निर्वाचन आयोगले कानुन मन्त्रालयसँग आज छलफल गर्ने

काठमाडौं, १४ माघ । आगामी चुनावबारे निर्वाचन आयोगले कानून मन्त्रालयसँग छलफल गर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचनको कानुनको विषयमा छलफल गर्न मन्त्रालयलाई आज बोलाएको जनाइएको छ । स्थानीय तहको निर्वाचन आयोगले आगामी वैशाखमै गर्नुपर्ने भन्दै निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गर्दै आएको छ । तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा […]

सम्बन्धित सामग्री

निर्वाचनसम्बन्धी एकीकृत कानुन बनाउने तयारी

काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी एकीकृत कानुन निर्माणको तयारी तीव्र पारेको छ । निर्वाचनसम्बन्धी सात ऐनलाई एकीकृत गरी बन्न लागेको कानुनबारे सरोकारवालाहरूको सुझाव समेटेर सरकारलाई पठाउने तयारी गरिएको छ । सुझावका आधारमा अघि बढाउने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । “सरोकारवालासँग छलफल गर्ने काम सकिसकेको...

कांग्रेस पदाधिकारी बैठक : निर्वाचन कानुन मस्यौदाबारे छलफल

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानुन मस्यौदाबारे छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानुन मस्यौदाबारे छलफल भएको हो । उमेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकको बारेमा प्रारम्भिक छलफल भएको...

मंसिरको पहिलो हप्ता प्रतिनिधिसभाको चुनाव गर्ने आयोगको तयारी

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्नेगरी तयारी गरेको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कानुन अनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार आयोगले तयारी गरिरहेको बताए । चुनावको मिति तोक्नका लागि आयोगले सोही मिति सरकारलाई सिफारिस गर्ने उनले बताए । शर्माले आगामी चुनावबारे सरकारसँग छलफल नभएको र छिट्टै सरकारसँग भेटघाट हुने बताए । विदेशमा रहेका नागरिकलाई मतदान गर्न दिनसक्ने अवस

निर्वाचन आचारसंहिता छलफलकै क्रममा छ : आयोग

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आचारसंहिता तयार भइरहेको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहितालाई अन्तिम रुप दिन आयोग र कानुन मन्त्रालयबीच छलफल भइरहेको बताए । सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले आचारसंहिता निर्माण र छलफलकै क्रममा रहेको बताएका हुन् । ‘आचारसंहिता निर्माण र छलफलकै क्रममा छ । पास भएपछि राजपत्रमा प्रकाशित हुन्छ । कहिलेदेखि लागु हुन्छ भन्नेमा आयोगले निर्णय गरेदेखि लागु हुन्छ&rsqu

चुनावको मितिबारे प्रधानमन्त्री र निर्वाचन आयोगबीच छलफल हुँदै

स्थानीय तह निर्वाचनको मिति तय गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार छलफल हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार प्रधानमन्त्री देउवाले निर्वाचनबारे छलफल गर्न ३ बजे आयोगका पदाधिकारीहरूलाई बोलाएका हुन् ।आजको छलफलमा आयोगले ऐन कानुन एवं तिथि मितिको विश्लेषण गरेर चुनावको मिति प्रस्ताव गर्नेछ । निर्वाचन आयोगले एकै चरण वा दुई चरणको मिति प्रस्ताव गर्न सक्छ । किनभने यसअघि आयोगले वैशाख १४ र २२ गतेका लागि दुई चरणमा प्रस्ताव गरेको हु

दशवटा निर्वाचन कानुन एकीकृत गरी तीनवटा बनाउने तयारी, ड्राफ्ट कमिटीमा छलफल

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी एकीकृत कानुन बनाउन छलफल सुरु गरेको छ । शुक्रबार आयोगमा एकीकृत कानुन तर्जुमा गर्न बनेको ड्राफ्ट कमिटीको बैठक बसेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।   “एकीकृत कानुन तर्जुमा गर्न नेपाल सरकारबाट सैद्धान्तिक सहमति पाएपछि आयुक्तज्यूको संयोजकत्वमा ड्राफ्ट कमिटी बसेको हो । गृहमन्त्रालय, कानुन...

आयोगले कानुन मन्त्रालयलाई आगामी चुनावबारे छलफलका लागि बोलायो

काठमाडौँ । निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानुन मन्त्रालयलाई बोलाएको छ । संविधानसँग बाझिएका कानुनका विषयमा आयोगले मन्त्रालयसँग छलफल गर्न लागेको हो । कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले आज (शुक्रबार) साढे ११ बजे निर्वाचन आयोगले छलफलका लागि बोलाएको जानकारी दिएका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने अडानमा छ । उसले […]

१७ वटा राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग परामर्श गर्ने भएको हो ।  छलफलका लागि आयोगले शुक्रबारका लागि १७ वटा राजनीतिक दललाई बोलाएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरु प्रसाद वाग्लेले जानकारी दिए ।  उनका...

नयाँ पार्टी खोल्न कानुन व्यावसायीसँग परामर्शमा ठाकुर

निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादवलाई दिएपछि नयाँ पार्टी खोल्ने तयारीमा महन्थ ठाकुर र राजेन्द्र महतो लागेका छन्। उनीहरूले मंगलबार र बुधबार आफूनिकट कानुन व्यावसायीहरूसँग छलफल गरेका थिए। यादवनिकट नेता ज्ञानेन्द्र झाले यसअघि नै निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताकोलागि निवेदन दिएका छन्।  स्रोतका अनुसार, ठाकुर र महतोको चाहना पूरानो राजपा ब्युझाउँने हो तर उपेन्द्र यादवनिकट नेता हरिनारायण यादवले राजपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। यादवले आयोगमा नि

निर्वाचन आयोगका निर्णयविरुद्ध जसपाको उपेन्द्र यादव पक्ष अदालत जाने तयारीमा

निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष सर्वोच्च अदालत जाने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज त्यसका लागि कानुन व्यवसायीसँग छलफल गर्न लागेको बताइएको छ ।यादव पक्षका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले न्यायको लागि अदालत जाने प्रतिक्रिया दिए । ‘जसपाको बारेमा निर्वाचन आयोगले गरेको निर्णय आपत्तिजनक छ, हामी न्यायका लागि अदालत जान्छौं’, उनले भने ।  अदालत जानुअघि आज कानुन व्यवसायीसँग छलफल गरिने उनको भनाइ छ