श्रीमतीसहित निर्वाचन आयोग पुगे रवि लामिछाने

काठमाडौं । रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । श्रीमती निकिता पौडेलकासाथमा लामिछाने आयोग पुगेका हुन् । उनले आजै राष्ट्रिय सभागृहमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी नामक दलको घोषणा गरेका थिए । अहिले आयोगमा सोही पार्टी दर्ता गराउनेछन् । निर्वाचन चिह्न घण्टी माग्ने तयारी उनले गरेका छन् ।

सम्बन्धित सामग्री

चितवन- २ मा रवि लामिछाने निर्वाचित

चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित हुनुभएको छ । लामिछानेले ३४ हजार २६४ मतान्तरले निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ । उहाँले ४९ हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका […]

प्रचण्डविरुद्ध आँधी बनेर उदाएका रवि लामिछाने

काठमाडौँ– धेरै होइन, झण्डै सात वर्ष पहिलेको मात्रै कुरा हो । रवि लामिछाने भर्खर अमेरिकाबाट फर्केर ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाइरहेका थिए । माओवादीसँग मिलेर प्रधानमन्त्री बनेका ओली प्रचण्डको समर्थन फिर्ता भएपछि सत्ताच्युत भए । नयाँ प्रधानमन्त्री बने प्रचण्ड । नेपाल टेलिभिजनको कार्यक्रम भएकाले नयाँ प्रधानमन्त्री प्रचण्ड बनेपनि कार्यक्रम सञ्चालन हुने आशामा थिए, रवि लामिछाने […]

रवि लामिछाने भारी मतान्तरले विजयी, एमाले तेस्रो

चितवन २ मा रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ४९ हजार २ सय ६४ पाए ।

रवि लामिछाने १४ सय मतले अघि

काठमाडौँ– चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेल भन्दा १४ सय ५ मतले अघि छन्। पछिल्लो मतगणना अनुसार लामिछानेले ५ हजार ७ सय ९८ मत ल्याएका छन् भने पोखरेलले ४ हजार ३ सय ९३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ८ सय ५३ मतका साथ तेस्रो […]

फेरि तेस्राेमा झरे रवि लामिछाने

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन् ।

चितवन–२ मा अझै रवि लामिछाने तेस्रो स्थानमा

५ मंसिर, चितवन । चितवन–२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायम राखेका छन् । सोमबार राति ४ हजार २४१ मत गणना हुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तेस्रो स्थानमा नै छन् । एमालेका पोखरेलले १६५०, नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३८३ र रास्वपाका लामिछानेले ९६३ मत पाएका छन् । हाल इच्छाकामना गाउँपालिकाको […]

चितवन २ : पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ र रवि लामिछाने पछाडि

नेपाली कांग्रेसका उमेश श्रेष्ठ १ हजार ३३४ मतका साथ पोख्रेललाई पछ्याई रहेका छन्। राष्टिय स्वतन्त्र पार्टीका रवि लामिछाने ८२६ मतका साथ तेस्रो स्थानमा छन्।

रवि लामिछाने र रमेश खरेलबिच भेटवार्ता

काठमाडौँ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबिच भेटवार्ता भएको छ । उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । सुशासन पार्टीले आफ्नो फेसबुक पेजमा तस्बिरसहित भेटघाटको जानकारी गराएको हो । दुई पार्टी पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको सुशासन पार्टीले जनाएको […]

कहाँबाट चुनाव लड्लान् रवि लामिछाने ?

७ असार, काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्लान् भन्ने चासो सबैलाई छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाएनन् । ‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,’ उनले भने, ‘तपाईँ कुन निर्वाचन क्षेत्रबाट कहाँबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ […]

रवि लामिछाने काठमाडाैंबाट चुनाव लड्ने

काठमाडाैं । सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनले आफुले काम गर्दै आएकाे ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे । लामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता थिए । रवीले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण […] The post रवि लामिछाने काठमाडाैंबाट चुनाव लड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.