कार्तिक १९ गते काठमाडौँ उपत्यकाका नेवार समुदायले साँझ म्ह पूजा गरिरहेका थिए । यसै क्रममा पाटन, मंगलबजार चोकबाट करिब ३ सय मिटर भित्रपट्टि रहेको लक्ष्मीकृष्ण ताम्राकारको परिवार पनि घरको चौथो तलामा म्ह पूजा गर्न व्यस्त थियो । अचानक तेस्रो तलाको झ्यालमा बालेको दियोबाट सल्केको आगो चौथो तलासम्म फैलियो । आगोको लप्काले चौथो तलाको ग्याँसको पाइप सल्किएर ग्याँस विस्फोट हुन पुग्यो । ललितपुर महानगरपालिका वडा नम्बर–१२ मा पर्ने सो घरमा आगलागीले ग्याँस विस्फोट हुँदा लक्ष्मीकृष्ण ताम्राकारसहित उ