राष्ट्रियसभा निर्वाचन : मतदान सम्पन्न, गणनाको तयारी

काठमाडौँ । राष्ट्रिय सभाका १९ सिटका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले सात वटै प्रदेशमा राष्ट्रिय सभाका लागि मतदान सम्पन्न भएको जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २ हजार ७ मतदाता मतदानमा सहभागी भएको जानकारी दिएका छन् । सातै प्रदेश सदरमुकाममा रहेका मतदान केन्द्रहरूमा मतदान कार्य उत्साहजनक र […]

सम्बन्धित सामग्री

बागमतीमा भोट हाल्न आएका सांसद र प्रमुख-उपप्रमुखलाई ‘ग्रिन कार्पेट’

हेटौंडा । आज देशको सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचन समपन्न भएर परिणाम पनि सार्वजनिक भइसकेको छ । सातै प्रदेशमा जस्तै बागमती प्रदेशको हेटौंडामा पनि मतदान सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचनमा सत्तारुढ गठवन्धनका चारैजना उम्मेद्वार विजयी भएका छन् । बिहान ९ बाट हेटौँडा–४ मा रहेको भुटनदेवि माध्यामिक विद्यालयमा मतदान सुरु भएको थियो । तर […]

कर्णालीमा शतप्रतिशत मतदान, ४ बजेबाट मतगणना

११ माघ, सुर्खेत । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदानमा शतप्रतिसत मत खसेको सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले जानकारी दिए । ‘मतदान सम्पन्न भएको छ । मत पनि …

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा तीन मतदाता अनुपस्थित

प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार मतदानमा दुई जना स्थानीय तहका प्रतिनिधि र एक जना प्रदेश सांसद अनुपस्थित भएका छन् ।उनका अनुसार स्थानीय तहतर्फ २७० र प्रदेशसभा सदस्य तर्फ ९१ मत खसेको छ । झापाको गौरीगन्ज गाउँपालिका प्रमुख बाबुराम श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की अनुपस्थित भएका हुन् ।यस्तै, किर्ते कागजात मुद्दामा उच्च अदालतले दोषी ठहर गरेपछि फरार रहेकी प्रदेशसभा सदस्य गुलेफुन खातुन पनि मतदानमा अनुपस्थित रहिन्

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान सम्पन्न, १८९ मत खस्यो

राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । कुल १९१ मतदातामध्ये १८९ जना मतदानमा सहभागी भएको निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।मतदानमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जना सहभागी भएको उनले जनाए । उनका अनुसार आजै ४ बजेबाट मतगणना सुरू गरेर साँझ ७ बजेसम्म नतिजा सार्वजनिक हुनेछ ।कर्णाली प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यमा तीन सीटका लागि निर्वाचन भएको हो । तीन सदस्यका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेका

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा ६ मतदाता अनुपस्थित

जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेस प्रदेशमा मतदान सम्पन्न भएको छ । निर्वाचन अधिकृत पुष्पा झाका अनुसार बुधबार भएको निर्वाचनमा ६ मतदाता अनुपस्थित रहे । ३६६ जनाले मतदान गरे । यहाँ कुल मतदाता संख्या ३७२ रहेको छ । मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सिटका लागि निर्वाचन भएको हो । बिहान साढे १० बजेदेखि...