चैत मसान्तसम्म थप भयो खरिदसम्बन्धी सम्झौताको म्याद

कोरोनाबाट प्रभावित भएका आयोजना तथा विभिन्न खरिद सम्झौताको म्याद थप भएको छ । त्यस्ता आयोजना र खरिद सम्झौतको म्याद  आगामी चैत मसान्तसम्म थप भएको अर्थ मन्त्रालयले जनाएको छ । महामारीका कारण काम सम्पन्न हुन नसकेका चालु अवस्थामा रहेका खरिद सम्झौताको म्याद सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी एवम् सेवा प्रदायक तथा परामर्शदाताको निवेदनका आधारमा बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले म्याद थप गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयको बजेट तथा कार्यान्वयन महाशाखाले गरेको सर्कुलरमा उल्लेख छ ।  आवश्यकता र औचित्यका आधार विश्लेषण गरी सरक...