सैनिक अस्पताल निर्माण

स्थानीय राँझास्थित नेपाली सेनाको चार बाहिनी ब्यारेकको हातामा सैनिक अस्पताल निर्माण गरिएको छ । सैनिक अस्पतालको नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार उद्घाटन गरे । सेनाको कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा १७ करोड २० लाखमा १६ महिनाको अवधिमा दुई तलाको ३० कोठे अस्पताल भवन निर्माण भएको हो ।

सम्बन्धित सामग्री

इटहरीमा सैनिक अस्पतालको सेवा सुरु

नेपाली सेनाले सुनसरीको इटहरीमा सैनिक अस्पताल निर्माण गरेको छ। ५० सैय्याको अस्पतालको शुक्रबार प्रधानसेनापती पूर्णचन्द्र थापाले उद्घाटन गरे।