कैलालीमा एक बालक मृत फेला

धनगढी। कैलालीमा एक बालक मृत भेटिएका छन्। जिल्लाको भजनी नगरपालिका–७ पृथ्वीपुरका पवन लोनीयाका डेढ बर्षीय छोरा देवान्स लोनीया मृत भेटिएका हुन्। आफ्नै घर आँगनको छेउमा रहेको पानीले भरिएको खाल्टोमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस विषयमा इलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

सम्बन्धित सामग्री

चार हप्तादेखि बेपत्ता बालक मृत फेला

बैतडी : चार हप्तादेखि बेपत्ता बैतडीका एक बालक मृत फेला परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–०४ कनिना डङाका  १४ वर्षीय रमेश भट्ट मृत  भेटिएका हुन्।रमेश पञ्चेश्वर गाउँपालिका–०३ मड्वल्या खोलाको खानेपानी ट्याङ्की नजिक झाडीमा रमेशको शव  भेटिएको आफन्त वीरेन्द्र भट्टले जानकारी दिए।  खानेपानी लाइन बनाउन गएका  स्थानीयले  उनको शव देखेका हुन्। शव सडेको अवस्थामा फेला परेको  भट्टले बताए। रमेशको टाउको र शरीरको भाग छुट्ट

कन्द्रा नदीमा पाँच वर्षीय बालक मृत फेला

धनगढी– कैलालीमा पाँच वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । भजनी नगरपालिका–९ आमबारीका गंगाराम चौधरीको पाँच वर्षीय छोरा जिराज चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ । कन्द्रा नदीमा उनी शनिबार मृत अवस्थामा फेला परेका थिए ।

हेटौँडाको कर्रा खोलामा बेपत्ता तीन बालक मृत फेला

हेटौँडा उपमहानगरपालिकास्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका स्थानीय तीन जना बालक मृत अवस्थामा फेला परेका छन् ।

बेपत्ता दुई बालक मृत फेला

खोलामा नुहाउने क्रममा बेपत्ता भएका दुई जना बालकको शव भेटिएको छ । बाँसगढी नगरपालिका माछागढका ९ वर्षीय विकल्प विक र सोही स्थानका ७ वर्षीय रोशन खत्रीको शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।स्थानीय ग्यांन नदीमा नुहाउन गएका ती दुवै जना बालक बिहीबार रातिसम्म घर नआएपछि इलाका प्रहरी कार्यालय मोतिपुरमा खबर गरिएको थियो । हराएका दुवै जना बालकको शव सोहि खोलाको किनारमा शुक्रबार बिहान फेला परेको हो । घरबाट समेत थाहा नदिएर गएका दुवै जना बालक सो खोलामा पौडि खेल्ने क्रममा डुबेको

पाल्पामा बालक मृत फेला

गत चैत ३० गतेदेखि घरबाट हराएका घिमिरेलाई आफ्न्तले खोजतलास गर्दै जाँदा घर नजिकैको खोलामा रहेको पानीमा डुबेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

डोटीमा बालक मृत फेला

जोरायल गाउँपालिका– १ गोगनपानीमा एक बालक मृत अवस्थामा फेला परेका छन् । विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । यही माघ २३ गते राति बिहेमा गएका नाथ आज गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए ।बालक मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले अहिले अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमा

सत्र दिनदेखि बेपत्ता बालक मृत फेला

विगत १७ दिनदेखि बेपत्ता भएको एक बालक मृत अवस्थामा फेला परेका छन् । गत मङ्सिर २४ गते घरबाट गोरु चराउन घरबाट निस्किएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मङ्गलबार साँझ मृत भेटिएका हुन् ।पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीकाअनुसार मङ्सिर २४ गते  दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएका बालक सोही दिन बेलुका गोरु फर्किएको र उनी नफर्किएपछि गाउँलेहरूले खोजी सुरु गरेका थिए । फेला नपरेपछि डिमुवा प्रहरी कार्यालयमा २७ मङ्सिरमा खबर गरेका थिए । प्रहरी नायब

३ दिनदेखि हराएका बालक मृत फेला

३ दिनदेखि हराएका मोरङको बुढीगंगा गाउँपालिका–५ हात्तीमुडाका बालक मृत अवस्थामा फेला परेका छन् ।  स्थानीय उपेन्द्र रायका १४ वर्षीय छोरा निश्चल रायको शव बुधवार बिहान घरदेखि पूर्वपट्टीको सिंघीया खोलामा फेला परेको हो । निश्चल कात्तिक २२ गतेदेखि हराएका थिए । ३ दिनदेखि हराएका निश्चलको शव घरदेखि करीब १ किलोमिटर पूर्वमा रहेको सिंघीया खोला छेउमा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।  बालकको शव कपडा खोलेको अवस्थामा फेला परेको प्रहरीको भनाइ रहेको छ । घटनाको थप अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ...

४ वर्षीय बालक मृत फेला

दाङमा एक ४ वर्षीय नाबालक बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका-२ साईपुरस्थित साईपुर सिचाई नहरमा सोही ठाउँ बस्ने कमला पुनको छोरा ४ वर्षीय विशाल पुन मृत अवस्थामा फेला परेका हुन् ।यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए  ।