प्रधान सेनापतिद्वारा सैनिक अस्पताल र सैनिक विद्यालय भवनको शिलान्यास

प्रधान सेनापति प्रभुराम शर्माले मध्य कमाण्ड हेडक्वार्टर अन्तर्गत रुपन्देहीको बुटवलमा निर्माण हुन लागेको सैनिक अस्पताल र सैनिक विद्यालय भवनको शिलान्यास गरेका छन् । सबै प्रदेशहरुमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप निर्माण हुन लागेका उक्त अस्पताल तथा विद्यालयको शिलान्यास कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको सेनाले जनाएको छ । उक्त कार्यक्रम शर्माले  ऐतिहासिक जितगढी किल्लाको भ्रमण गर्नुका साथै लुम्बिनी प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तथा छलफल गरेको सेनाको भनाइ छ ...

सम्बन्धित सामग्री

सैनिक अस्पतालमा रक्षामन्त्री खड्काको शल्यक्रिया सम्पन्न

काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रोस्टेटको शल्यक्रिया सम्पन्न भएको छ । बुधबार सैनिक अस्पताल छाउनीमा भर्ना भएकामा मन्त्री खड्काको सफलतापूर्वक प्रोस्टेटको शल्यक्रिया सम्पन्न भएको हो । अहिले खड्काको अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नै सैनिक अस्पताल पुगेर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

कार्यवाहक प्रम खड्काद्वारा वीरेन्द्र सैनिक अस्पतालको निरीक्षण

कार्यवाहक प्रधानमन्त्रीमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरीक्षण गरेका छन्।...

सैनिक अस्पतालहरूका लागि करारमा कर्मचारी माग

सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि आवश्यक जनशक्ति करार सेवामार्फत पूर्ति गर्न कर्मचारी माग गरेको छ । आवश्यक योग्यता पुगेका  इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आव्हान गरेको हो । वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल बर्दिवास र फिल्ड अस्पताल धनगढीमा कर्मचारी आवश्यक रहेको निर्देशनालयले जनाएको छ ।

वीरेन्द्र सैनिक अस्पतालमा ६० जना नर्स र ८ जना डाक्टरलाई रोजगारीको अवसर

वीरेन्द्र सैनिक अस्पताल छाउनीले ६० जना नर्स र ८ जना मेडिकल अधिकृतका करार सेवामा दरखास्त आव्हान गरेको छ।

प्रधानसेनापति शर्माद्वारा बुटवलमा बन्ने सैनिक अस्पताल भवनको शिलान्यास

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले आइतबार बुटवलमा बन्ने सैनिक अस्पताल र सैनिक महाविद्यालय भवनको शिलान्यास गरेका छन् । नेपाली सेनाले मध्य कमाण्ड अन्तर्गत बुटवलमा ती दुई संस्था बन्न लागेका हुन् । सेनाले सबै प्रदेशमा अस्पताल र महाविद्यालय बनाउने नीति अनुसार बुटवलमा नयाँ भवन शिलान्यास गरिएको जनाएको छ । प्रधानसेनापति शर्माले रुपन्देहीस्थित ऐतिहासिक जितगढी किल्लाको भम्रण गर्नुका […]

धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालन

१८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विधिवत् रुपमा उद्घाटन गरे । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले व्यवस्थापन गर्ने गरी सैनिक कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा सञ्चालमा आएको अस्पतालले केही हप्ता पहिलेदेखि नै सेवा […]

कोरोना संक्रमणबाट सेनाका जर्नेलको निधन

केसीकाे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारक क्रममा बिहीबार बिहान निधन भएको सैनिक सहायक रथी प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।

पोखरामा ५० शैय्याको सैनिक अस्पताल सञ्चालन

नेपाली सेनाले पोखरामा ५० शैय्या क्षमताको सैनिक अस्पताल सञ्चालनमा ल्याएको छ । रानीपौवास्थित भगवती गण दल

सैनिक अस्पताल निर्माण

स्थानीय राँझास्थित नेपाली सेनाको चार बाहिनी ब्यारेकको हातामा सैनिक अस्पताल निर्माण गरिएको छ । सैनिक अस्पतालको नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार उद्घाटन गरे । सेनाको कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा १७ करोड २० लाखमा १६ महिनाको अवधिमा दुई तलाको ३० कोठे अस्पताल भवन निर्माण भएको हो ।