हेटौँडा । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तरगत हेटौँडामा मतदान सुरु भएको छ । चार सदस्यका लागि बिहान ९ बजेबाट हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजे सकिने र लगत्तै मतगणना सुरु गरिने आजै साँझसम्म नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । […]