शेयर बजार राताम्मे, कारोबार रकम डेढ अर्ब रुपैयाँ पनि पुगेन, ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाण्डाै – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ८९ अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ४१ विन्दुमा झरेको छ । म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २४ वटा कम्पनीका ३२ लाख ५३ हजार कित्ता शेयर एक अर्ब ४६ करोड सात लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै सूर्य लाइफ इन्सुरेन्सको नौ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेर...

सम्बन्धित सामग्री

तिहारअघिको अन्तिम कारोबारमा शेयर बजार बढ्यो

काठमाडौं । तिहारअघिको अन्तिम कारोबार दिन (आइतबार) शेयर कारोबार सकारात्मक बनेको छ । नेप्से सूचक वृद्धि भएको छ भने कारोबार रकम औसतमा रहेको छ । यस दिन नेप्से सूचक १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा अडिएको छ । ५१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । […]

आज पनि शेयर बजारमा हरियाली, ५४ अंकले सूचक बढ्दा ४ अर्ब बढीको कारोबार

आज सोमबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५४.४५ अंकले बढेर २१३२.९६ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर खरिद बिकीबाट ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९ सय ४१ रुपैयाँ ३७ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबै भन्दा धेरै १५ करोड २९ लाख, अरुण काबेली पावरको १४ करोड ५१ लाख, नेपाल टेलिकमको ११ करोड ५१ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ४९ लाख तथा अपर तामाकोशीको १० करोड ६० लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ७.९ प्रतिशत तथा विकास बैंक समुह ५.८४ प्रतिशतले बढेको छ। त्यस्तै हाइड्रो समुह ४.५ प्रतिशतले बढेको छ । आज नारायणी विकास बैंक, मल्टीपर्पोज फाइनान्स, सुर्योदय वोमी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रो लगायत १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बढी गुमाउने ऋणपत्र र सामुहिक लगानी कोषका इकाईहरु रहेका छन् । यस अघि हिजो आइतबार शेयरबजार परिसूचक नेप्से ६१.०५ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २०७८.५१ को बिन्दुमा पुगेर रोकिएको थियो । आइतबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा आज कारोबार रकम ४ अर्ब बढी रहेको छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले लगानीकर्ताहरुले उठाई रहेका ब्यबस्था परिमार्जन गरेपछि लगानीकर्ता उत्साहित भएका हुन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत कायम गरेको छ। त्यस्तै शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु १२ करोड कायम गरिने उल्लेख छ । ४/१२ भनेर परिचित यस नीतिमा ४ खारेज भएर १२ को सीमा कायम रहेको हो।   शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने मौद्रिक नीतिमा उल्लेख छ।

लामो समयपछि १ करोड कित्ता शेयर किनबेच, कारोबार रकम ४ अर्ब नाघ्यो

आज सोमबार शेयर बजार परिसूचक नेप्से घटेको छ । तिब्र उतारचढाव आएको नेप्से सूचक कारोबार अन्त्य हुँदा ९.७५ अंकले घटेर २०६७.६७ को बिन्दुमा पुगेर रोकिएको छ ।नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज कारोबारमा आएका २३४ कम्पनीका १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३ रुपैयाँ २१ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको १७ करोड ५८ लाख, हिमालयन डिस्टिलरीको १६ करोड ९० लाख, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख तथा अरुणकाबेली पावरको ११ करोड ७८ लाखको कारोबार भएको छ । लामो समयपछि आज नेप्सेमा १ करोड कित्ता बढी शेयर कारोबार भएको हो भने कारोबार रकम ४ अर्ब नाघेको हो ।आज सिवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सामलिङ पवरको शेयर मूल्य ७.७० प्रतिशत तथा साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य ६.८५ प्रतिशत बढेको छ । आज युनियन हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.१८ प्रतिशतले घटेको छ भने ग्रीनलाइफ हाइड्रोको शेयर मूल्य ६.०४ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये ट्रेडिङ, लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्स  बाहेकका सबै समुहगत सूचक घटेका छन् । ट्रेडिङ समुह सर्वाधिक ६.८२ प्रतिशतले बढेको छ।

शेयर बजारमा सुक्खा : ५ दिनमा १४० अंक घट्यो नेप्से, कारोबार रकम २ अर्बभन्दा कम

चैत २३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार पनि नेप्सेको ओरालो यात्रा कायमै रहेको छ । यस दिन नेप्से परिसूचक २३ दशलमव ३२ अंक घटेर २४२८  बिन्दुमा झरेको हो । कारोबारमा आएका २२६ धितोपत्रको ४३ लाख ७९ हजार ४२ कित्ता शेयरको ३८ हजार २६२ पटकमा रू. १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ बराबरको शेयर खरीदविक्री भएको हो । वित्तीय प्रणालीमा तरलता अभाव ब्याजदर वृद्धिले गर्दा केही समय देखि शेयर बजार नराम्रो सँग प्रभावित भएको छ । मंगलवार पनि नेप्से परिसूचक ४६ अंक घटेको थियो । बुधवार शुरुको १५ मिनेट अवधिमा बजार २ हजार ४१८ मा सम्म आएको थियो सो अवधिमा भने खरीदकर्ता आर्कषित भएको थिए भने अन्तिमममा विक्रेतानै हावी भएको देखियो । चैत मसान्तमा बैंकको साँवा र ब्याज तिर्नुपर्ने र यहि बेलामा  राज्यलाई कर तिनु पर्ने भएकाले पनि  शेयर बजार घटेको हो । बजार धेरै तल आइसकेको छ । कम्पनीहरुको शेयर मूल्य धेरैनै सस्तिएको छ । सोही कारण पनि बजारमा खरीदकर्ता आउने अनुमान लगाउन सकिन्छ ।  बुधवार कारोबारमा आएका २२६ धितोपत्र मध्ये नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५४५ दशलमव ५० पुगेको हो । त्यसैगरी दोस्रोमा सोल्टी होटलको शेयर मूल्य ३ दशलमव ९९ प्रतिशत वृद्धि भएर रू. २३७ पुगेको हो । त्यसैगरी बुधवार इमर्जिङ्ग नेपालको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १९० दशलमव ७० म ाझरेको छ । सर्वाधिक शेयर खरीद विक्री हिमालयन डिष्टीलरीको रू. ९ करोड ४१ लाख बराबरको भएको छ ।

शेयर बजार ३८ अंकले घट्यो, कारोबार रकम ४ अर्ब मात्रै

साताको चौथो दिन बुधवार नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७७६.६१ अंकमा आइपुगेको छ ।  बुधवार २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयरको ६१ हजार पटक कारोबार भएको छ । यसबाट जम्मा चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रूपैयाँको कारोबार भएको छ । बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।  सीईडीबी हाइड्रोपावर, सानिमा जनरल इन्स्योरेन्स, मैलुङखोला जलविद्युत कम्पनी सहितका कम्...

साताको शेयर बजार : नेप्से परिसूचक ७३.२३ अंक घट्यो, १६ अर्बभन्दा बढीको कारोबार

पुस ३, काठमाडौं । अघिल्ला दुई साता निरन्तर पाँच प्रतिशतभन्दा बढीले घटेको नेप्से परिसूचक यो साता भने २ दशमलव ९९ प्रतिशत घटेको छ । गत साता २ हजार ४४९ दशमलव ९७ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ३७६ दशमलव ७४ विन्दुमा बन्द भएको हो । गत साताभन्दा यो साता नेप्से परिसूचक अंकमा भने ७३ दशमलव २३ अंक तल झरेको हो ।  यो साता बजारले ६ प्रतिशतको सकारात्मक सर्किट देख्न पाएको थियो । पहिलो कारोबार दिन ८८ दशमलव ७३ अंक र दोस्रो दिन ७९ दशमलव ५७ अंक घटेको बजार तेस्रो कारोबार दिन भने ६ प्रतिशत अर्थात् १३७ दशमलव १८ अंकले बढेर कारोबारको करीब साढे २ घण्टाको अवधिमै बन्द भएको थियो ।  उक्त दिन बजार दुई पटक सकारात्मक सर्किट लागेको थियो । त्यस दिन १२ बजेर ३८ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पहिलो सकारात्मक सर्किट लागेको थियो । पहिलो सर्किटपछि ४० मिनेट बन्द भई खुला भएको बजार ९ मिनेटभित्रै थप एक प्रतिशत बढेपछि पुरै दिनका लागि कारोबार बन्द भएको थियो । तेस्रो दिन सकारात्मक सर्किट सहित बन्द भएको बजार चौथो दिन भने ४ दशमलव २३ अंकले घटेर बन्द भएको थियो । साताको अन्तिम कारोबार दिन भने बजार ३७ दशमलव ८७ अंकले घटेको हो । बजारमा लगानीयोग्य पूँजीको अभावका कारण बजार प्रभावित बनिरहँदा आइतवार माओवादीका अध्यक्ष प्रचण्डले एक कार्यक्रममा बोल्दै औधोगिक क्षेत्रमा लगाउनु पर्ने लगानी धितोपत्र बजारमा हुनु भनेको साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका थिए ।  धितोपत्र दोस्रा बजार सूचनाको जोखिमका विच सञ्चालन हुने भएकाले माओवादी अध्यक्ष प्रचण्डको उक्त अधिव्यक्तिपछि पनि थप प्रभावित बनेको लगानीकर्ताहरुको आरोप छ । बजारले नकारात्मक कुराहरुलाई पचाईसकेकाले तरलता अभावका विच पनि बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर स्थिर राख्नु बजारका लाथि सकारात्मक रहेको टिप्पणी ब्रोकरहरुले गरेका छन् । यसका कारण पनि केहि समयदेखि निरास बनेका लगानीकर्ताहरु थप आशावादी बनेको ब्रोकरहरु बताउँछन् । यो साता बजारका समग्र परिसूचकहरु गत साताभन्दा कम भएका छन् । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ७१ अंकले घटेको छ । गत साता ४६५ दशमलव २४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४५३ दशमलव ५३ विन्दुमा झरेको हो । कारोबार रकम पनि गत साताभन्दा यो साता ९८ करोड ७७ लाख ६७ हजारले घटेको छ । गत साता रू. १७  अर्ब ९ करोड ८६ लाख ७० हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. १६ अर्ब ११ करोड ९ लाख ३ हजार बराबरको शेयर कारोबार भएको हो । कारोबार रकमसँगै यो साता ३० लाख २२ हजार ९५ कित्ता कम शेयर कारोबार भएको छ । गत साता ३ करोड ९५ लाख ६  हजार ९६६ कित्ता शेयर कारोबार भएकोमा यो साता ३ करोड ६४ लाख ८४ हजार ८७१ कित्ता शेयर कारोबार भएको हो । बजारका महत्वपूर्ण परिसूचकहरुमा कमी आएको यो साता सूचीकृत कम्पनीहरुको कुल शेयरमूल्य पनि रू. १ खर्ब २ अर्ब ८१ करोड ४४ लाखले घटेको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३४ खर्ब ४४  अर्ब २६ करोड ४२ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाखमा झरेको छ । यो साताको बजारका सूचकहरुको अवस्था :                                                                       स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता निर्जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाए : यो साताको कारोबारमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरुको सम्पत्तिको मूल्य सर्वाधिक घटेको छ । गत साता १० हजार ८२६ दशमलव ७६ विन्दुमा रहेको निर्जीवन बीमाको समूहगत परिसूचक यो साता १० हजार १९८ दशमलव २८ व्न्दिुमा झरेको हो । गत साताभन्दा यो साता निर्जीवन बीमा समूहको परिसूचक ५ दशमलव ८० प्रतिशत घटेको हो । यो साता सबै समूहगत परिसूचक घटेका छन् । निर्जीवन बीमासँगै विकास बैंक समूहको परिसूचक ५ दशमलव ७८ प्रतिशत घटेको छ । त्यस्तै, व्यापारिकको ५ दशमलव ६५ प्रतिशत, बैंकिङको १ दशमलव ४९ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ३२ प्रतिशत, जलविद्युतको ३ दशमलव ८७ प्रतिशत, वित्तको २ दशमलव ३९ प्रतिशत, जीवन बीमाको ४ दशमलव ४२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८० प्रतिशत र लगानी समूहको २ दशमलव ९८ प्रतिशत परिसूचक घटेको हो । साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था :                                                           स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

साताको शेयर बजार : रू. १६ अर्बको कारोबार

कात्तिक २७, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो ।             साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो ।             बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ । एउटा संस्थाबाट ४ करोड रुपैयाँ र बढीमा १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिका कारण पनि बजारले गति समात्न नसकेको विश्लेषण भइरहेको छ ।             नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कुल २३० ओटा कम्पनीको शेयर कारोबार भयो । पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनसम्म १३९ दशमलव ३५ अंकले नेप्से परिसूचक ओरालो लागेको देखिन्छ । कुल २ करोड ८६ लाख ४०९ कित्ता शेयर  १६ अर्ब ६ करोड ८० लाख ५१ हजार १९० मूल्यमा खरीदविक्री भए ।             दीपावलीको बिदापछि खुलेको पहिलो कारोबार दिन नै नेप्से परिसूचक भने दोहोरो अंकले ओरालो लाग्यो । सोमवार नेप्से १९ दशमलव २० अंकले घटेर २ हजार ८२९ दशमलव ६४ मा आर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २ दशमलव ७१ ले ओरालो लागेर ५२८ दशमलव ३७ मा झरेको थियो । त्यस दिन कारोबार रकम पनि खासै बढेको देखिएन । कुल २३० ओटा कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ मूल्यमा खरीदविक्री भए । सोमवारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ७९ अर्ब ७ करोड ६६ लाख १० हजार रुपैयाँ बराबर रहेको थियो ।             नेप्सेका अनुसार कारोबार भएका कुल १३ ओटा उपसमूहमध्ये सोमवार तीन ओटा उपसमूहको शेयर उकालो लाग्यो भने १०ओटा उपसमूहको शेयर भने ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको ५२ करोड १० लाख ३ हजार ५९० रुपैयाँ बराबरको कारोबार भयो ।             मंगलवार नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २ हजार ७४९ दशमलव ८५ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव शून्य २ अंकले घटेर ५१२ दशमलव शून्य २ मा ओर्लियो । त्यस दिन नेप्से परिसूचक उच्च अंकले घटे पनि कारोबार रकम औसतमा सीमित रह्यो ।             कुल २२५ ओटा कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ मूल्यमा खरीदविक्री भए । कारोबार भएका १३ ओटै उपसमूहको शेयरमा पहिरो गयो । त्यस दिन नबिल बैंक शीर्ष स्थानमा रही २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँमा कारोबार भयो । मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९ दशमलव ९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो ।             साताको अन्तिम दिन बिहीवार पनि नेप्से उच्च अंकले घट्यो । त्यस दिन नेप्से ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६९० दशमलव २९ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १० दशमलव ६३ अंकले घटेर ५०२ दशमलव १९ मा पुग्यो । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा नै सीमित भयो । कुल २२५ ओटा कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० मूल्यमा खरीदविक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ ओटै उपसमूहको शेयर ओरालो लाग्यो ।             बिहीवार महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रही ४७ करोड ४९ लाख ३४ हजार ५२१ रुपैयाँ बराबरको कारोबार भयो । कारोबारका आधारमा मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रासस