो अधिवेशनले एमसिसी सम्झौता पारित गरेको थियो।

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसदको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीका अनुसार आज राती १२ बजेबाट लागू हुनेगरी संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद बैठकले सिफारिस गरेको हो । […] The post संसद अधिवेशन अन्त्य गर्न सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। एक मन्त्रीका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। चालु संसद अधिवेशनमा प्रमुख प्रतिपक्षी दल...

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

काठमाडौं : सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। सोमवार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो। अधिवेशन अन्त्य गरेको सिफारिस राष्ट्रपति कार्यालयमा पुगेको राष्ट्रपति कार्यालयको स्रोतले बताएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने कानुनी व्यवस्था रहेको छ। चालु अधिवेशन बिजनेशविहीन भएपछि…

संसदको विशेष अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं। आजको संसद बैठक सकिने वित्तिकै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न सकेनन्।

लुम्बिनी सरकारद्वारा प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि विशेष अधिवेशन आवश्यक नरहेकाले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले देखापढीलाई बताए। उनले भने, "एमालेको एकल बहुमतको सरकार बन्ने भएकाले विशेष अधिवेशनको औचित्य नभएकाले सिफारिस गरेका हौं।" आज बिहान मुख्यमन्त्रीले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजीनामा दिएका थिए।

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाण्डाै - प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । बिहान बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । भोलिका लागि बैठक बोलाइएकै अवस्थामा सरकारले बैठक स्थगितको सिफारिस गर्ने निर्णय गरेको हो। जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। सरक...

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सरकारद्वारा राष्ट्रपतिलाई सिफारिस

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो । प्रधानमन्त्री निवासमा आजै बसेको मन्त्रिपरिषद्...