सामुदायिक विद्यालयका विद्यार्थीलाई अङ्ग्रजी माध्यमका किताब

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्ययनमा थप सहयोग पुर्‍याउने उद्देश्यले निःशुल्क किताब वितरणको तयारी थालिएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १० ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क किताब वितरण गर्न लागेको हो ।