मूल्य पाएपछि ड्रागन खेतीमा आकर्षण

दाङ– जिल्लामा ड्रागन फलको खेती गर्नेको संख्या बढदै गएको छ । व्यावसायिक तथा घरका लागि पनि खेती गर्न थालेका छन् । व्यावसायिक खेती गरेका किसानले राम्रो आम्दानी लिने गरेको बताउँछन् । जिल्लामा नयाँ प्रजातिको फलका रूपमा रहेको ड्रागन फल अन्य फलफूलको तुलनामा महंँगोमा बिक्री हुने गरेका कारण राम्रो आम्दानी हुने गरेको घोराही उपमहानगरपालिका–१८ को अखबरेमा […]

सम्बन्धित सामग्री

गुल्मीमा ड्रागन खेतीमा आकर्षण

गुल्मीमा ड्रागन खेतीमा आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणको रूपमा ड्रागन खेती सुरु गरेका यस जिल्लाका केही किसानहरूले अहिले व्यावसायिक रूपमा ड्रागन खेती गर्न थालेका छन् ।

चुलाचुली–२ का वडा सदस्यको दिनचर्या : बिहान बेलुका कृषिमा, दिउँसो जनताको काममा

फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त हुन्छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन् ।  दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उनी बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिन्छन् । उनले छथरे टोलमा ६ कट्ठा जमिनमा विगत ४ वर्षदेखि ड्रागन फल खेती गरिरहेका छन् । जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रूपमा आफूलाई समर्पित गराउँदै आएका छन् ।  चुलाचुलीमा नै पहिलोपटक व्यावसायिक ड्रागनखेती शुरु गरेका लिम्बूको ड्रागन बगान हेरिरहुँलाग्दो छ । उनको ड्रागन बगानमा अहिले सेतो र रातो गरी दुई प्रजातिका दुई सय खम्बामा चार सयवटा ड्रागन फलका बोट छन् । सबै बोटले उत्पादनसमेत दिन थालेका छन् ।  उनले ‘छथरे ड्रागन फल कृषि फार्म’ दर्ता गरी रु दुई लाखको लगानीमा ड्रागन फलको खेती शुरु गरेका हुन् । उनलाई उत्पादन नहुँदासम्म भने फाइदा हुँदैनजस्तो लागेको थियो । बजारको समेत समस्या हुने हो कि भन्ने चिन्ता थियो । तर, अहिले उत्पादन राम्रो हुनाका साथै घरबाटै विक्री हुन थालेपछि उनी हर्षित छन् । उनले फलका अतिरिक्त बिरुवा उत्पादनको कामसमेत गर्दै आइरहेका छन् । उनले यो वर्ष मात्र रु दुई लाख १० हजार आम्दानी गरेका छन् । फल विक्री गरेर रु एक लाख ३० हजार र बिरुवा विक्री गरेर रु ८० हजार आम्दानी गरेको उनले बताए ।   ‘जनताको काम गरेर उब्रेको समय ड्रागन खेतीमा नै बिताउने गरेको छु । आम्दानीसमेत राम्रै हुँदो रहेछ,’ लिम्बूले भने, ‘वार्षिक रूपमा रु दुई लाखभन्दा बढी आम्दानी हुने रहेछ । यसैले नानीहरू पढाउन र घरखर्च चलाउन मज्जाले पुगेको छ ।’  उनले परम्परागत खेतीलाई विस्थापन गर्दै नयाँ प्रजतिको खेती गर्न एकैपटक चार सय बिरुवा रोपेका थिए । उनले पैसा कमाउन विदेश जानैपर्ने बाध्यता नरहेको बताए । ‘युवामा पैसा कमाउनकै लागि विदेश जानु पर्दैन । आफै लगानी गरेर गाउँमै स्वरोजगार बन्न सकिन्छ । यही सन्देश दिन मैले व्यावसायिक ड्रागन खेती शुरु गरेको हुँ,’ उनले भने ।  लिम्बूले उत्पादन गरेको ड्रागन फल नजिकै झापाको दमक बजारमा नै विक्री गरेको छ । सरदरमा प्रतिकेजी रु चार सयदेखि पाँच सयमा विक्री हुने उनले बताए । बिरुवा भने स्थानीय स्तरमा नै विक्री हुने गरेको छ । बिरुवा पनि प्रतिगोटा रु दुई सय ५० सम्ममा विक्री हुने गर्दछ । लिम्बू २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।  ड्रागन फुड फूल फुलेको ३०औं दिनमा फल पाकेर खानका लागि योग्य हुन्छ । टिपेर राख्दा १०÷१५ दिनसम्म नबिग्रिने हुन्छ । गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रूपमा फल दिने ड्रागन फल वर्षमा चार लटसम्म फल्ने गर्दछ । यस फलमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । ड्रागन फ्रुड रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ ।  जग्गामा ड्राङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फुड पूर्वी नेपालमा नौलो फल हो । यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरू बिरुवाको वृद्धि विकास गर्न सकिन्छ । एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेती तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूको भनाइ छ ।  ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ । यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालमा यो फललाई सिँचाइ सुविधा भएको ठाउँ तराई, भित्री मधेस र मध्य पहाडी क्षेत्रमा खेती गर्न सकिने विज्ञहरूको निष्कर्ष छ । रासस

घरको छतमा ड्रागन खेती

काठमाडौँ,१६ कार्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् । “तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती […]

घरको छतमा ड्रागन खेती

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् ।“तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती गर्ने योजना बनाएँ”, उनले भने, “तीन÷चार महिना यसबारेमा अध्ययन गरेपछि घरको छतमै ड्रागनको बोट रोपेको थिए ।” यो खेती अहिले परिवारको जीविकोपार्जन गर्

आँखा अस्पतालबाट बचेको समय ड्रागन फ्रुट खेतीमा

भैरहवा- रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ का प्रतीक पाण्डे ड्रागन फल (फ्रुट) को खेतीमा रमाइरहेका छन् । भैरहवास्थित लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालमा सूचना अधिकारीको रूपमा कार्यरत पाण्डे कार्यालय अघि-पछि र बिदाको दिन ड्रागन खेतीमै व्यस्त हुन्छन् । उनले अतिरिक्त आम्दानीको स्रोत ड्रागन खेतीलाई बनाएका छन् । पाण्डेले एक कठ्ठा जग्गामा ड्रागन खेती गरिरहेका छन् । […]

युट्युब हेरेर ड्रागन खेती, छैन बजारको चिन्ता

काठमाडौँ– पछिल्लो समय ड्रागन फलको बढ्दो बजार माग धान्न व्यवसायीहरुलाई मुस्किल भएको छ। केही समयअघिसम्म अधिकांशलाई थाहा नभएको ड्रागन फलको अहिले बजारमा उच्च माग आउन थालेको हो। बढ्दो बजार मागका कारण ड्रागन फलको व्यवसायिक सम्भावना पनि त्यत्तिकै बढेको छ। यतिबेला कञ्चनपुरका गोकर्णबहादुर वली ड्रागन खेतीमा नै रमाउन थालेका छन्। देशका मुख्य शहरमा यसको माग पछिल्लो […]

चितवनका किसानको ड्रागन फ्रुट खेतीमा आकर्षण

भदौ २८, चितवन । केरा, पोल्ट्री, मौरी, तरकारीको पकेट क्षेत्र चितवनमा पछिल्लो समय ड्रागन फ्रुट खेतीमा आकर्षण बढ्दै गइरहेको छ ।  साना किसानदेखि जिल्लाका अन्य व्यवसायीहरुले पनि ड्रागन फ्रुट खेती शुरु गर्न थालेका छन् । कोरोना प्रभावका अधिकांश उद्योग व्यवसायमा असर परेको बेला विकल्पको रुपमा उनीहरु कृषि व्यावसायतर्फ हात हालेका हुन् ।  विगत ३ वर्ष यता चितवनमा करीब २५ बिघा जमिनमा व्यावसायिक रुपमा ड्रागन खेती शुरु भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । वाग्मती प्रदेश कृषि विकास मन्त्रालयका प्रवक्ता राजन ढकालले मन्त्रालयले चितवनका लागि विशेष प्राथमिकतामा राखेर ड्रागन खेती विस्तारका लागि काम शुरु गरेको बताए ।  उनका अनुसार समूहका रुपमा १६ बिघा क्षेत्रमा ड्रागन फ्रुट खेती विस्तार भएको र अन्य व्यक्तिगत तर्फबाट साना किसानले पनि ८÷१० बिघामा खेती गरिसकेका छन् । वर्षेनी ड्रागन फ्रुट खेती गर्ने किसानको संख्या बढ्दै गएको ढकालले बताए ।  शैक्षिक उद्यमी शम्भु सुवेदी र उनको समूहले भरतपुर गौरीगञ्जमा सत्सबेदा साईन्स एण्ड एग्रिकल्चर फर्म हाउस दर्ता गरेर २ वर्षदेखि डेढ बिघा जमिनमा ५ हजार बिरुवा रोपेर यो खेती गरेका छन् । कृषि ज्ञान केन्द्रको ड्रागन पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यो खेती शुरु गरेको उनले जानकारी दिए । हालसम्म ४० लाख रुपैयाँ लगानी भइसकेको सुबेदीको भनाइ छ ।  यो खेती स्वास्थ्यका दृष्टिकोणले धेरै फलदायी र एक पटक रोपेपछी २० वर्षसम्म फल लिन पाइने भएकाले यसबाट राम्रो लाभ लिन सकिने भएकोले यस खेतीतर्फ आफ्नो आकर्षण बढेको सुबेदीको भनाइ छ । हाल यसको बजार मूल्य प्रतिकेजी ६०० देखि ८०० सम्म रहेको बताइन्छ । यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर २६ दिब्यनगरमा दुई दाजुभाइ पदमबहादुर गुरूङ र ताइबहादुर गुरूङले ५० लाख लगानीमा गंगाश्री बहुउद्देश्यीय कृषि फर्म खोलेर एक बिघा बढी जमिनमा ड्रागन फ्रुट खेती गरेका छन् । विदेशको रोजगारीबाट फर्केर यस खेतीको सम्भावना बढी भएकोले ड्रागन खेती थालेको उनीहरुको भनाइ छ । अन्य किसानले पनि सिको र परीक्षणको लागि पनि आफ्नो घर करेसाबारीमा समेत ड्रागन फ्रुट खेती शुरु गरेको देख्न सकिन्छ । भरतपुर महानगर २१ पार्वतीपुरका किसान नारायण प्रसाद सोतीले ५ कठ्ठा क्षेत्रफलमा आफ्नो करेसा बारीमा ड्रागन फ्रुट खेती गरेको बताए ।  खाली खेर गएको जमिन पनि सदुपयोग हुने र ड्रागनको बिचमा अन्तर बालि पनि लगाउन मिल्ने भएकाले आफूले परीक्षणका रुपमा यस पटक ड्रागन खेतीको बिरुवासँगै धानखेती गरेकोे उनले बताए । चितवनमा ड्रागन फ्रुटको लागि उपयुक्त हावापानी र माटो रहेको र यसको माग र प्रतिफल पनि उच्च रहेकोले आफूहरु यस खेतीतर्फ आकर्षित भएको किसानहरुको भनाइ छ ।  ड्रागन अहिलेसम्म परीक्षणकै रुपमा रहेको नयाँ खेती भएको र किसानहरुले आफैले विभिन्न तरिकाहरु गरेर परीक्षण समेत गर्दै आएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता ढकाल बताउँछन्  ।  यो खेतीका लागि पानी नजम्ने बलौटे प्रकारको माटो चाहिने र चितवनको माटोमा यो खेती राम्रो हुने देखिएकाले आफूहरुले किसानलाई अनुदान प्रदान गरेर यहाका फार्मलाई नमूना र मोडल फार्मका रुपमा विकास गर्न लागेको ढकालले बताए ।

पूर्व सैनिकको अवकाश कर्म, पैसा फलाउन ड्रागन फ्रुट

जागिरे जीवन पछि पेन्सनको समयमा धेरै जसोले समय खेर फालिरहेका हुन्छन् तर तनहुँका एक व्यात्तिले खेर गएको टायर माथि पैसा फलाउने सपना बोकेर काम गरिरहनु भएको छ । व्यास नगरपालिका–११ धरमपानीका ५४ वर्षिय हिमलाल श्रेष्ठले १५ महिना अघि देखि ड्रागन खेतीमा पसिना बगाउन थाल्नु भएको छ । भारतीय सेनाका पूर्व सैनिक श्रेष्ठले सोही ठाउँका देवेन्द्र क्षत्रीसँग मिलेर बाँझो रहेको जमिनमा ड्रागन खेती गर्नु भएको छ ।

ड्रागन खेती : बजार खोज्दै कृषक

पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । खेतीमा जोड दिएपनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको अभाव भएको छ ।