ओली सरकार हुँदा 'चुच्चे नक्सा' भएको किताब वितरण गर्न नदिएको गिरिराजमणिको आरोप, संसदमा कसले के भने ?

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ-आफ्नो धारणा राखेका छन्। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकी थिइन्। सरकारको नीति तथा कार्यक्रमाबारे लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले निर्वाचन असाध्यै महँगो भएकाले यसमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका…

सम्बन्धित सामग्री

सामुदायिक विद्यालयका विद्यार्थीलाई अङ्ग्रजी माध्यमका किताब

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्ययनमा थप सहयोग पुर्‍याउने उद्देश्यले निःशुल्क किताब वितरणको तयारी थालिएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १० ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क किताब वितरण गर्न लागेको हो ।

सुदूरपश्चिममा नयाँ शैक्षिक सत्रका लागि किताब वितरण सुरू

१३ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ शैक्षिक सत्रका लागि किताब वितरण सुरू गरिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले मंगलबारदेखि किताबको वितरण सुरू गरेको हो । केन्द्रका प्रमुख रामबहादुर कुँवरले हिमाली जिल्ला बाजुराबाट पुस्तकको वितरण थालिएको जानकारी दिए । उनका अनुसार कार्यतालिका बनाएर केन्द्रमा सूचीकृत भएका व्यवसायीमार्फत सम्बन्धित जिल्लामा […]

पढ्ने बानी विकास गर्न बालिकाहरुलाई मैथिली भाषाको पुस्तक वितरण

मधेस प्रदेशमा बेटी बचाउ, बेटी पढाऊ अभियानअन्तर्गत पढ्ने बानी बिकास गराउनका लागि अमेरिकास्थित गिभिंङ आशा संस्थाको सहयोगमा मधेस प्रदेशको धनुषा जिल्लाको जनकपुर धाममा कथालय र मिथिला फाउन्डेसनको सहकार्यमा किताब वितरण गरिएको छ।३ दखि ५ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरि किताब वितरण गरिएको छ। बालिकाहरुलाई आफ्नै मातृभाषामा पढ्न सहज होस् भन्ने उद्देश्यले कथालयले मैथिली भाषाका […]

निःशुल्क पाठ्यपुस्तक (सम्पादकीय)

सरकारले सामुदायिक विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको छ । आर्थिक वर्ष ०७८/७९ को बजेटमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने प्रयोजनका लागि एक अर्ब २० करोड रुपियाँ विनियोजन गरिएको छ । यसअघि सरकारले कक्षा १० सम्मका विद्यार्थीलाई यसरी नै पुस्तक उपलब्ध गराउँदै आएको छ । दशकौँदेखि न्यूनतम मूल्यमा अनिवार्य विषयका ‘सरकारी’ किताब वितरण हुँदै आएको छ । शिक्षामा विपन्न वर्गको उपस्थिति सुनिश्चित गर्न यस्ता किताब न्यूनतम वा निःशुल्कमा वितरण गरिएको हो । यस्तो नीतिले लक्षित वर्ग निश्चय नै लाभान्वित हुनेछ । यस्ता पहललाई अझ व्यापक बनाउन सकिए शिक्षामा सबैको पहुँच वृद्धि गर्न सहज हुनेछ । हाल सबै कक्षाका लागि अनिवार्य विषयका पुस्तक मात्र उपलब्ध गराइएकाले विद्यार्थीले कम्तीमा पनि थप चारदेखि पाँच वटा ऐच्छिक विषयका किताब किन्नुपर्छ । ऐच्छिक विषयका पुस्तक निकै महँगा हुने गरेका छन् । कतिपय विदेशी लेखकले लेखेकाले, कागज–मसी, चित्र प्रयोग, छपाइ वा ब्याण्डिङजस्ता कारणले सरकारी किताबको तुलनामा ऐच्छिक विषयका किताब महँगो हुने गरेका सम्बद्ध व्यवसायीले बताउँदै आएका छन् । अनावश्यक ठूला भोलुम (बाक्ला) किताबको भौतिक र आर्थिक भार विद्यार्थीमाथि थोपरिएको आरोप पनि लाग्दैछन् । निश्चित मापदण्ड, आकार र मूल्यमा यस्ता किताब छपाइ गर्न पाउने वातावरण मिलाउन सकिए आम विद्यार्थी लाभान्वित हुनेछन् ।

लकडाउनमा किताब वितरण, न मास्कको प्रयोग न दूरी कायम

जनकपुरधाम : लकडाउनको बेला शहीदनगर नगरपालिका–७ धबौलीस्थित एसएनआर जनता माविले पुस्तक वितरण सुरु गरेको छ। विद्यालयले माध्यमिक तहका विद्यार्थीलाई किताब वितरण गर्दै आएको छ। किताब ल्याउन आउने विद्यार्थीहरुले मास्क समेत नलगाएको र दूरी पनि कायम नगरी उभिएका थिए।  विद्यालयका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारको ...

कालीकोटमा आइतबार किताब वितरण

कालीकोट जिल्लामा यसपालिका पाठ्पुस्तक आइतबारबाट वितरण सुरु हुने भएको छ । शैक्षिक सत्र सुरु भएको तीन दिनपछि जिल्लाको डिपोबाट किताब वितरण सुरु हुने भएको हो ।