समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगरिने

माेरङ – कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने जनाएको छ। सोमबार प्रदेशका मन्त्री दुर्गाप्रसाद चापागाइले विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने निर्माण ब्यवसायीलाई तत्काल कामको प्रगति बढाउन निर्देशन दिएका हुन्। कार्य समापनका लागि तोकिएको समयभन्दा ढिलो गर्ने २५ भन्दा बढी […]

सम्बन्धित सामग्री

स्वीकृत बिलको भुक्तानी किन दिँदैन सरकार ?

काम सम्पन्न भएपछि सम्बन्धित निकायबाट बिल स्वीकृत हुँदासमेत भुक्तानी पाउन नसकेपछि निर्माण व्यवसायी अहिले आन्दोलनमा छन् । सम्बन्धित आयोजना प्रमुख, कार्यालय, विभाग तथा मन्त्रालयबाट स्वीकृत भएको बिलको झन्डै १० अर्ब भुक्तानी...

चितवनका साना निर्माण व्यवसायी पलायन हुने अवस्थामा

चितवन । चितवनका साना निर्माण व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् । दुई वर्षदेखि कच्चा पदार्थका लागि खोलानाला खुला नगरिएको र बैंकको ब्याजदर बढेकाले आफूहरू व्यवसाय परिवर्तन गर्नुपर्ने स्थितिमा पुगेको उनीहरूले बताएका छन् । निर्माण व्यवसायी संंघ चितवनका महासचिव पुष्कर अधिकारीका अनुसार संघमा आबद्ध चार सय निर्माण व्यवसायीमध्ये तीन सय ९० साना व्यवसायी छन् । जिल्लामा संघमा आबद्ध नभएकासमेत गरी यो संख्या एक हजारभन्दा बढी छ । यही अवस्था रहे ७५ प्रतिशत साना निर्माण व्यवसायी पलायन हुने उनले बताए । ‘राज्यको पुरानो खरीद ऐनमा टेकेर ठेक्का सम्झौता गर्नुपर्ने अवस्था छ, इन्धनको भाउ बढेको छ, बैंकहरूले ब्याज बढाएका छन्,’ उनले भने, ‘यस्ता समस्याले व्यवसाय संकटमा परेको छ ।’ अहिले जिल्लाका करीब एक सय निर्माण व्यवसायी काम गर्न नसक्ने स्थितिमा पुगेको भन्दै उनले विशेषगरी साना निर्माण व्यवसायीको समस्यालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताए । ठेक्का सम्झौताअनुसार समयमा काम हुन नसक्दा व्यवसायी कारबाहीमा समेत पर्ने गरेका छन् । राज्यले नदीजन्य वस्तुको ठेक्का नखोल्दा पहिलेको तुलनामा प्रतिटिपर रू. पाँच हजार महँगोमा कच्चापदार्थ किन्नुपर्ने बाध्यता रहेको अधिकारीले बताए । निर्माण सामग्री ढुवानी गर्ने टिपर दैनिक सात घण्टा रोकिँदा काममा समस्या आएको उनको भनाइ छ । सवारी चाप नियन्त्रणका लागि ट्राफिक प्रहरीले बिहान ८ देखि ११ बजेसम्म र साँझ ४ देखि ८ बजेसम्म ढुवानीका टिपर रोक्दै आएको छ । अधिकारीका अनुसार दिउँसो टिपर चल्न नपाउने र रातिमा कच्चा पदार्थ झिक्न नपाउने हुँदा समस्या भएको हो । सरकारले निर्माणको कच्चापदार्थका लागि खोलानाला खुला नगर्दा समस्या भएको निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष केशव लामिछानेले बताए । ‘समयमा नदीजन्य पदार्थ पाउन नसक्दा समस्या भएको छ । यसको जिम्मा कसले लिने ?,’ राज्यको नीतिका कारण साना तथा ठूला निर्माण व्यवसायी मर्कामा परेको उनको भनाइ छ । ठेक्का सम्झौताअनुसार काम सम्पन्न गर्दासमेत सम्बन्धित निकायले समयमा निकासी नदिएकाले व्यवसायी थप मर्कामा परेको उनले बताए । राज्यको नीतिका कारण व्यवसायी मर्कामा परेको उनको भनाइ छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले ठेक्का सम्झौताअनुसार निर्धारित समयमै काम सम्पन्न हुनुपर्ने बताए । पछिल्लो समय निर्बाध रूपमा कच्चा पदार्थ नपाएको, बैंकको ब्याज बढेको, इन्धनको मूल्यमा वृद्धि भएको स्वीकार गर्दै उनले कतिपय व्यवसायीले बहानाबाजी गरेर काम नगर्ने गरेको बताए । भरतपुर महानगरपालिकाले अहिलेसम्म ठेक्का सम्झौता गरेर समयमा काम नसक्ने, सम्झौतापछि सम्पर्कमा नआउने, काममा ढिलासुस्ती गर्ने १७ निर्माण कम्पनीलाई कारबाही गरेको अधिकारीले जानकारी दिए । राज्यले गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने, तर व्यवसायीले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ छ । रासस

समयमै गुणस्तरीय काम गर्ने ठेकेदार सम्मानित

भोजपुर : पौवादुङमा गाउँपालिकाले तोकिएको समयमै गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ।तोकिएको मापदण्ड अनुसार निर्धारित समयमै काम सम्पन्न गरेको भन्दै राउत कन्स्ट्रक्सनका सञ्चालक कुल बहादुर राउतलाई गाउँपालिकाले सम्मान गरेको हो।पौवादुङमा गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको तिवारी भञ्याङ–च्याङ्ग्रे–मानेडाँडा अधेँरीघाट ३५ किलोमिटर सडक मध्ये १३ किलोमिटर स्तरोन्‍नतिको काम तोकिएको समयमा सम्पन्न गरेकाले कामको सम्मान गर्न निर्माण व्यवसायी राउतलाई सम्मान गरिएको गाउ

कालिगण्डकी कोरिडोर पर्वत खण्डको काम सम्पन्न, भुक्तानी नपाएको ठेकेदारको गुनासो

काठमाडौं, २ असार । कालिगण्डकी कोरिडोरको पर्वत खण्डको अर्मादी–फलेवास सडकखण्डको निर्माण कार्य सम्पन्न भएको छ । ०७२/७३ सालदेखि काम सुरु भएको उक्त कोरिडोरको भर्खरै मात्र काम सम्पन्न भएको ठेकेदार दीपक रैसवालले जानकारी दिए । निर्माण व्यवसायी तथा ठेकेदार रैसवालले सम्पुर्ण ट्रयाक खोल्ने काम सम्पन्न भईसक्दा पनि भुक्तानी नपाएको गुनासो गरे । रिपोर्टर्स नेपाल डटकमसँग कुरा […]

लक्ष्यभन्दा अगाडि आयोजना सक्नेलाई १० % पुरस्कार माग

विकास आयोजनाका काम अगाडि नबढेको बेला निर्माण कम्पनीहरूले समयमा नै आयोजना सम्पन्न गर्ने निर्माण कम्पनीलाई सरकारले १० प्रतिशतसम्म पुरस्कार दिनुपर्ने सुझाव दिएका छन् । सम्झौतामा तोकिएको अवधिभन्दा अघि काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सार्वजनिक निकायले कुल सम्झौता रकमको १० प्रतिशतभन्दा नबढ्ने गरी पुरस्कार रकम दिनुपर्ने नेपाल निर्माण व्यवसायी महासंघले माग गरेको हो ।सार्वजनिक खरिद नियमावली […]

निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छ : अर्थमन्त्री शर्मा

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेका छन् । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचौँ अधिवेशनको उद्घाटनमा उनले श्रमिकलाई काममा लगाएपछि उनीहरुले पाउने उचित ज्याला अनिवार्य रुपमा दिन निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् । उनले भने, “असल कामदार बिनाको काम सम्पन्न गर्न […]

चैत मसान्तसम्म थप भयो खरिदसम्बन्धी सम्झौताको म्याद

कोरोनाबाट प्रभावित भएका आयोजना तथा विभिन्न खरिद सम्झौताको म्याद थप भएको छ । त्यस्ता आयोजना र खरिद सम्झौतको म्याद  आगामी चैत मसान्तसम्म थप भएको अर्थ मन्त्रालयले जनाएको छ । महामारीका कारण काम सम्पन्न हुन नसकेका चालु अवस्थामा रहेका खरिद सम्झौताको म्याद सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी एवम् सेवा प्रदायक तथा परामर्शदाताको निवेदनका आधारमा बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले म्याद थप गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयको बजेट तथा कार्यान्वयन महाशाखाले गरेको सर्कुलरमा उल्लेख छ ।  आवश्यकता र औचित्यका आधार विश्लेषण गरी सरक...