कास्की – गण्डकी प्रदेश सभाको साेमवार (आज) को बैठकमा गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बताउनुभयो ।
कोभिड–१९ को महामारीबाट सिर्जित समस्याको सम्बोधन गर्नका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गर्नुका साथै महामारीबाट बच्न सावधानीका लागि सचेतना, सङ्क्रमण परीक्षण, सङ्घ र पालिकाबाट गरिने कार्यक्रम सबलीकरण, ...