लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेकी छन् । दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गरेकी हुन्। पटक–पटक गरी २० हजारदेखि दुई लाखसम्म ऋण लिई उनले व्यवसाय विस्तार गरिन् । हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक ५० […]