भुक्तानी ढिलाइ हुँदा निर्माण प्रभावितः महासंघ

नेपाल निर्माण व्यवसायी महासंघले विकास निर्माणको कामलाई र पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यक रहेको बताएको छ । १५औं निर्माण दिवसका महासंघका अध्यक्ष रवि सिंहले देशमा रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्ने सरकारको आवश्यक्ता आम नागरिक र निर्माण व्यवसायीलाई रहेको बताए । उनले कोरोना भाइरस, रुस–युक्रेन युद्ध, तरलताको अभाव, निर्माण सामग्री समयमा नै उपलब्ध […]

सम्बन्धित सामग्री

पाँच महीनापछि महाकाली पुल निर्माण शुरु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महीनापछि पुनः सञ्चालन भएको छ ।  पुल योजनामा काम गरेबापतको करोडौं रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो । केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम ६ महीनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको छ । विसं २०७४ मा निर्माण शुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर ६ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापतका रु साढे आठ करोड रकम हालै कम्पनीलाई उपलब्ध भएको जानकारी दिए ।  उनले पुलसँगै निर्माण हुन गइरहेको पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागका पु¥याउने प्रक्रियामा रहेको जानकारी दिए । ‘भेरिएसनका कारण अझै रु १५ करोड बक्यौता छ,’ उनले भने, ‘गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौं ।’ उनले ८ दशमलव ६ किलोमिटर ६ लेनको पहुँच मार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए । ‘रकम अभावलगायत कारण नभए ६ महीनाभित्र पुलको सबै काम सकिन्छ,’ इन्जिनियर पाण्डेयले भने, ‘कोरोना कहर, रकम अभाव र भेरियसन, डिजाइन स्वीकृति लगायतका कारणले पुल निर्माणमा ढिलाइ भयो ।’ रु तीन अर्ब ६६ करोड लागतमा बनिरहेको पुलसँगै सुदूरपश्चिमको व्यापारिक नाकाका रूपमा विकास गर्न खोजिएको छ । पुलसँगै महाकाली नदीपारिको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको काम पनि प्रक्रियामा छ । पुलको दुवैतर्फ बाँध बाधेर पर्यटकीय स्थल हुने गरी पोखरी निर्माण गरिएको छ । पसलको उत्तरतर्फ एक वर्ग किलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ ० दशमलव ३ वर्ग किलोमिटरका दुईवटा पोखरी निर्माण भएका छन् ।  गएको बर्सात्पछि पोखरीको डिजाइनमै समस्या आएपछि यहाँ ‘भेरिएसन’को काम धकेलिएको छ । रासस

पाँच महीनापछि महाकाली पुल निर्माण शुरु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महीनापछि पुनः सञ्चालन भएको छ ।  पुल योजनामा काम गरेबापतको करोडौं रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो । केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम ६ महीनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको छ । विसं २०७४ मा निर्माण शुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर ६ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापतका रु साढे आठ करोड रकम हालै कम्पनीलाई उपलब्ध भएको जानकारी दिए ।  उनले पुलसँगै निर्माण हुन गइरहेको पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागका पु¥याउने प्रक्रियामा रहेको जानकारी दिए । ‘भेरिएसनका कारण अझै रु १५ करोड बक्यौता छ,’ उनले भने, ‘गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौं ।’ उनले ८ दशमलव ६ किलोमिटर ६ लेनको पहुँच मार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए । ‘रकम अभावलगायत कारण नभए ६ महीनाभित्र पुलको सबै काम सकिन्छ,’ इन्जिनियर पाण्डेयले भने, ‘कोरोना कहर, रकम अभाव र भेरियसन, डिजाइन स्वीकृति लगायतका कारणले पुल निर्माणमा ढिलाइ भयो ।’ रु तीन अर्ब ६६ करोड लागतमा बनिरहेको पुलसँगै सुदूरपश्चिमको व्यापारिक नाकाका रूपमा विकास गर्न खोजिएको छ । पुलसँगै महाकाली नदीपारिको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको काम पनि प्रक्रियामा छ । पुलको दुवैतर्फ बाँध बाधेर पर्यटकीय स्थल हुने गरी पोखरी निर्माण गरिएको छ । पसलको उत्तरतर्फ एक वर्ग किलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ ० दशमलव ३ वर्ग किलोमिटरका दुईवटा पोखरी निर्माण भएका छन् ।  गएको बर्सात्पछि पोखरीको डिजाइनमै समस्या आएपछि यहाँ ‘भेरिएसन’को काम धकेलिएको छ । रासस

बजेट अभाव हुँदा अस्पताल निर्माणमा ढिलाइ

कैलालीको दुर्गम मोहन्याल गाउँपालिकामा १० शय्याको पालिकास्तरीय अस्पताल निर्माणमा ढिलाइ भएको छ । बजेट अभावले निर्माणमा ढिलाइ भएको गाउँपालिकाले जनाएको छ । सङ्घीय सरकारले बजेट नपठाउँदा निर्माण अगाडि बढाउन समस्या भइरहेको पालिकाका इन्जिनियर योगेन्द्र भण्डारीले बताउनुभयो । “ हाल भइरहेको कामको पनि भुक्तानी दिन सकिएको छैन,” इन्जिनियर भण्डारीले भन्नुभयो, “निर्माण कम्पनीलाई पालिकाले एक करोड रुपियाँ पेस्की दिएको थियो । त्यसपछिको कामको भुक्तानी हुन सकेको छैन ।”

सरकारले भुक्तानी नदिँदा बसपार्क निर्माण ढिलाइ

पर्वतको कुस्मा नगरपालिका–६, बान्द्रेविढी चौरमा निर्माणाधीन कुस्मा बसपार्कको काम निर्माणमा ढिलाइ भइरहेको छ। बजेट अभावकै कारण तोकिएको समयभित्र निर्माण गर्न कठिनाइ भएको निर्माण कम्पनीले बताएको छ। निर्माण कम्पनीले आयोजनाबाट समयमा रकम पाउन नसकेपछि निर्माण सम्झौताको म्याद थपिने भएको छ। असोज १५ भित्र सम्पन्न गरिसक्नुपर्ने भनी निर्माण कम्पनीले एक वर्षअघि सात करोड १५ लाख लागतको बसपार्क निर्माणको सम्झौता गरेको थियो।

निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड

काठमाडौं । नेपाल उद्योग परिसंघले निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएको छ । परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग यस्तो आग्रह गरेको हो । मन्त्री ज्वालासँग बिहीबार भेट गरी परिसंघका पदाधिकारीले अर्थतन्त्र सुधारका लागि सुझाव समेत प्रस्तुत गरेका छन् । भेटमा परिसंघका कार्यवाहक अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पूँजीको अभाव, निर्माण क्षेत्रमा भएको ढिलाइ लगायत विषयमा ध्यानाकर्षण गराएका थिए । निजीक्षेत्रको मनोबल बढाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । निर्माण क्षेत्रलाई चलायमान बनाउन सकिए अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने उनले बताए । निर्माण क्षेत्रमा दिइनुपर्ने भुक्तानी छिटो निकासा गराउन आग्रह गर्दै उनले त्यसले बजारमा तरलता बढाउन सघाउने धारणा राखे । यस्तै न्यून मूल्यमा बोलकबोल गर्नेलाई परियोजना दिने विषयमा सुधार गर्न, धेरै परियोजनामा बजेट छर्नुभन्दा निश्चित परियोजना समयमै सक्नेगरी अगाडि बढ्नुपर्ने सुझाव परिसंघले दिएको छ । भेटमा मन्त्री ज्वालाले न्यून मूल्यमा बोलकबोलको विषय विगतमा सुधार गर्न खोजिए पनि प्रभावकारी हुन नसकेको सन्दर्भमा सुधार गर्न लाग्ने बताएका थिए ।

अलपत्र चारलेन सडक निर्माण शुरू

राँझा । बाँकेको खजुरा बजार क्षेत्रमा लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण शुरू भएको छ । खजुरा गाउँपालिका, स्थानीय र सरोकारवाला निकायले पटक–पटक आग्रह गरेपछि ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले बुधवारदेखि काम शुरू गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले जानकारी दिए । सडक डिभिजन नेपालगञ्ज अन्तर्गत बाँकेको खजुरा बजारमा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र हुँदा जनताले सास्ती बेहोर्नुपरेको छ । समयमै सडक नबन्दा जनताले दुःख पाइरहेको अवस्थालाई ध्यान दिँदै सडक निर्माणका लागि पहल गरिएको अध्यक्ष विकले बताए । २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चार लेन सडक निर्माण थालिएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण सम्पन्न हुन सकेको छैन । गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी २२ करोड रुपैयाँ लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । २०७८ चैत ३० मा पहिलोपटक म्याद गरिएको थियो, जसमा २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिए । उनका अनुसार, निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । २०७४ सालमा काम शुरू भएयता निर्माण कम्पनीले करीब १८ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपिरहेको छ । रासस

बजार जोगाउन मादीमा बाँध निर्माण

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारलाई बाढीबाट जोगाउन मादी नदी किनारमा बाँध निर्माण थालिएको छ । गतवर्ष मादीमा आएको बाढीले कटान गरेपछि दमौली जोखिममा परेको थियो । अहिले बाँध निर्माणको काम धमाधम भइरहेको छ ।  पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–३ मादी किनारमा दुई सय ५२ मिटर ग्याबिन तारसहित बाँध निर्माण गरिएको जिल्ला सिँचाइ विकास डिभिजन कार्यालयका  प्रमुख रमेशराज शर्माले जानकारी दिए । व्यास–३ तल्लो भतेरीमा बाढी बस्तीमा पसेपछि जोखिम कम गर्ने उद्देश्यले बाँध निर्माण गरिएको हो । चालू आर्थिक वर्ष २०७९–८० को असार मसान्तभित्र बाँध निर्माण सम्पन्न गर्नेगरी एमआर गु्रप चितवनले गतवर्ष निर्माणको ठेक्का लिएको थियो । यसका लागि गण्डकी प्रदेश सरकारले दुई करोड ५० लाख विनियोजन गरेपछि निर्माण थालिएको हो । ‘निर्माण अन्तिम चरणमा पुग्दा बजेट निकासामा ढिलाइ भएको छ,’ प्रमुख शर्माले भने । उनका अनुसार हालसम्म रू. २० लाख मात्रै भुक्तानी भएको छ । रासस

बढ्दो इन्धन मूल्यले विकास निर्माण प्रभावित

चैत ४, काठमाडौं । पछिल्लो समयमा गति लिएको पूर्वाधार निर्माण क्षेत्र इन्धन तथा निर्माण सामग्रीको मूल्य बढेपछि प्रभावित बन्न थालेको छ ।  इन्धन, बिटुमिन र डन्डीको मूल्यमा उल्लेख्य वृद्धिले पछिल्लो समय निर्माण व्यवसायीहरूले कामको गति घटाउन थालेका छन् ।  विकास निर्माणको मुख्य याममै इन्धन, बिटुमिन र डन्डीको मूल्य वृद्धिले विकास निर्माण प्रभावित बन्न थालेको सरकारी अधिकारी र निर्माण व्यवसायीहरू तर्क गर्छन् ।  मूल्य वृद्धिका कारण निगमका नयाँ विकासका योजनाहरू स्थगित गर्ने नेपाल आयल निगमले समेत उल्लेख गरेको छ । सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले इन्धनको मूल्य बढ्दा विकास आयोजनाको लागत पनि बढ्ने बताए ।  ‘अहिलेसम्म निर्माण व्यवसायीहरूबाट लिखित जानकारी नआए पनि मौखिक रूपमा मूल्य वृद्धिले निर्माण प्रभावित भएको जानकारी आएको छ,’ उनले भने, ‘मूल्य वृद्धिले निर्माण व्यवसायीहरूको लागत बढाउँछ भने उनीहरूले बढेको मूल्यअनुसार लागत दाबी गर्छन् र यसले अन्तत: आयोजनाकै लागत बढाउँछ ।’ पछिल्लो समय इन्धनको मूल्य बढ्दा निर्माण व्यवसायीहरूले काम ढिलो गर्न थालेको नेपालले बताए ।  सार्वजनिक खरीद नियमावलीअनुसार मूल्य वृद्धि उच्च भई लागत बढेमा ठेक्का सम्झौताको अवस्था हेरेर बढीमा २५ प्रतिशतसम्म रकम सम्बद्ध निकायबाट उपलब्ध गराउने प्रावधान छ । सोहीअनुसार निर्माण व्यवसायीको दाबी परेमा मूल्यांकन गरेर थप लागत भुक्तानी गर्नुपर्ने नेपालले उल्लेख गरे ।  विकास निर्माणका सामग्रीहरू इन्धन, बिटुमिन र डन्डीको मूल्य बढेसँगै यसको भार अन्तत: सरकारलाई नै पर्ने उनको भनाइ छ ।  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मूल्य वृद्धिका कारण काम गर्न नै समस्या भएको र लागत पनि बढ्दो क्रममा रहेको बताए । चर्को मूल्यमा डन्डी, बिटुमिन किनेर निर्माण गर्न नसकिने भन्दै उनले मूल्य वृद्धि निर्देशिका जारी गर्न आग्रह गरे ।  प्रतिकेजी रू. ६० पर्ने डन्डीको मूल्य अहिले बढेर प्रतिकेजी रू. १२६ सम्म पुगेको र अन्य निर्माण सामग्री पनि मूल्य बढेकाले निर्माण लागत महँगो पर्न आएको उनले बताए । महासंघको २३ औं साधारणसभामा पनि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मूल्य वृद्धिलाई सम्बोधन गर्न भनिएको उनले बताए । अहिलेसम्म सरकारबाट ठोस पहल नभएको भन्दै उनले शुक्रवार मुख्यसचिव शंकरदास वैरागीसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए । मूल्य वृद्धि सम्बोधनका लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मलाई भेटेर ज्ञापनपत्र बुझाउने उनले उल्लेख गरे ।  एक सातामा आफ्ना माग सम्बोधन नभए  देशभरकै काम रोक्ने चेतावनी उनले दिएका छन् । कालिका कन्स्ट्रक्शन कम्पनीका कार्यकारी निर्देशक निकोलस पाण्डेले बढ्दो इन्धनको मूल्यले निर्माण व्यवसाय क्षेत्र निकै अप्ठ्यारो अवस्थामा रहेको बताए ।  ‘काम समयमै सम्पन्न नगर्दा उल्टो जरीवाना तिर्नुपर्छ भने अर्कोतिर सम्झौता म्याद सकिएमा आयोजनाको म्याद थप्न नै जटिल हुन्छ,’ पाण्डेले भने, ‘अहिले अवस्था अप्ठ्यारो रहेकाले काममा ढिलाइ गर्ने अवस्था आएको छ ।’ उनले ठेक्काहरूमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण २० देखि ३० प्रतिशतसम्म कममा ठेक्का पाएको अवस्थामा मूल्य वृद्धिले थप समस्यामा पार्ने बताए । बढ्दो मूल्यका कारण निर्माण व्यवसायीहरू नै समस्यामा पर्न सक्ने र अहिले व्यवसायीहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको उनको भनाइ छ । विकास निर्माण रोक्नुभन्दा पनि सरकारसँग छलफल गरेर उपयुक्त बाटो अपनाउन आवश्यक भएको उनले बताए । नेपाल आयल निगमले बुधवार प्रेस विज्ञप्ति जारी गरेर निगमका नयाँ विकास निर्माणका सबै काम रोक्ने सोचमा रहेको उल्लेख गरेको छ । रूस–युक्रेनको जारी तनावका कारण अन्तरराष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

मुग्लिन–नारायणगढ सडक : बजेट अभावले पुल निर्माणमा ढिलाइ

चितवन । निर्माणाधीन मुग्लिन–नारायणगढ सडक खण्डका पुलका लागि बजेट अभाव भएको छ । मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर कृष्ण आचार्यले आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयबाट विनियोजन हुन नसक्दा पुल निर्माण प्रभावित भएको बताए । मुग्लिन नारायणगढ सडकलाई तीन वर्षअघि विस्तार गरिएसँगै पुल पनि फराकिलो बनाउने काम शुरू भएको दुई वर्ष पनि बितिसक्यो । सो सडकखण्डमा १९ ओटा पुल छन् । तीमध्ये चारओटा पुल निर्माण सडकसँगै सकिसकेको छ । बाँकी १५ ओटा पुल निर्माणका लागि २०७६ चैतमा ३३ महिनामा निर्माण सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो ।      सम्झौताको अवधि २०७९ मङ्सिरसम्म रहेको छ । सबै पुलको भौतिक प्रगति औसत ५० प्रतिशत रहेको इञ्जिनीयर आचार्यले बताए । आठ पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । अब ती पुललाई सडकसँग जोड्न मात्र बाँकी छ । सडकसँग जोड्न घर टहरा भत्काउनुपर्ने हुन्छ । इञ्जिनीयर आचार्यले घरटहरा भत्काउन र मुआब्जा वितरणका लागि बजेट अभाव भएको बताए । उनका अनुसार पुल सञ्चालनका लागि सो खण्डका २० भन्दा बढी घरटहरा भत्काउनुपर्छ । मुआब्जा वितरणका लागि करिब एक करोड १० लाख आवश्यक पर्ने अनुमान गरी अर्थ मन्त्रालयमा पत्र पठाइएको उनको भनाइ छ । मुग्लिन नारायणगढ सडकमा ठेक्का लागिसकेका १५ ओटा पुलमध्ये तीओटा पुलको काम अझै शुरू भएको छैन । दुईओटा पुल निर्माण भौगोलिक हिसाबले कठिन देखिएको आचार्यले बताए । मुग्लिन नजिक रहेका तुइन खोला र चिसेन्जी खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्था जटिल रहेको र कसरी गर्ने भन्नेबारे अध्ययन जारी रहेको उनको भनाइ छ । निर्माण कम्पनीलाई भुक्तानी दिन पनि बजेट अभाव भएको उनले बताए । चालू आर्थिक वर्षको हालसम्म १५ करोड मात्र बजेट प्राप्त भएको भन्दै उनले आवश्यक बजेट नआउँदा पुल निर्माणमा ढिलाइ भएको दाबी गरे । मुग्लिन नजिकैको खहरे खोलाबाट रिग्दी खोलासम्मका सातओटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठओटा पुललाई प्याकेज–२ बनाएर सम्झौता गरिएको थियो । प्याकेज–१ का पुल निर्माणका लागि ६७ करोड ९९ लाख ५९ हजार तथा प्याकेज–२ का पुल निर्माणका लागि ५९ करोड ५ लाख ५९ हजारमा ठेक्का सम्झौता गरिएको थियो । हाल मुग्लिन नारायणगढ सडकमा पुराना पुलहरूको चौडाइ ५.५ मिटरदेखि ६ मिटर छ । अब बन्ने पुलहरूको चौडाइ ९ मिटरदेखि ११ मिटरसम्म हुने इञ्जिनीयर आचार्यले जानकारी दिए । रासस

नेपाल–भारत मैत्री पोलिटेक्निक : भुक्तानी ढिलाइले निर्माण सुस्त

हेटौँडा उपमहानगरपालिका–६ स्थित चित्रेपानीमा निर्माणाधीन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानको निर्माणमा ढिलाइ भएको छ । प्रतिष्ठान निर्माणको क्रममा निर्माण सामग्रीको अभाव र भुक्तानीमा भएको ढिलाइका कारण निर्माणले गति लिन नसकेको हो । प्रतिष्ठान भवन दुई वर्षभित्र सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन्स् कन्सल्ट्यान्ट्स इन्डिया लिमिटेड (टीसीआईएल)ले २०७६ भदौ १४ गते निर्माण सम्झौता गरेको थियो । निर्माण सम्पन्न गर्ने सम्झौता अवधि सकिएर पाँच महिना बितिसक्दासमेत प्रतिष्ठानको भवन निर्माणको कामको भौतिक प्रगति ५० प्रतिशतसम्म पनि भएको छैन ।