सैनिक अस्पतालमा रक्षामन्त्री खड्काको शल्यक्रिया सम्पन्न

काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रोस्टेटको शल्यक्रिया सम्पन्न भएको छ । बुधबार सैनिक अस्पताल छाउनीमा भर्ना भएकामा मन्त्री खड्काको सफलतापूर्वक प्रोस्टेटको शल्यक्रिया सम्पन्न भएको हो । अहिले खड्काको अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नै सैनिक अस्पताल पुगेर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सम्बन्धित सामग्री

सभापति देउवाद्वारा उपसभापति खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । सभापति देउवाले आज वीरेन्द्र सैनिक अस्पताल छाउनी पुगेर त्यहाँ उपचाररत उपप्रधानमन्त्री खड्कालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका हुन् ।  अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उपप्रधानमन्त्री खड्काको प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको […]

उपप्रधानमन्त्री खड्काको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगे गगन-विश्व

काठमाडौं । कांग्रेस उपसभापति समेत रहेका रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे बुझ्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अस्पताल पुगेका छन् । महामन्त्रीद्वयले छाउनीस्थित सैनिक अस्पतालमा उपचारारत खड्कालाई भेटे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । बुधबार भर्ना भएका मन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया गरिएको छ । उनलाई भेट्न हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड […]

सैनिक अस्पतालमा उपप्रधानमन्त्री खड्काको शल्यक्रिया

काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको छाउनीस्थित आर्मी अस्पतालमा प्रोस्टेटको शल्यक्रिया गरिएको छ। पिसाब ग्रन्थी (प्रोस्टेट)मा समस्या भएपछि उनी छाउनीस्थित आर्मी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । बुधबार अस्पताल भर्ना भएका रक्षामन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया सफल भएको  जंगी अड्डाले जनाएको छ । रक्षामन्त्री पूर्णबहादुर खड्काको शल्यक्रिया अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी […]

उपप्रधानमन्त्री खड्का अस्वस्थ‚ प्रोस्टेटको शल्यक्रिया गरियो

काठमाडौं : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्वस्थ भएका छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्कामा प्रोस्टेटसम्बन्धी समस्या देखिएको हो। अस्वस्थ बनेपछि खड्कालाई नेपाली सेनाको छाउनी अस्पताल लगिएको थियो। नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाका अनुसार उनको बुधबार नै प्रोस्टेटको शल्यक्रिया गरिएको हो। खड्का थप केहिदिन अस्पतालमा रहने उनले जानकारी दिए। खतिवडाका अनुसार हाल खड्काको अवस्था सामान्य छ।

भारतीय राष्ट्रपति कोविन्दको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

नयाँ दिल्ली । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको ‘बाईपास सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको उहाँको उपचार भइरहेको दिल्लीस्थित ‘अल इन्डिया मेडिकल साइन्सेस ९एम्स०’ ले मङ्गलबार जानकारी गराएको छ । “भारतका राष्ट्रपति रामनाथ कोविन्दले एम्समा मुटुको ‘बाइपास’ शल्यक्रिया सफलतापूर्वक गराइसक्नुभएको छ । चिकित्सकहरूको टोलीलाई सफल शल्यक्रियाका लागि बधाई छ,” संघीय रक्षामन्त्री राजनाथ सिंह राष्ट्रपतिको उपचारबारे सामाजिक सञ्जालमार्फत् […]

जापानमा पूर्व रक्षामन्त्री प्रधानको शल्यक्रिया, बन्द भएको भल्भ खोलियो

काठमाडौं : नेपाल र भारतमा उपचार सम्भव नभएको भन्दै जापान पुगेका पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानको मुटुको शल्यक्रिया गरिएको छ। जापानको टोकियोमा रहेको सोनान कामाकुरा जनरल अस्पतालमा प्रधानको शल्यक्रिया गरिएको बताइएको छ।  मुटुका दुईवटा भल्भ बन्द भएपछि उनी नेपाल तथा भार...