राष्ट्र बैंकले माग्यो ७ लाखभन्दा बढीका नगद कारोबारको विवरण, ठूलो कारोबार गर्नेमाथि निगरानी !

माघ २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग ७ लाख रुपैयाँ वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको छ । नियामक निकायको राष्ट्र बैंक सुपरीवेक्षण विभागले कारोबारको स्रोत पहिचानका लागि चालू आर्थिक वर्षको ६ महीने कारोबारको सुपरिवेक्षण गर्न लागेको हो । जसअन्तर्गत केन्द्रीय बैंकले बुधवार पत्रमार्फत वाणिज्य बैंकहरुसँग जानकारी मागेको छ । अब बैंकहरुले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित रकम कहिले र किन निकालेको हो ? लगायत सबै विवरण केन्द्रीय बैंकमा पठाउनुपर्ने भएको छ । केन्द्रीय बैंकले आगामी माघ २४ गतेसम्म उक्त विवरण पठाई सक्न पनि भनेको छ । अहिले १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न पाइँदैन । यसबाहेक शंकास्पद कारोबार सम्बन्धमा अनिवार्यरुपमा वित्तीय जानकारी इकाईमा बैंक तथा वित्तीय संस्थाले जानकारी दिनुपर्ने प्रावधान छ । तर, अहिले आएर ७ लाख रुपैयाँभन्दा माथिका सबै नगद कारोबारको विवरण केन्द्रीय बैंकले वाणिज्य बैंकहरुसँग मागेको छ । सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाईले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको अवस्थाबारे सुपरीवेक्षणको क्रममा यस्तो विवरण माग गरेको हो । पछिल्लो समयमा क्रिप्टोकरेन्सीलगायत गैरकानूनी डिजिटल कारोबारमा बैंकहरुको निक्षेप उपयोग भएको आशंका बीच राष्ट्र बैंकले कारोबारको विवरण मागेको स्रोतले बताएको छ ।  केहि दिन अघिको एउटा कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पनि पछिल्लो समय विभिन्न प्रविधिमार्फत् राजस्व चुहावटका घटनाहरू बढेको बताएका थिए । उनले क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका ‘अवैध’ कार्य भइरहेको बताएका थिए ।

सम्बन्धित सामग्री

लघुवित्तको नियमन र निगरानी

ग्रामीण गरिब घटाउने, विपन्न तथा न्यून आय भएकाहरूमा लघु उद्यमशीलता अभिवृद्धि गर्ने, महिलाहरूलाई स्वरोजगार बनाएर बचतको प्रवृत्ति बढाउनेजस्ता उद्देश्यसाथ लघुवित्त वित्तीय संस्थाहरू स्थापना भएका हुन् । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाको दर्जा दिएको लघुवित्तहरूले राष्ट्र बैंकबाटै सहुलियत र सुविधाहरूसमेत पाउँदै आएका छन् । ग्रामीण भेगमा आय आर्जनको गतिविधि बढाउन सहयोग पुगोस्, गरिबी निवारणमै […]

चालू पुँजी कर्जा मार्गदर्शनले उत्पादनमूलक उद्योगमा समस्या आउँछ – पूर्वका उद्योगी

उद्योग संगठन मोरङले चालू पूँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ का सम्वन्धमा आयोजनामा अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा संगठनका अध्यक्ष सुयश प्याकुरेलले नेपाल राष्ट्र बैंकले कर्जा उपयोगिताको बिषयलाई सुक्ष्म निगरानी राखी पूँजी पलायन गर्नेलाई कारबाहीको दायरा ल्याउनु सान्दर्भिक भएको बताए ।तर, यो मार्गदर्शनले उत्पादनमुलक क्षेत्रको हकमा कुनैपनि किसिमको चालू पुजी कर्जाको सिमा तोकिँदा उत्पादनमूलक उद्योगको सञ्चालनमा अवरोध नहुने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । वर्षमा एकपटक सिजनमा वर्षभरिलाई चा

उच्चपदस्थको बैंक खातामा बढी निगरानी

सम्पत्ति शुद्धीकरणअन्तर्गत बैंकहरूले अब दुई प्रकारबाट ग्राहकको पहिचान गर्नुपर्ने भएको छ । राजनीतिक व्यक्तिलगायत उच्चपदस्थ र परिवार विशेष निगरानीमा रहने यस्तो व्यवस्था नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानीसम्बन्धी अपराधको उच्च जोखिम देखिएका मुलुक, क्षेत्र, उच्च जोखिमयुक्त सेवालगायत जोखिमयुक्त कारोबार तथा उच्चपदस्थ व्यक्ति र त्यस्ता व्यक्तिको परिवारको सदस्य तथा निजसँग सम्बद्ध ग्राहकका […]

प्रियंकामाथि क्रिप्टोकरेन्सी प्रचारको आरोप : फेसबुकलाई पत्र लेख्दै सीआईबी

नेपाल राष्ट्र बैंकले करिब २ महिना अघिदेखि नेपालमा अवैधरुपमा कारोबार भइरहेको भर्चुअल मनी (क्रिप्टोकरेन्सी) माथि उच्च निगरानी राखिरहेको छ र यो अवैध रहेको भन्दै कारोबार नगर्न र नगराउन सार्वजनिक सूचना नै जारी गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना नै जारी गरी प्रहरीले पनि करिब २ महिनाको अवधिमा २ दर्जनभन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरिसकेको अवस्थामा फेसबुकमा नेपाली कलाकारको फोटो राखेर एकाएक एउटा विज्ञापन आयो, क्रिप्टोकरेन्सीमा लगानी गरेकोबारे । ती कलाकार थिइन्, नायिका प्रियंका कार्की ।&n

राष्ट्र बैंकले सुरु गर्‍यो ७ लाखमाथिको कारोबारमा निगरानी

काठमाडौँ – नेपाल राष्ट्र बैंकले एक पटकमा ७ लाखभन्दा बढी कारोबार गर्नेमाथि कडा निगरानी थालेको छ। राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंकहरूलाई पत्र पठाउँदै सात लाखमाथिको कारोबार गर्नेको विवरण निर्धारित ढाँचामा पेस गर्न भनेको हो। एक लाखमाथिको करोबारमा स्रोत देखाउनु पर्ने र १० लाखसम्म नगद कारोबार गर्न पाइने भए पनि राष्ट्र बैंकले सात लाखमाथिको कारोबारमा निगरानी […]

एकैपटक ७ लाखभन्दा बढी कारोबार गर्नेमाथि राष्ट्र बैंकले थाल्यो निगरानी

नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई पत्र लेख्दै ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ।...

एकपटकमा ७ लाखभन्दा बढी कारोबार गर्नेमाथि राष्ट्र बैंकले थाल्यो निगरानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकपटकमा ७ लाखभन्दा बढी कारोबार गर्नेहरूमाथि निगरानी सुरू गरेको छ । वाणिज्य बैंकहरूलाई निर्देशन दिँदै राष्ट्र बैंकले त्यस्ता कारोबारीको विस्तृत विवरण निर्धारित ढाँचामा पेस गर्न भनेको हो । नेपालमा अहिले १० लाखसम्म नगद कारोबार गर्न पाइन्छ । पछिल्लो समय क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतमा अवैध कारोबार हुन थालेको एकपछि अर्को घटना बाहिरिरहेको […]

राष्ट्र बैंकका निगरानी, ७ लाखभन्दा बढीको कारोबार गर्नेको विवरण बुझाउन निर्देशन

पछिल्लो दिन नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शंकास्पद कारोबार बढ्नुका साथै हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगद प्रयोग बढेको भन्ने विश्लेषणका आधारमा राष्ट्र बैंकले कडाइ गरेको हो ।

अब तीन वर्षसम्म नोक्सानीमा रहेका संस्थालाई मात्र सूक्ष्म निगरानी

काठमाडौं। नेपाल राष्ट्र बैंकले अबदेखि तीन वर्षसम्म लगातार खुद नोक्सानीमा रहेका संस्थालाई सूक्ष्म निगरानी गर्ने भएको छ। आज सार्वजनिक भएको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यसअघि, लगातार २ वर्षसम्म खुद नोक्सानीमा रहेका ऋणी फर्म, कम्पनी वा संस्थालाई सूक्ष्म निगरानी गर्दै आएको थियो। व्यवसायीहरूले निरन्तर यो विषय सम्बोधन हुनुपर्ने बताए पनि राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको थिएन।

ठूला ऋणी राष्ट्र बैंकको निगरानीमा

नेपाल राष्ट्र बैंकले ठूला ऋणीमाथिको निगरानीलाई तीव्रता दिन अनुसन्धान प्रक्रिया अघि बढाएको छ । ठूला ऋणिमाथि निगरानी बढाएको राष्ट्र बैंकले हाल बैंकहरूलाई निर्देशन दिँदै ५० लाख रुपैयाँभन्दा बढी ऋण लिने ग्राहकको विवरण दैनिक रिपोर्टिङ गर्न भनेको छ । कोरोना महामारीबाट बच्न भन्दै लगाइएको निषेधाज्ञाको समय उद्योग व्यवसाय सञ्चालनमा नआउँदा पनि बैंकको कर्जा विस्तार उच्च भएपछि के कस्ता क्षेत्रमा कर्जा प्रवाह भइरहेका छन् रु सो विषयमा छानबिन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ५० लाख रुपैयाँभन्दा बढ