देशकोे प्रगति जारी छ

नेपालमा काम गर्न अर्थात् व्यवसाय गर्नजति सजिलो अन्यत्र शायदै होला । झट्ट नगद फट्ट काम । पैसा तिर्नुस्, लाइसेन्स किन्नुस् । २ अर्बमा नयाँ टेलिकम । ३ अर्बमा पुनर्बीमा कम्पनी । दर्ता हुने कम्पनीको भविष्यको कमाइ हेरेर दस्तुर तोकिन्छ । सरकारको खल्तीमा थोरै र मन्त्री तथा नियामक प्रमुखको हातमा धेरै । यो सन्तुलन बिग्रियो भने नयाँ कम्पनी खोल्न पाइन्न । देशले उत्पादन बनाएर बेच्न सकेन होला । तर लाइसेन्स बेचेर राम्रै कमाइरहेको छ । चाहे त्यो मोटरसाइकल चालकको लाइसेन्स होस् वा कुनै उद्योग वा व्यवसाय खोल्ने लाइसेन्स । अखवारमा त आउँछन् काला कामका फेहरिस्त । तर देशका मुखियाहरू सफाइ पेश गर्छन् । अब भ्रष्टाचार हुन नदिने वाचा पनि गर्छन् । किस्तीको काजु, किसमिस र गिलासको विदेशी ह्विस्की रित्तिएसँगै बिर्सिन्छन् सबै वाचाहरू । सरकारी अफिसमा कुनै काम फत्ते गर्नु ठूलै युद्ध जित्नु जस्तै हो । तर नगद नारायण चढाएपछि काम तु. तमाम हुन्छ । त्यस्तै तपाईंलाई कुनै संस्थान, समिति वा बोर्डमा कार्यकारी पद चाहिएको छ भने २÷३ करोडको थैली ठीक पार्नुस्, काम भैहाल्छ । तपाईं भन्नुहोला यो त भ्रष्टाचार भयो भनेर । गलत । यो भ्रष्टाचार होइन । यो हाम्रो संस्कृति र हाम्रो गणतान्त्रिक परम्परा पो हो त । संस्कृति र परम्पराविरुद्ध जान त भएन नि ! यो भ्रष्टाचार सर्वव्यापी छ, यो विशालभन्दा विशाल छ अनि सूक्ष्मभन्दा सूक्ष्म छ, यो अनादि, नित्य छ । यो भ्रष्टाचारको झ्याङ दशै दिशामा फैलिएको छ । वडा वडामा, नगर नगरमा, प्रदेश प्रदेशमा यो कालो पैसाको कल्पवृक्ष खुवै झ्याङ्गिइरहेछ । यसैबाट डाँडाकाँडामा, खोला किनारमा अग्लिँदा छन् गगनचुम्बी महलहरू । यसरी देशको आर्थिक बगैंचामा भ्रष्टाचारका रूख यसरी झ्याङ्गिएका छन् कि अब यसलाई हटाउन त के घटाउन समेत सम्भव छैन । किनकि यो भूमि भ्रष्टाचारका लागि यति उर्वर बनिसकेको छ कि भ्रष्टाचारका फूल जताततै विना खनजोत मजाले उम्रिन सक्छन् । अफिस अफिसमा भ्रष्टाचारका नर्सरी लागेका छन् । त्यसका संरक्षक छन् त्यस अफिसका हाकिम, सचिव, मन्त्री र जिम्मेवार पदमा बसेकाहरू । पत्रकार, डाक्टर, ठेकेदार, इन्जिनियर, वकिल, कलाकार, पुलिस, रेक्टर, डाइरेक्टर, निर्देशक, सुबेदार, अधिकृत, एनआरएन, विदेशबाट रिटर्न, भद्र भलादमीहरू, राष्ट्रपतिबाट पुरस्कार प्राप्त गर्ने नेपाल आमाका थुप्रै रत्नहरू । को छैन यी नर्सरीका पालन पोषण गर्ने ? यस जंगलमा अरू रूख उम्रन पनि गाह्रो छ । सबै ठाउँमा भाग्यका ठेक्काहरू खुल्छन् । रकम बाँडिन्छ तल माथि, दाँया बाँया । नखाने को छ र ? नियम मिलाएर, ओठहरू सिलाएर, फाइल झिकाएर । मन्त्री, नेता, सरकारी कर्मचारीका त भाग्यरेखासँगै भ्रष्टाचारका समानान्तर रेखा बनिसकेका छन् । कसले भन्छ देशमा पार्टीमा एकता छैन भनेर ? सत्तापक्ष प्रतिपक्ष सबै जुटेकै त छन् । खाइरहेका छन् विदेशबाट उधारोमा आएको, पञ्चवर्षीय योजना, आयोजनाहरूको सुक्खा पाइपमा राखेर सँगै खान्छन् । लञ्ज, डिनर विशेष मेनु तयार गरेर । अघि नै त बढिरहेछ यो देश । अझ नयाँ पुराना सिंहदरबारहरूमा विराजमान छन् भ्रष्टाचारका महाप्रभु, सबैको शिरमा स्नेहको अदृश्य हात राख्ने । संविधान मिचेरै, नियम कानून नैतिकता कुल्चेरै भ्रष्टाचारको प्रतिस्पर्धा छ देशमा । त्यसैले त यत्रो उछलकुद, देश विदेश दौडाहा । विकास, अनुदान, गोष्टी, भाषण । मन्त्रालय, विभागहरूमा सधैं कुम्भमेला लाग्छ । चम्चाहरू, नयाँ लाइसेन्सका, नयाँ पदका उम्मेदवार घुमिरहेका हुन्छन् । पार्टीका पत्रकार, पार्टीका चन्दादाता, पुराना साथी, आन्दोलनका सहकर्मी, कार्यकर्ता । यस्तो लाग्छ– देशमा सधैं रमिता छ । मन्त्रीलाई थाहा छ सबैका लागि केही न केही गर्दिनु छ । फोन लगाउँछन् मन्त्रीका पीए– ‘हलो, म मन्त्रीज्यूको बाट ।’ उताबाट आवाज आउँछ– ‘हुन्छ हजुर, हस् हजुर, अवश्य हजुर, हजुरको जस्तो मर्जी ।’ यसरी नै यो स्वरलहरी गुञ्जिरहेको छ देशैभरि । तार गाँसिएको छ एकआपसमा । मुसाले झैं कोतरी कोतरी खाइरहेका छन् देशको सपनाको गोदाम । समिति, उपसमिति, आयोग, जाँच पड्ताल, अख्तियार, बयानका तहमा सडिरहेका छन् यथार्थहरू । अखवारमा त आउँछन् काला कामका फेहरिस्त । तर देशका मुखियाहरू सफाइ पेश गर्छन् । अब भ्रष्टाचार हुन नदिने वाचा पनि गर्छन् । किस्तीको काजु, किसमिस र गिलासको विदेशी ह्विस्की रित्तिएसँगै बिर्सिन्छन् सबै वाचाहरू । किसान मल र सिँचाइको अभावमा तड्पिरहन्छ । व्यवसायी व्यवसाय गर्दाका हजार बाधा देखेर छट्पटाइरहन्छ । स्वदेशमा जागीर नपाएपछि विदेश जान लिएको ऋणको भारी बोकेर युवा म्यानपावर दलाल र पासपोर्ट प्रशासन धाइरहन्छ । यता उही लाइन, उही हतार, उही हताश, उही मिलावट, उही भाषण निरन्तर चलिरहेको छ बजारमा । भएजति सबै कागजमा लेखिए पनि भ्रष्टाचारको महाकाव्य अलिखित नै रहिरहन्छ । काली लक्ष्मी प्रसन्न छिन् प्रशासनका फाइलरूपी कमलपत्रमाथि । व्यापारीका हात्ती डुलिरहेका छन् मन्त्रालय, विभाग विभाग । साँझ सधैंझैं जमघट हुन्छ र फेरि चिन्तन हुन्छ ‘देश बर्बाद भो । जबसम्म देशमा गतिलो नेता आउँदैन, बलियो सरकार आउँदैन, यो देशमा केही हुन्न । अर्को एक पेग थपौं है, ‘फर द रोड’ ? ‘अँ, जहाँसम्म भ्रष्टाचारको कुरा छ, कुन देशमा छैन र ? हाम्रोमा रोडै ठीक भएनन् । फ्री राइड इकोनोमी भयो । जसलाई जे गर्न मन लाग्यो, त्यै गर्न पाउने । यसरी लाइसेन्स बाँडेर त भएन नि । म चैं आज वाइन लिन्छु है । अँ, तपाईंको कुरा मनासिव छ । अनि सुनाउनुस्, अर्को टेन्डर कहिले हाल्ने त ?’ वातानुकूलित कारमा घर फर्किंदा बाटोमा जुलुसमा हिँडेका युवालाई देखाउँदै अर्को महानुभाव सोध्छन् कि यी जुलुसमा हिँडेका यी मनुवाहरू किन केही काम गर्दैनन् ? नेताजी स्टेजमा कुनै चलचित्रकी हिरोइनसँग कम्मर मर्काई मर्काई नाचिरहेका छन् । नेताको भाषण गर्ने पालो आउँछ– ‘देशलाई आत्मनिर्भर बनाउनै पर्छ । एमसीसी राष्ट्रघाती छ । कुनै हालतमा पास गर्न दिइँदैन ।’ अनि पेश हुन्छ देश विकासको चाइनिज वा रसियन क्रान्तिकारी मोडेल । देशले प्रगति गरिनै रहेको छ । यसरी अगाडि बढी नै रहेको छ एक सुसंस्कृत देश । प्रतिभाको पनि कमी छैन यो देशमा । कमी छ त केवल एउटा कुराको, त्यो हो– धन । त्यसैले त हाम्रा योजनाहरू पूरा हुन नपाएका । हो, त्यै धन जम्मा गर्न प्रायः सबै भ्रष्टाचार गर्न जुटेका छन् । अब सबैले धन जम्मा पार्न सके भने हामी पनि छिट्टै अरू देशले जस्तै बेस्करी प्रगति गर्न सक्छौं नि, हैन ?

सम्बन्धित सामग्री

मन्त्रिपरिषद बैठक जारी

मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा  संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा छलफल भइरहेको श्रममन्त्री शेरबहादुर कुँवरले जानकारी दिए । आजको संसद बैठकमा सरकाले संक्रमणकालीन न्यायसँग जोडिएको कानुन...

संसद् अधिवेशन आह्वान र अध्यादेश जारी सँग-सँगै, के के भए जारी?

काठमाडौँः संघीय संसद्को बर्खे अधिवेशन आइतबार आह्वान भएको छ। अधिवेशन आह्वानसँगै सरकारको सिफारिसमा दुई अध्यादेश पनि राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन्।  राष्ट्रपति कार्यालयका अनुसार औषधि तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएका हुन्। संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेश जारी गरिएको हो। …

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् । आइतबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा औषधि (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश स्वीकृत भएको उल्लेख गरिएको छ ।

रेलवे अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेलवे अध्यादेश जारी गरेकी छन्। आज साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै रेलवे अध्यादेश जारी गरेको हो। रेलवे अध्यादेश जारी भएसँगै अब रेल सञ्चालनका लागि कानुनी बाटो खुला भएको छ। तयारीबिना २०७७ साल असोजमा ल्याइएका दुईवटा रेल गत फागुन १ गतेदेखि ‘ड्राई रन’अर्थात् यात्रु नराखी खाली गुडाइरहेको छ।दुईपटक जारी भएको अध्यादेशको समय गुज्रिएपछि यो समेत तेस्रोपटक अध्यादेश जारी भएको हो। सरकारले स्थानीय तहको चुनावअघि यही चैत्र

कविता : जारी थियो

जारी थियो,झिसमिसे बिहानमा दौडपहिलो थिए जो पेट भर्नको लागि दौडिरहेका थिएदोस्रो थिएजो पेट घटाउनको लागि दौडिरहेका थिए जारी थियो,केटाकेटीहरूको लडाईंपहिलोको घरमाम खान्छु भनेर लडिरहेका थिएदोस्रोको घरमाम खान्नँ भनेर लडिरहेका थिएचल्दैथ्यो रिसर्च,यी दुई घरमा किन यस्तो ?पहिलोको घरमा भाग्य भगवान्ले लेख्छ भन्ने चलन थियोदोस्रोको घरमाभाग्य आफै लेख्नुपर्छ भन्ने चलन थियो ।जारी थियोआशा प्राप्तिको प्रतिक्षा,पहिलोको घरमामेहनत पश्चातको फलको प्रतिक्षा थियोदोस्रोको घरमादेश सुध्रेपछि गर्नुपर्ला भन्ने प्

बागमती सरकारले श्वेतपत्र जारी गर्ने

हेटौंडा : बागमती प्रदेश सरकारले केन्द्र सरकारको सिको गर्दै श्वेतपत्र जारी गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो। सरकार गठन भएदेखि हालसम्मको समीक्षा गर्दै श्वेतपत्र जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका स्वास्थ्यमन्त्री नीमा लामाले जानकारी दिए।उनका अनुसार प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमी कमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ।श्वेतपत्र जारी गर्न आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम

निषेधाज्ञा जारी गर्न बाँकी चार जिल्ला

काठमाडौं । मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ । यद्यपि सङ्क्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो । वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएक

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको हो।   आजको बैठक प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको र केही एजेण्डा सार्वजनिक गरिएको थिएन । बैठकले केही महत्वपूर्ण  निर्णय गर्न सक्ने बताइएको छ ।

मोरङमा निषेधाज्ञा जारी

विराटनगर / मोरङमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाभर लागू हुने गरी जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेकाे हाे । शुक्रबार राती १२ बजेदेखि जेष्ठ १ गते राति १२ बजे सम्मका निषेधाज्ञा लागु हुने छ । बिहीबार बसेको जिल्ला कोराना संक्रमण व्यवस्थापन समितिको बैठकले हाल जारी गरिएको विराटनगर महानगरपालिका,बुढीगंगा र कटहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई... The post मोरङमा निषेधाज्ञा जारी appeared first on Purbeli News.

मोरङमा निषेधाज्ञा जारी

विराटनगर । मोरङमा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार राती १२ बजेदेखि जेष्ठ १ गतेसम्मका लागि जिल्लाभर कायम रहने गरी निषेधाज्ञा जारी गरेको हो । कोभिड १९ को संक्रमण दिनहुँ  बढिरहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि एक साताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।बिहीबार बसेको  जिल्ला कोराना संक्रमण व्यवस्थापन समितिको बैठकले हाल जारी गरिएको विराटनगर महानगरपालिका,बुढीगंगा