मकवानपुरमा एकै दिन चार स्वास्थ्य संस्थाको भवन शिलान्यास

मकवानपुरमा मंगलबार एक एकैदिन चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिएको छ। विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षति भएका स्वास्थ्य संस्थाका भवनमध्ये जिल्लाको चारवटा स्थानीय तहका स्वास्थ्यचौकी भवन पुनर्निर्माण गर्न लागिएको हो।

सम्बन्धित सामग्री

मध्यबिन्दुमा अस्पताल भवन शिलान्यास

काठमाडौँ,२३ मँसिर । पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल भवन निर्माण सुरु भएको छ । अस्पताल भवनको आज मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले शिलान्यास गर्नुभयो । यसअघि मध्यबिन्दु–७ मा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरिएको थियो । नगर अस्पताल सञ्चालनको लागि सुविधा सम्पन्न भवन निर्माणको लागि ठेक्का सम्झौता […]

पनौती ७ मा स्वास्थ्य चौकीको भवन शिलान्यास

काभ्रे ।  पनौती नगरपालिका वडा नम्बर ७ मा हाल रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १० शैया अस्पतालको पूर्वाधार निर्माणका लागि भवन निर्माणको कार्य प्रारम्भ गरेको छ । प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री चन्द्र लामाले २ करोड लागतमा निर्माण हुने भवनको शिलान्यास गर्नु भएको छ ।  ‘१ करोड ९९ लाख ५८ हजार ९ सय ९८ […]

सवा करोड बढीको लागतमा बर्थिङ सेन्टरसहित स्वास्थ्य चौकी भवन शिलान्यास

कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य तथा मेयर केशव कुमार श्रेष्ठले भवन निर्माण स्थलमा पुजापाठ गरी ५ वटा ढुंगा राखेर भवनको शिलान्यास गरेका हुन्।...

१४ करोड अनुमानित लागतमा भरतपुर आँखा अस्पतालको नयाँ भवन शिलान्यास

फागुन ३, चितवन । भरतपुर आँखा अस्पतालको नयाँ भवनको शिलान्यास गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण प्रक्रिया थालिएको बताइएको छ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले सोमवार भवनको शिलान्यास गरेकी हुन् । अस्पतालले कुल रू. १४ करोड ३५ लाख खर्च लागतमा सुविधा सम्पन्न भवन बनाउन लागेको हो । भवन निर्माणको पहिलो चरण अन्तर्गतको कामको लागि रू. ४ करोड १२ लाख ५० हजार ५९३ लागतमा काम शुरु गर्न लागेको अस्पतालले जानकारी दिएको छ ।  बजेट अभावका कारण हाललाई सुरुवात मात्रै गर्न लागिएको नेपाल नेत्र ज्योति संघका सभापति एवम् भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेलले जानकारी दिए ।  निर्माण थालेको ६ महीनामा पहिलो चरणको काम सम्पन्न गराउने लक्ष्य रहेको छ । तीन तलाको उक्त भवन निर्माण सम्पन्न भएमा भुईतलामा बच्चा (पेडियट्रिक) वार्ड, पहिलो तलामा जनरल वार्ड र दोस्रो तलामा शल्यक्रिया कक्ष सञ्चालन हुनेछ । अस्पतालमा हाल ६२ शय्या सञ्चालनमा रहेका छन् । अस्पतालमा नवनिर्मित भवन निर्माणको काम सकिएसँगै १०० शय्या थप हुने अस्पतालका प्रशासक दयाशंकर चौधरीले जानकारी दिए । यो भवनबाट पनि सेवा सञ्चालन भएपछि आँखाको समस्या सम्बन्धी सेवाग्राहीलाई जटिलभन्दा जटिल खालका समस्या उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने चौधरीको भनाइ छ । शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले भवन निर्माणका लागि महानगरले १ करोड रुपैयाँ सहयोग गर्ने बताइन् । उनले तत्काल आधा रकम र बाँकी आगामी आर्थिक वर्षमा प्राप्त हुने गरी सुनिश्चितता गराउने प्रतिबद्धता व्यक्त गरिन् । सरकारको एक शहर एक पहिचान रुपमा भरतपुर मेडिकल सिटीको रुपमा विकास भएको भन्दै उनले यहाँको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन महानगर लागिरहेको दाहालको भनाइ थियो ।  वि.सं. २०४४ साल चैत १८ गते आँखा रोगको निदान एवम् उपचारको उद्देश्य राखेर स्थापना भएको अस्पतालले बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण गर्न लागेको हो ।  स्थापना कालमा ३६ शय्याबाट सेवा दिएको अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया, जलविन्दुको शल्यक्रिया, क्यालेजियन टेरिजियम र अन्य आँखाका सामान्य रोगहरुको निदानका गरिनुका साथै चश्मा र औषधि सेवा उपलब्ध थिए । अस्पतालले सेवा विस्तार गर्दै लगेको छ । हाल अस्पतालमा बहिरंग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरंग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवाहरु, चस्मा जाँच सेवा, सामान्य शल्यक्रिया, आँखा स्वास्थ्य परामर्श सेवा लगायतका सेवा उपलब्ध रहेको  अस्पतालले जनाएको छ । भरतपुर आँखा अस्पतालमा मात्रै हाल दैनिक ४ सयदेखि पाँच सय बहिरंग सेवाका बिरामी आउने गरेका छन् भने १५ देखि २० जनाको शल्यक्रिया हुने गरेको छ ।

महानगरको प्राथमिकतामा स्वास्थ्य सेवाः मेयर दाहाल

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले १ वडा एक स्वास्थ्य केन्द्र घोषणालाई कार्यान्वयनमा ल्याएको बताएकी छन् । भरतपुर महानगरपालिका वडा नं ५ स्थित आनन्दपुरमा सोमबार भीमलाल आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गर्दै प्रमुख दाहालले जनप्रतिनिधीको रूपमा कार्यभार सम्हालेसँगै नगरवासीको आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी प्रत्येक वडामा न्यूनतम एक स्वास्थ्य केन्द्र स्थापना गर्ने जुन लक्ष्य राखिएको थियो त्यो लक्ष्य पुरा भएको बताइन् । उनले हाल भरतपुर महानगरपालिका

हेटौँडा अस्पतालको नयाँ भवन शिलान्यास

हेटौँडा अस्पतालको क्षमता विस्तारका लागि नयाँ भवन निर्माण थालनी गरिएको छ । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा निर्माण हुने उक्त भवनको शिलान्यास गरेका हुन् ।हेटौँडा उपमहानगरपालिका–१ स्थित अस्पताल परिसरको पूर्वतर्फ रहेको पुरानो भवनलाई हटाएर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले नयाँ भवन निर्माण गर्न लागेको हो ।कुल १ हजार ३३३ वर्ग मिटर क्षेत्रफलमा बन्ने सो भवन निर

एकै दिन ११ स्वास्थ्य सेवा केन्द्रको शिलान्यास - Purbeli News

कावासोती / नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । वडा नं २, ४, ५, ७, ८, ९, ११,...

पालिकापिच्छे अस्पताल : स्वास्थ्य क्षेत्रमा युगान्तकारी कदम

१५  मंसिर २०७७ । यो ऐतिहासिक दिनलाई स्वास्थ्यकर्मीहरू ‘युगान्तकारी’ कारूपमा स्मरण गर्छन्। किन त ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘एउटा पालिकामा एउटा अस्पतालको शिलान्यासको सुरुआत भएको छ। यस खालको काम पहिले भएको थिएन। स्वास्थ्य क्षेत्रमा युगान्तकारी कदम हो। ’ १५ मंसिरमा मुलुकभर ३ सय ९ स्थानीयतह (पालिका)मा एकसाथ अस्पताल भवन शिलान्यास गरियो। प्रदेश २, बागमती र कर्णाली प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास पनि भयो। मन्त्री, पूर्वमन्त्रीलाई पनि शिलान्यासमा भ्याइनभ्याइ भ...

सभापोखरीमा बन्ने भयो आधारभूत अस्पताल, भवन शिलान्यास गरियो

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिकामा ५ बेडको आधारभूत अस्पताल शिलान्यास भएको छ। ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यअनुसार आधारभूत अस्पताल निर्माण थालिएको हो। केन्द्रीय सरकारले ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पूर्वाधार पुर्‍याउन देशभर अस्पताल निर्माण कार्य तीव्र बनाएको छ।शनिबार एक कार्यक्रमबीच सभापोखरी गाउँपालिका–२ बगैँचामा ५ बेड क्षमताको आधारभूत अस्पताल शिलान्यास भएको हो। अस्पताल शिलान्यास गर्दे गाउँपालिका अध्यक्ष रत्न सुब्वाले भने यो क्षेत्रका नागरि

भवन शिलान्यास

स्वयम्भू डल्लुक्षेत्रका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ३७ वर्षअघि जनस्तरबाट स्थापित सामुदायिक स्वास्थ्य सेवा परिषद्को ‘ब्लक बी’ भवन विस्तार हुने भएको छ ।