खोटाङ– खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको पाँच वर्षपछि गाउँपालिकाको आफ्नै भवन निर्माण सुरु गरिएको हो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण हुने भवन सोमबार गाउँपालिका अध्यक्ष रविप्रकाश राईले शिलान्यास गरेका छन् । आफ्नै भवन नहुँदा हाल साकेला गाउँपालिका-४ मात्तिम मानेभञ्ज्याङस्थित साबिकको इलाका […]