काठमाडौं। निर्वाचन आयोगले जसपाका दुवै पक्षलाई कार्यकारिणी समितिका सदस्यसहित उपस्थित हुन आदेश दिएको छ। आयोग इजलासमा आज बहस सकिएलगत्तै साउन ११ गते दुवै पक्षलाई बोलाएको हो। साउन ३ गतेबाट आयोगले इजसालमा जसपा विवादबारे बहस सुरु भएको थियो। पार्टीको आधिकारिकता दाबी सम्बन्धमा दुवै पक्षका कानून व्यवसायीको बहस सकिएलगत्तै आयोगले यस्तो आदेश गरेको हो।