दाङमा एक ४ वर्षीय नाबालक बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका-२ साईपुरस्थित साईपुर सिचाई नहरमा सोही ठाउँ बस्ने कमला पुनको छोरा ४ वर्षीय विशाल पुन मृत अवस्थामा फेला परेका हुन् ।यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।