सरकारले भुक्तानी नदिँदा बसपार्क निर्माण ढिलाइ

पर्वतको कुस्मा नगरपालिका–६, बान्द्रेविढी चौरमा निर्माणाधीन कुस्मा बसपार्कको काम निर्माणमा ढिलाइ भइरहेको छ। बजेट अभावकै कारण तोकिएको समयभित्र निर्माण गर्न कठिनाइ भएको निर्माण कम्पनीले बताएको छ। निर्माण कम्पनीले आयोजनाबाट समयमा रकम पाउन नसकेपछि निर्माण सम्झौताको म्याद थपिने भएको छ। असोज १५ भित्र सम्पन्न गरिसक्नुपर्ने भनी निर्माण कम्पनीले एक वर्षअघि सात करोड १५ लाख लागतको बसपार्क निर्माणको सम्झौता गरेको थियो।