निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड

काठमाडौं । नेपाल उद्योग परिसंघले निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएको छ । परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग यस्तो आग्रह गरेको हो । मन्त्री ज्वालासँग बिहीबार भेट गरी परिसंघका पदाधिकारीले अर्थतन्त्र सुधारका लागि सुझाव समेत प्रस्तुत गरेका छन् । भेटमा परिसंघका कार्यवाहक अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पूँजीको अभाव, निर्माण क्षेत्रमा भएको ढिलाइ लगायत विषयमा ध्यानाकर्षण गराएका थिए । निजीक्षेत्रको मनोबल बढाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । निर्माण क्षेत्रलाई चलायमान बनाउन सकिए अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने उनले बताए । निर्माण क्षेत्रमा दिइनुपर्ने भुक्तानी छिटो निकासा गराउन आग्रह गर्दै उनले त्यसले बजारमा तरलता बढाउन सघाउने धारणा राखे । यस्तै न्यून मूल्यमा बोलकबोल गर्नेलाई परियोजना दिने विषयमा सुधार गर्न, धेरै परियोजनामा बजेट छर्नुभन्दा निश्चित परियोजना समयमै सक्नेगरी अगाडि बढ्नुपर्ने सुझाव परिसंघले दिएको छ । भेटमा मन्त्री ज्वालाले न्यून मूल्यमा बोलकबोलको विषय विगतमा सुधार गर्न खोजिए पनि प्रभावकारी हुन नसकेको सन्दर्भमा सुधार गर्न लाग्ने बताएका थिए ।

सम्बन्धित सामग्री

अर्थतन्त्र चलायमान बनाउन उद्योगीहरूको आग्रह

नयाँ औद्योगिक क्षेत्रको स्थापना, औद्योगिक वातावरण र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठोस नीति र विधि बनाउँदै अगाडि बढ्न रुपन्देहीका उद्योगीहरूले राज्यसँग आग्रह गरेका छन् । रुपन्देही उद्योग संघले आइतवार बुटवलमा गरेको मोतीपुर...

‘अर्थतन्त्रलाई चलायमान बनाउनेबारे सिंहदरबारमा छलफल’

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रलाई चलायमान बनाउनेबारे छलफल गर्न आह्वान गरेको बैठक सुरु भएको छ । सो छलफलमा नेपाल सरकारका मन्त्रीहरु, मुख्यमन्त्रीहरु, सचिवहरु, संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु र निजी क्षेत्रका प्रतिनिधि सहभागी छन् । प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा सुरु बैठकमा समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाह लिने बताईएको छ । हिजो […]

जात्राले अर्थतन्त्र चलायमान

जुम्ला– जुम्लामा लाग्ने कर्णालीकै लामो तथा ठूलो जात्रा सुरु भएसँगै अर्थतन्त्र चलायमान भएको छ । विगत तीन वर्षदेखि कोरोनाका कारण भव्य रूपमा सञ्चालन हुन नसकेको जात्रामा यस वर्ष सुरुदेखि जात्रुको उल्लेखनीय सहभागिता छ । जसका कारण जात्राले जुम्लाको अर्थतन्त्र चलायमान बनाएको हो । कोरोनाका कारण विगतका दुई वर्ष जात्रा सञ्चालन हुन सकेन भने बितेको वर्षमा […]

'जग्गाको कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुने अवस्था छैन'

काठमाडौं : नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले जग्गा कित्ताकाट खोल्दैमा तत्कालै अर्थतन्त्र चलायमान हुने अवस्था नरहेको बताएका छन्। अध्यक्ष लोहनीले घर जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै घर जग्गा कारोबारमा भने सहजता आउने बताएका हुन्।उनले जग्गा कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुन्छ भन्नु ओभर कन्फिडेन्स हुने उल्लेख गरे। उनले मुलुकको वर्तमान अर्थतन्त्र चलायमान जग्गाको कित्ताकाट खोलेर मात्रै नभएर अर्थतन्त्रका अन्य परिसूचकहरु पनि सुधार हुन आवश्यक र

‘चुनावी खर्चले अर्थतन्त्र चलायमान हुन्छ’

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भएको खर्चले समग्र अर्थतन्त्र सामान्य रुपमा चलायमान हुने अर्थविद्हरुले बताएका छन् । निर्वाचनका लागि राजनीतिक दल र सरकारले खर्च गर्ने रकम बजारमा जाँदा अर्थतन्त्र थप चलायमान हुने अर्थविद्हरुले अनुमान गरेका हुन् । गत आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । तर […]

फुटबललाई चलायमान बनाउन माग

अखिल नेपाल फुटबल खेलाडी संघले फुटबललाई चलायमान बनाउन माग राख्दै बिहीबार अखिल नेपाल फुटबल संघ(एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ।...

स्थानीय चुनावले अर्थतन्त्र चलायमान हुने

वास्तवमा स्थानीय चुनावले निर्वाचन आयोगको औपचारिक खर्चभन्दा पनि स्थानीय तहमा आर्थिक गतिविधिहरू बढेर अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्छ । सरकारले स्थानीय चुनावको घोषणा गर्ने तयारी गरिरहँदा निर्वाचन आयोगले चुनावका लागि लाग्ने अनुमानित खर्चको हिसाब निकालेको छ । वास्तवमा स्थानीय चुनावले निर्वाचन आयोगको औपचारिक खर्चभन्दा पनि स्थानीय तहमा आर्थिक गतिविधिहरू बढेर अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्छ […]

दलहरूको निर्वाचनले अर्थतन्त्र चलायमान हुँदै

कोभिड–१९ ले थलापरेको आर्थिक क्षेत्र प्रमुख राजनीतिक दलहरूको पार्टीभित्रको निर्वाचनले चलायमान बनाउन थालेको छ ।राजनीतिक दलहरूको निर्वाचनसँंगै आर्थिक क्षेत्र पनि चलायमान हुँदै गएको आर्थिक क्षेत्रका जानकार बताउँछन् । अहिले प्रमुख तीन पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको वडादेखि केन्द्रसम्म निर्वाचन सुरु भएको छ । प्रमुख राजनीतिक दलहरूको महाधिवेशन/राष्ट्रिय सम्मेलन चलिरहेकाले राजनीतिसँगै अर्थतन्त्रमा पनि […]

महामारीमा सेलाएको 'फेशन इण्डस्ट्री' बिस्तारै चलायमान हुँदै

काठमाण्डाै – कोरोना भाइरस महामारीको जोखिमका कारण सेलाएको फेशन इण्डस्ट्री बिस्तारै चलायमान हुन थालेको छ । विगत दुई वर्ष यता कोरोना भाइरस महामारीको जोखिमका कारण सेलाएको फेशन इण्डस्ट्री विस्तारै पनः चलायमान हुन थालेको हो । इण्डस्ट्रीलाई चलायमान बनाउन शनिबार काठमाण्डाैमा आईसी कलेजले आर्ट एण्ड फेशनको १० औँ संस्करणको अडिशन राउण्ड शुरु गरेको छ । कार्यक्रममा आयोजक रवि धमलाले नदेखिने गरी ठूलो क्षति भएको क्षेत्र नै फेसन इण्डस्ट्री भएको बताउनुभयो । उहाँले २ वर्षमा कुनैपनि फेशनका गतिविधिहरु गर्न नपाएको गुनासो राख्...