फोटोफिचर: मनाइयो म्ह पूजा

बुधबार साँझ नेवार समुदायमा म्ह (आत्म) पूजा गरिएको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले आफ्नो आत्म (म्ह) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय मान्यता रहेको छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ । यसैबीच बुधबारै नेपाल संवत् ११४३ सुरु भएको छ । नयाँ वर्षका उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा भिन्तुना र्‍याली आयोजना गरिएको थियो ।

सम्बन्धित सामग्री

एक दिन अघि नै म्ह पूजा र भाइ टिका मनाउन नगरपालिकाको निर्देशन - NepaliPatra

भक्तपुर। भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटिका मनाउने भएका छन्। नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर २७ गते म्ह पूजा र २८ गते भाइ टिका मनाउन निर्देशनात्मक रूपमा आह्वान गरेको छ। यस वर्षको तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा […]

एकदिन अघिनै म्ह पूजा र भाइटीका मनाउन नगरपालिकाको निर्देशन

भक्तपुर । भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटीका मनाउने भएका छन् । नगरपालिकाले सार्वजनिक सूचनानै जारी गरेर २७ गते म्ह पूजा र २८ गते भाइटीका मनाउन निर्देशनात्मक रुपमा आह्वान गरेको छ । यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा […]

एकदिन अघिनै म्ह पूजा र भाइटीका मनाउन नगरपालिकाको निर्देशन

भक्तपुर, २१ कात्तिक । भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटीका मनाउने भएका छन् । नगरपालिकाले सार्वजनिक सूचनानै जारी गरेर २७ गते म्ह पूजा र २८ गते भाइटीका मनाउन निर्देशनात्मक रुपमा आह्वान गरेको छ । यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल […]

नेपाल संवत् ११४३ सुरु, आजै म्ह: पूजा

९ कात्तिक, काठमाडौँ । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता […]

म्ह–पूजा, काठमाडौं र रहस्यवाद

देवी–देवताको पूजा गर्ने परम्परा त जहाँ पनि होला । तर आफ्नै शरीरलाई पूजा गरेर धुमधामसँग पर्व मनाउने विशिष्ट चलन नेपालमा बाहेक विश्वमै कतै नहोला । नेपालका मूलवासी नेवारहरूको मूल चाड नै ‘म्ह–पूजा’ अर्थात् शरीर पूजा हो । यसमा घरभित्र परिवारका सबै सदस्यहरू लहरै बसी आ–आफ्ना शरीर पूजा गरेर मनाइन्छ ।साथै, अद्भुत कुरा यो छ कि शरीर पूजा गर्ने दिनमा नै देशको नाममा स्थापित नेपाल सम्वत्को पात्रो पनि फेरिन्छ । त्यसैले यो दिन भव्य र दिव्य दुवै रहन्छ, घरभित्र पनि घरबाहिर पनि । म्ह&

म्ह पूजाको नमिठो सम्झना : परिवारका चारजना चुँडिएको त्यो साँझ

कार्तिक १९ गते काठमाडौँ उपत्यकाका नेवार समुदायले साँझ म्ह पूजा गरिरहेका थिए । यसै क्रममा पाटन, मंगलबजार चोकबाट करिब ३ सय मिटर भित्रपट्टि रहेको लक्ष्मीकृष्ण ताम्राकारको परिवार पनि घरको चौथो तलामा म्ह पूजा गर्न व्यस्त थियो । अचानक तेस्रो तलाको झ्यालमा बालेको दियोबाट सल्केको आगो चौथो तलासम्म फैलियो । आगोको लप्काले चौथो तलाको ग्याँसको पाइप सल्किएर ग्याँस विस्फोट हुन पुग्यो ।  ललितपुर महानगरपालिका वडा नम्बर–१२ मा पर्ने सो घरमा आगलागीले ग्याँस विस्फोट हुँदा लक्ष्मीकृष्ण ताम्राकारसहित उ

‘धुँवा आयो भन्दा सुरुमा वास्ता गरिनँ, एकैछिनमा परिवार सखाप भयो’

१९ कात्तिक, काठमाडौं । ललितपुरको मंगलबजारका लक्ष्मीकृष्ण ताम्रकारको परिवार शुक्रबार साँझ साढे ६ बजे म्ह: पूजा गरिरहेको थियो । घरको चौथो तलामा मण्डल बनाएर परिवारका ११ जना पूजामा व्यस्त थिए । एक्कासी परिवारका बालबालिकाहरु धुँवा आयो भन्दै कराए । ‘सुरुमा के भन्छन् भनेर वास्ता गरिएन, एकछिनमा त मुस्लो नै देखियो’ घाइते अनार ताम्राकार भन्छिन्, ‘तल […]

नेवार समुदायमा आज म्ह: पूजा

भक्तपुर । नेवार समुदायले आज शुक्रबार म्ह: पूजा मनाउँदै छन् । आज साँझ काठमाडौ उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले म्ह: पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्ह: पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो । […] The post नेवार समुदायमा आज म्ह: पूजा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बजार अनुगमनमा कडाइ गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ। महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सँगसँगै नियमित बजार अनुगमन गर्ने तयारी गरेको छ । महानगरपालिकाका उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका संयोजक हरिप्रभा खड्गीले तिहार, म्ह: पूजा लगायतका चाडपर्व पछि हप्तामा दुई पटक बजार अनुगमन गरिने बताइन् । महानगरले दसैँ यता भने नियमित अनुगमन जारी राखेको पनि उनले बताएकी छन् । ‘खाद्यान्न, तेल, फलफूल, […]

नेवार समुदायको म्ह पूजा राष्ट्रिय गौरवको पर्व

ओं आः हुं तिष्ठ बज्रासने हुं ।। अर्थात आफ्नो शरीरको प्रतिनिधि काय (शरीर), वाक (वचन) र चित्त (मन) एकाग्र गरी शरीरका यी तीन संयोजनलाई मण्डपमा विराजमान गराई गरिने पूजा नै म्ह पूजा हो । काय, वाक …