भट्ट फाँटका कुमालकाे ड्रागन फल खेती

गण्डकी । एक दशकअघिसम्म लटरम्म भट्ट फल्ने भएकाले गोरखाको पालुङटार नगरपालिका– ७ च्याङ्ली भट्ट फाँटका रुपमा परिचित थियो । समयक्रमसँगै कृषिप्रतिको अनिइच्छाका कारण यतिखेर यो गाउँमा अहिले पहिलेको जस्तो भट्ट पाइँदैन । च्याङ्लीको कालो भट्टको बजारमा राम्रो माग भए पनि अहिले उक्त भट्ट नै लोपोन्मुख अवस्थामा पुगेको छ । त्यही भट्ट फाँटमा युवा केबी कुमालले […] The post भट्ट फाँटका कुमालकाे ड्रागन फल खेती appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै

कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै बेलबारी९मोरङ०, १८ असारः ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरुको सङ्ख्या पनि बढेको छ ।

कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै

कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै बेलबारी९मोरङ०, १८ असारः ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरुको सङ्ख्या पनि बढेको छ ।

मूल्य पाएपछि ड्रागन खेतीमा आकर्षण

दाङ– जिल्लामा ड्रागन फलको खेती गर्नेको संख्या बढदै गएको छ । व्यावसायिक तथा घरका लागि पनि खेती गर्न थालेका छन् । व्यावसायिक खेती गरेका किसानले राम्रो आम्दानी लिने गरेको बताउँछन् । जिल्लामा नयाँ प्रजातिको फलका रूपमा रहेको ड्रागन फल अन्य फलफूलको तुलनामा महंँगोमा बिक्री हुने गरेका कारण राम्रो आम्दानी हुने गरेको घोराही उपमहानगरपालिका–१८ को अखबरेमा […]

पर्वतमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरू

पर्वत । पर्वतमा पहिलोपटक ड्रागन फ्रुटको व्यावसायिक खेती शुरू गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–९ का कृषक डिल्लीप्रसाद लामिछानेले व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेतीको शुरू गरेका हुन् । लामिछानेले ड्रागन फ्रुटका १२ सय बिरुवा रोपेका छन् । पर्वतमा धेरैका लागि ड्रागन फ्रुट नौलो फल मानिन्छ । केही समयपछि बिरुवा थप गर्ने लामिछानेले बताए । ‘हामीसँग १३ रोपनी जग्गा छ, २०० पिलर थपेर ८०० बिरुवा लगाउने योजना छ,’ उनले भने, ‘अरू बाँकी जमीनमा घाँस र केराखेती गर्नेछौं ।’ लामिछाने कटुवाचौपारी स्वास्थ्य चौकीका कार्यालय सहयोगी समेत हुन् । ड्रागन फ्रुटको खेतीसँगै उनले पशुपालन समेत गर्दै आएका छन् । बिहान उठेर दूध लिएर सदरमुकाम कुश्मा धाउने र फर्केर बचेको समय ड्रागन फ्रुटको स्याहारमा लाग्ने उनको दिनचर्या बनेको छ । आर्थिक स्थिति सुधार गर्न जागीरले मात्र सम्भव नहुने भएरै ड्रागन फ्रुटको खेती गर्न लागेको उनले बताए । फल उत्पादन भएपछि पर्वतमा विक्री गर्न चुनौती भए पनि अन्य शहरबजारमा सहजै विक्री गर्न सकिने विश्वास उनको छ । पर्याप्त घाम लाग्ने र समुद्री सतहबाट १५ सय मिटर उचाइका ठाउँमा यस फलको खेती गर्न सकिन्छ । पानी नजम्ने ठाउँ यसका लागि उपयुक्त हुने कृषिविज्ञ बताउँछन् । रोपेको २ वर्षपछि ड्रागन फल उत्पादन हुन्छ । यसको फल १५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । पछिल्लो समय यस फललाई गमला, छत र करेसाबारीमा समेत खेती गर्न थालिएको छ ।

ड्रागन खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका-८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताए । सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन् । दश वर्षअघिबाट व्यावसायिक खेती थालेका उनले एक हजार पाँच सय […]

‘व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल’

तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्दैछन् । गत वर्ष लगाएको बिरुवा ले एक वर्षमा नै राम्रो उत्पादन दिएको छ ।        हेर्दा बोट हरियाली, उत्पादित फल स्वादिलो र आम्दानी पनि राम्रो भएपछि यसमा धेरै किसानको आकर्षण बढेको छ । उनले भने, “पहिलो वर्षमा नै राम्रो फल लाग्यो, स्याहारसुसार संरक्षणमा धेरै ध्यान दिनुपर्ने रहेछ, बजारमा यसको माग राम्रो देखेर नयाँ खेती थालनी गरेको

आँखा अस्पतालबाट बचेको समय ड्रागन फ्रुट खेतीमा

भैरहवा- रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ का प्रतीक पाण्डे ड्रागन फल (फ्रुट) को खेतीमा रमाइरहेका छन् । भैरहवास्थित लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालमा सूचना अधिकारीको रूपमा कार्यरत पाण्डे कार्यालय अघि-पछि र बिदाको दिन ड्रागन खेतीमै व्यस्त हुन्छन् । उनले अतिरिक्त आम्दानीको स्रोत ड्रागन खेतीलाई बनाएका छन् । पाण्डेले एक कठ्ठा जग्गामा ड्रागन खेती गरिरहेका छन् । […]

धनकुटामा ड्रागन फलको खेतीमा आकर्षण बढ्दै

धनकुटा : धनकुटामा पछिल्लो समय फलफूलको खेती गर्ने क्रम बढ्दो छ। एभोकाडो, किवी फलसँगै ड्रागन फल पनि भित्रिएको छ।साँगुरीगढी गाउँपालिका-१ सिम्लेटोलका रामप्रसाद लिम्बू २०५७ सालमा रोजगारीका लागि साउदी अरब पुगे। मासिक ३०० रियल तलब पाएका लिम्बूले चार वर्ष त्यहाँ बस्दा पनि जाँदा लागेको ऋण तिर्न सकेनन्। त्यसपछि राम्रो कमाइ खोज्दै कतार पनि पुगे। तर, त्यहाँ पनि उस्तै अवस्था रहेपछि २०६६ सालमा नेपाल फर्केर काठमाडौंमा मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्ने तयारी गरे। तर‚ बुवा बिरामी भएपछि उनी गाउँ फर्कि