निर्वाचन आयोगले ल्याएको आचारसंहितामा के छ ? (पूर्णपाठसहित)

१३ भदौ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिता सार्वजनिक गरेको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले आचारसंहिता तयार गरी राजपत्रमा प्रकाशित गरेको हो । आयोगले निर्णय गरेका दिनदेखि आचारसंहिता लागू हुनेछ । आचारसंहितामा आयोगले दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ । आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगले गर्यो संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग पु¥याउन केन्द्र सञ्चालनमा ल्याएको आयोगले जनाएको छ ।केन्द्रको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केन्द्रमा खटिने कर्मचारीरूले मुख्यतः पाँच महत्वपूर्ण काम गर्नुपर्ने बताए । उनले भने, ‘संयुक्त निर्वाचन

कल सेन्टरबाट आएका एक हजार २५ जिज्ञासा निर्वाचन आयोगले समाधान गर्‍यो

काठमाडौं । निर्वाचन आयोगले विभिन्न कल सेन्टरबाट प्राप्त जिज्ञासामध्ये एक हजार २५ वटाको समाधान गरेको जनाएको छ । आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर ११०२ मा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको जनाएको छ । गत २८ असोजदेखि सञ्चालनमा आएको सो […]

निर्वाचन आयोगले सञ्चालनमा ल्यायो कल सेन्टर

निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि सो कल सेन्टरको शुभारम्भ गरिएको हो । कल सेन्टरबाट सेवा लिनका लागि निःशुल्क ११०२ टोल फ्रि नम्बरको पनि व्यवस्था गरिएको छ । शुक्रबार आयोगको कार्यालय कान्तिपथमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिन सेवाको उद्घाटन गर्दै त्यसबाट भरपूर लाभ लिनका लागि सबैलाई आग्रह गरे ।त्यस अवसरमा उनले आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्

विवादबीच आयोगले सुरु गर्‍यो मिडिया अनुगमन संयन्त्र

व्यापक आलोचनाबीच निर्वाचन आयोगले निर्वाचन मिडिया अनुमगन संयन्त्र ‘प्रेस अफिस’ सञ्चालनमा ल्याएको छ । आयोगले शुक्रबारबाट बहादुर भवनस्थित आयोगको कार्यालयमा प्रेस अफिस सञ्चालनमा ल्याएको हो । प्रेस अफिसको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...

निर्वाचन आयोगले भन्यो : स्थानीय चुनावमा लोकप्रिय मतमा कांग्रेस पहिलो

१० साउन, काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो दल भएको बताएको छ । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक मत विवरणमा आयोगले नेपाली कांग्रेसले दोस्रो स्थानमा रहेको नेकपा एमालेले भन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको उल्लेख गरेको छ । आयोगले वडाध्यक्षले प्राप्त […]

निर्वाचन आयोगले माग्यो उम्मेदवारको खर्च विवरण

काठमाडौं। निर्वाचन आयोगले उम्मेदवारको खर्च विवरण माग गरेको छ। नागरिकता विधेयक अघि बढाउने गठबन्धनमा सहमति भएको छ। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले ल्याएको नीति तथा कार्यक्रम सत प्रतिशत मतले परित भएको छ। पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित थपिए भने १० जना निको भएका छन्। सुर्खेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

स्थानीय तह निर्वाचन : आयोगले ल्याएको आचारसंहितालाई लिएर एमालेले जनायो असन्तुष्टि

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ल्याएको आचारसंहितालाई लिएर प्रमुख प्रतिपक्षी नेकपा (एमाले) असन्तुष्टि जनाएको छ । निश्चित राजनीतिक दललाई लक्षित गरेर आचारसंहिता तयार पारिएको भन्दै एमालेका उपमहासचिव विष्णु रिमालले असन्तुष्टि जनाएका हुन् । आयोगले निर्वाचनमा उम्मेदवार हुनु पहिल्यै स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति एमालेले असन्तुष्टि जनाएको हो । निर्वाचन आचारसंहितामा जनप्रतिनिधिलाई […]